×

NMB BANK
NIC ASIA

नाकामा निगरानी फितलो

बैशाख १, २०७८

NTC
फाइल तस्वीर
Premier Steels

छिमेकी मुलुक भारतमा कोरोना संक्रमितको संख्या विश्वमै दोस्रो स्थानमा पुग्दा नेपालका सीमावर्ती क्षेत्र उच्च जोखिममा पुगेका छन् । नाकामा स्वास्थ्य जाँच र क्वारेन्टाइन व्यवस्थापन प्रभावकारी नहुँदा भारतबाट फर्किएका नेपाली सिधै घर पुग्दा संक्रमणले भयावह रूप लिने जोखिम बढेको छ ।

Muktinath Bank

होली मनाउन गत चैत १४ मा भारतको हैदराबादबाट बाराको जितपुर सिमरा उपमहानगरपालिका–९ छातापिपरा घर फर्किएका ३७ वर्षीय युवकको मंगलबार बिहान नारायणी अस्पतालमा मृत्यु भयो । ज्वरो र रुघाखोकी आएपछि चैत २६ मा उनी वीरगन्जको एडभान्स मेडिकेयर भर्ना भएका थिए । संक्रमण पुष्टि भएपछि चैत ३० को मध्यरात उनलाई नारायणी अस्पताल लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको अस्पतालका कोभिड कोअर्डिनेटर डा. सरोज रोशन दासले बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नारायणी अस्पतालका वरिष्ठ फिजिसियन डा. नीरजकुमार सिंहका अनुसार संक्रमितमा निमोनियाबाहेक कडा खालको झाडापखालासमेत देखिएको छ । ‘होलीमा घर फर्किएका नेपालीसँगै कोरोनाको नयाँ भेरिएन्ट प्रवेश भइसकेको छ,’ उनले भने, ‘अधिकांश अस्पताल शंकास्पद संक्रमितले भरिएका छन्, जोखिम बढ्दो छ ।’ उनका अनुसार पछिल्लो एक साताको ट्रेन्ड हेर्ने हो भने नयाँ स्ट्रेनको सामुदायिक संक्रमण सुरु भइसकेको छ । ‘भयावह अवस्था रोक्न राजनीतिक कार्यक्रम, पार्टी प्रवेश, कार्यकर्ता प्रशिक्षणजस्ता कार्यक्रममा अविलम्ब प्रतिबन्ध लगाउनुपर्छ,’ उनले भने ।


Advertisment
Nabil box
Kumari

मंगलबार मध्याह्न वीरगन्जको मुख्य नाका इनर्वामा वीरगन्ज महानगरपालिकाका स्वास्थ्यकर्मी र सशस्त्र प्रहरी भारतबाट नेपाल भित्रिरहेका यात्रुको थर्मल गनले तापक्रम जाँचिरहेका थिए । सयभन्दा कम तापक्रम भएकालाई प्रवेश दिइयो, त्योभन्दा माथि तापक्रम भएकालाई त्यहीँ रोकेर केही समयपछि पुनः जाँच गरियो । तर, उनीहरूसँग ट्राभल हिस्ट्री (यात्रा विवरण) लिइएन ।

Vianet communication

चिकित्सक तथा स्वास्थ्य विज्ञ भारतबाट आएकालाई कम्तीमा १० दिन क्वारेन्टाइनमा राख्नुपर्ने बताउँदै आएका छन् । तर, यो नाकामा भने तापक्रम मात्र जाँचेर अभिलेख नै नराखी प्रवेश गर्न दिइएको छ । ‘कतिपय संक्रमितमा लक्षण देखिँदैन तर संक्रमण भने फैलाइरहेका हुन्छन्,’ डा. नीरजकुमार सिंहले भने, ‘त्यसैले भारतबाट आएकालाई कम्तीमा १० दिन क्वारेन्टाइनमा राख्नैपर्ने हुन्छ ।’ नेपाल चिकित्सक संघ नारायणी शाखाका सचिव डा. उदयनारायण सिंह झन्डै न्यून केस रहेको पर्सामा एक सातायता औसत ४० प्रतिशत पोजिटिभ केस देखिनु आफैंमा ठूलो चेतावनी भएको बताउँछन् । ‘जाँच गराउँदा अधिकांशमा कडा लक्षण देखिन्छ,’ उनले भने, ‘जुन समग्र केसको एक चौथाइ छ, तीन चौथाइ पोजिटिभ केस त निर्धक्कसाथ समाजमा घुमिरहेका छन् ।’

यसैबीच, जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले जिल्लाभित्र स्वास्थ्य सुरक्षाका मापदण्डको पालना भए/नभएको सम्बन्धी अनुगमन गर्न सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलको संयोजकत्वमा ७ सदस्यीय अनुगमन समिति गठन गरेको छ । सरकारी अस्पताल तथा स्वास्थ्य संस्था कोभिड उपचारका लागि पर्याप्त नभएमा नेसनल मेडिकल कलेजले व्यवस्थापन गरेको कोभिड–१९ अस्थायी बाबा अस्पताललाई पुनः सञ्चालन गराउने व्यवस्थाका लागि स्वास्थ्य मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरेको प्रजिअ पीताम्बर घिमिरेले बताए । इनर्वा नाकामा स्थापित हेल्थ डेस्कमार्फत स्वास्थ्य जाँच एवं अभिलेख व्यवस्थापन प्रभावकारी बनाउने निर्णय भएको छ । सोबाहेक अन्य नाकाबाट हुने आवागमन पूर्ण रूपमा नियन्त्रण गरिनेछ । स्वदेश फर्किनेलाई अनिवार्य १० दिन आइसोलेसन सेन्टर/क्वारेन्टाइनमा बस्ने व्यवस्था स्थानीय तहले मिलाउनुपर्ने निर्णय भएको छ । घरबाहिर र सार्वजनिक स्थानमा मास्कको अनिवार्य प्रयोग गर्न लगाउने तथा अटेर गर्नेलाई संक्रामक रोग ऐनबमोजिम तत्काल कारबाही गर्ने संकट व्यवस्थापन केन्द्रले निर्णय गरेको छ । कान्तिपुर दैनिकमा भूषण यादव र माधव ढुंगानाले खबर लेखेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x