×

NIC ASIA

थप ६ अन्तर प्रदेश हवाई सेवा विस्तार गर्दै बुद्ध एयर, यस्तो छ भाडा दर

बैशाख ५, २०७८

Prabhu Bank
NTC
Premier Steels

करोनापछि सुस्ताएको अर्थतन्त्रलाई बुध्द एयरको उडानले थोरै भएपनि चलायमान भूमिका खेलेको छ । दैनिक १२० भन्दा बढी उडान र ६५०० भन्दा बढी यात्रुको आउजाउले स-साना होटलदेखि पर्यटकीय गाडीहरुले रोजगारी सिर्जना गरेको छ ।

Muktinath Bank

बुध्द एयर संक्रमणरहित उडानका लागि प्रतिवद्ध छ । कम्पनीले शुरुकै दिनदेखि ‘कोभिडविरुद्ध सुरक्षा निर्देशिका’, जनशक्तिलाई तालिम, पिपिई प्रदान, विमा र त्यसै अनुरुपको हवाईसेवा जुन अहिले पनि पछ्याईरहेको छ । त्यसैले हुनुपर्छ, करोना अघि र पछिका यात्रु संख्यामा भारी फरक देखिएको छ । अहिले हवाई सेवा लिने यात्रु संख्या मनग्गै बढेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

हवाई यात्रालाई विलाशिता र पहुँचभएकाले मात्र प्रयोग गर्ने भनाईलाई बुध्द एयरले गलत सावित गरेको छ । अहिले बुध्द एयरमा सबै तप्काका यात्रुले हवाई सेवा लिइरहेका छन । कारण बुध्द एयरले अपनाएको सहज र सरल भाडादर नै हुनुपर्छ ।


Advertisment
Nabil box
Kumari

देशमा आएको राजनीतिक परिवर्तन र विकेन्द्रीकरणलाई आत्मसात गर्दै बुध्द एयरले आफ्नो सेवा संघीय राजधानी काठमाडौंबाट मात्र नभई प्रदेश-प्रदेशलाई पनि जोडेको छ । पछिल्ला उदाहरण हुन्- पोखराबाट भैरहवा, चितवन उडान र विराटनगरबाट तुम्लिङटार । यसैको अर्को कडी हो गण्डकी प्रदेशको राजधानी पोखराबाट विभिन्न प्रदेशहरुलाई जोड्नु । यी उडानहरुलाई बुध्द एयरले परीक्षणको रुपमा लिएको जनाएको छ ।

Vianet communication

उडान मिति : १ मे, २०२१
पोखराबाट - सिमरा, प्रदेश २ 
पोखराबाट - विराटनगर, कोशी प्रदेश 
पोखराबाट - नेपालगञ्ज, लुम्बिनी प्रदेश 
भरतपुरबाट - भैरहवा, लुम्बिनी प्रदेश 

कम्पनीले सार्वजनिक गरेको भाडादर अनुसार पोखरा–नेपालगञ्जका लागि न्यूनतम ४ हजार ५ सय, पोखरा–विराटनगरका लागि ६ हजार, पोखरा–सिमराका लागि ४ हजार ३ सय, तुम्लिङटार–विराटनगरका लागि २ हजार ५ सय, पोखरा–भैरहवाका लागि ३ हजार १ सय र भैरहवा–भद्रपुरका लागि २ हजार ५ सय रुपैयाँ तोकिएको छ ।

भाडादर एटीआर-७२ को सञ्चालन खर्चमा आधारित छ ।

यद्यपि शुरुवाती उडानहरु यही भाडादरबाट बुध्द एयरले सानो जहाज ‘बीचक्राफ्ट’ बाट भर्नेछन् ।

यात्रुको माग प्रतिक्रियालाई मध्यनजर गरि आगामी दिनका उडानहरुलाई दैनिक बनाउने छ र ठूला जहाज एटीआरबाट उडान भर्नेछ । अन्तरप्रदेशीय उडानलाई प्रदेश सरकार र संघीय सरकारले पनि विशेष सहुलियत दिनुपर्ने बुध्द एयरले विज्ञप्तिमा जनाएको छ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

जेठ १, २०८१

निजी क्षेत्रका उद्योगी तथा व्यवसायीको छाता संस्था नेपाल चेम्बर अफ कमर्सले नेपालमा लगानी गर्न पोल्याण्डलाई आग्रह गरेको छ । नेपाल र पोल्याण्डबीचको कूटनीतिक सम्बन्ध ६५ वर्ष पुगेको अवसरमा नेपाल चेम्बर अफ कमर्स र नेपा...

बैशाख १६, २०८१

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ढुक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् । आजदेखि शुरू भएको लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x