×

NMB BANK
NIC ASIA

भरियो बेलझुण्डी कोरोना अस्पताल

बैशाख ५, २०७८

NTC
Premier Steels

दाङको बेलझुण्डीस्थित कोरोना विशेष अस्पताल भरिएको छ । पच्चीस जनाको क्षमता भएको उक्त अस्पतालमा अहिले २६ कोरोना सङ्क्रमित राखिएको अस्पतालका व्यवस्थापक द्रोण वलीले बताए ।

Muktinath Bank

उनका अनुसार पाँच जनालाई सघन उपचारकक्ष (आइसीयू) मा राखेर उपचार गरिएको छ भने अन्य २१ जनालाई ‘जनरल वार्ड’मा राखेर उपचार गरिएको छ । जनरल वार्डमा रहेका २१ जनालाई पनि अक्सिजन दिइएको छ । “हाम्रो क्षमता २५ जनाको हो, त्यसमा पाँच जना आइसीयु शय्या छन्”, उनले भने, “तर अहिले हामी २६ जना राख्न बाध्य छौँ ।”


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पछिल्लो  समय सङ्क्रमितको सङ्ख्या बढ्दै गएकाले यसपछि आउने सङ्क्रमितलाई कसरी व्यवस्थापन गर्ने भन्ने चिन्ता रहेको वलीले बताए । अहिले अस्पतालमा घोराहीका १५, तुलसीपुरका आठ, शान्तिनगरका दुई र रोल्पाका एक रहेका छन् ।


Advertisment
Nabil box
Kumari

नेपाल संस्कृत विश्वविद्यालयअन्तर्गत आयुर्वेद शिक्षण अस्पतालमा कोरोना विशेष अस्पताल सञ्चालित छ । अस्पतालका लागि तल्लो तलालाई मात्रै प्रयोग गरिएको छ । माथिल्लो तलामा बिएएमएसका कक्षा सञ्चालन भइरहेका छन् ।

Vianet communication

माथिल्ला दुई र तीन तलामा पनि अस्पताल सञ्चालन गर्न पाएमा ५५ शय्यासम्म सञ्चालन गर्न सकिने सामथ्र्य रहेको वलीले बताए । “तल्लो तलामा बिरामी राखिएको छ, यस्तो अवस्थामा माथिल्लो तलामा कक्षा सञ्चालन हुँदा सङ्क्रमणको पनि डर छ”, उनले भने, “त्यसैले माथिल्ला तलामा पनि अस्पताल सञ्चालन गर्न सकिएमा धेरै सङ्क्रमित राख्न सकिन्छ ।” 

अहिले अस्पताल पनि भरिएको भन्दै बिरामीले शय्या पाउन सक्ने सम्भावना न्यून रहेको वलीको भनाइ छ । अब सङ्क्रमितले जनप्रतिनिधि र नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गरेमा व्यवस्थापनमा सहज हुने तुलसीपुर उपमहानगरपालिकाका जनस्वास्थ्य प्रवद्र्धन शाखाका निरीक्षक विमल केसीले बताए ।
 
‘अस्पताल ऋणमा चलिरहेको छ’

व्यवस्थापक वलीका अनुसार अहिले अस्पताल ऋणमा चलिरहेको छ ।  अक्सिजन मात्रै दैनिक रु ५० हजारदेखि एक लाखसम्म खर्च हुने गरेको छ । अन्य व्यवस्थापन खर्च गरी जम्मा रु दुई लाखसम्म खर्च हुने गरेको भए पनि अहिले अस्पताललाई सरकारले रकम उपलब्ध नगराएको उनको गुनासो छ । उहाँका अनुसार गएको वर्ष असोजदेखि अहिलेसम्म लुम्बिनी प्रदेश सरकारबाट बजेट आएको छैन । “गएको असोजदेखि एक रुपैयाँ पनि आएको छैन”, उनले भने, “त्यसैले अहिले ऋणदान गरेर चलाएका छौँ ।”
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x