१५ असार २०८३, सोमबार

पश्चिम बंगालमा पाँच ‘म’ महत्त्वपूर्ण, के हुन् ती ?

बैशाख १९, २०७८
पश्चिम बंगालमा पाँच ‘म’ महत्त्वपूर्ण, के हुन् ती ?

पश्चिम बंगालको विधानसभा निर्वाचनमा ‘म’ फ्याक्टर ले महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको देखिन्छ । 

ती पाँचवटा म हुन्– ममता, मोदी, महिला, मुसलमान र मतुआ मतदाता । 
 

मतुआ भोट भारतीय जनता पार्टीलाई कति पर्छ भन्ने कुरा महत्त्वपूर्ण छ । यसपालि भाजपाले मतुआ समुदायलाई फकाउनका लागि भरमग्दूर कोशिश गरेको छ । 

बंगालमा तीन करोड मतुआ समुदायका मानिस छन् । उनीहरू नामशूद्र भनिने दलित हुन् । 

त्यस्तै भाजपाले महिला भोट धेरै पाइरहेको देखिन्छ । यहाँ पनि त्यस्तो स्थिति आयो भने आँकडा आश्चर्यचकित पार्ने खालको हुन्छ । 

त्यसो त महिलाले ममतालाई पनि मन पराएको देखिन्छ । महिला र मुसलमानको भोट ममतालाई आएमा उनलाई निकै फाइदा हुन्छ । 

बंगालमा भाजपाले तृणमूलको आधार निकै हल्लाएको देखिन्छ । अहिले त भाजपा रुझानमा पछि परेको देखिएपनि कथंकदाचित् भाजपाले जितेछ भने चमत्कार हुनेछ । 

असममा चाहिँ भाजपाले सरकार बनाउने देखिन्छ । 
 

केरलमा चाहिँ भाजपाको कुनै अस्तित्व नदेखिएको जस्तो देखिन्छ । तमिलनाडुमा डीएमकेको बहुमत आउने देखिएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्