×

NIC ASIA

‘न जोखिम भत्ता मिल्छ, न स्वास्थ्यको सुरक्षा छ ’

बैशाख २०, २०७८

Prabhu Bank
NTC
Premier Steels

कोरोना महामारीको समयमा अग्रपङ्तिमा खटिएको जोखिम भत्ता नपाएका कारण अहिलेको कोरोना नियन्त्रणका लागि खटिन जिल्लाका स्वास्थ्यकर्मीहरु डराउन थालेका छन् ।

Muktinath Bank

जोखिम भत्ता नपाउँदा कोरोना नियन्त्रण, रोकथाम तथा उपचारमा खटिन कठिन भएको उनीहरुको गुनासो रहेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गतवर्षको कोरोना महामारीको समयमा अग्रपङ्तिमा काम गरेका जिल्लाका स्वास्थ्यकर्मीले अहिलेसम्म पनि जोखिम भत्ता नपाएको गुनासो समेत गरेका छन् । उनीहरुले एक वर्षदेखि जोखिम भत्ता नपाएको भन्दै आक्रोश समेत गर्दै आएका छन् ।


Advertisment
Nabil box
Kumari

गतवर्ष नै सरकारले पहिलो लाइनमा बसेर काम गर्ने स्वास्थ्यकर्मीलाई शतप्रतिशत र दोस्रो लाइनमा खटिनेलाई ५० प्रतिशत जोखिम भत्ता दिने निर्णय गरेको थियो । जिल्ला अस्पतालको आइसोलेसनमा लगातार तीन÷चार महिनासम्म खटिएका केही स्वास्थ्यकर्मीले जोखिम भत्ता पाएपनि अन्य चिकित्सक र नर्स सहित ६० जनाले अहिले सम्म पनि जोखिम भत्ता नपाएको बताइएको छ । 

Vianet communication

यसैगरी प्रयोगशालामा खटिने ६ जना तथा यहाँका नौवटै पालिकामा स्थापना भएका कोभिड अस्पतालका ५०० जना, १६ जना सवारी चालक र स्वास्थ्य कार्यालयका कार्यरत थप ३० गरी झण्डै ६०६ जनाले अहिलेसम्म भत्ता नपाएको स्वास्थ्य कार्यालय डोटीका परिवार नियोजन निरीक्षक सूर्यबहादुर विष्टले जानकारी दिए ।

उनका अनुसार गत वर्ष क्वारेन्टिन सञ्चालनमा खटिएका स्वास्थ्यकर्मी र अन्य कर्मचारीले पनि भत्ता पाएका छैनन् । जोखिम मोलेर काम गर्दा अग्रपङ्तिमा खटिएका स्वास्थ्यकर्मी, केही एम्बुलेन्स चालक र सहयोगीलाई कोरोना सङ्क्रमण समेत भएको थियो । उनीहरू अहिले नियमित खटिन डराएको परिवार नियोजन निरीक्षक विष्टले बताए । उनले भने, 'न जोखिम भत्ता मिल्छ, न स्वास्थ्यको सुरक्षा छ, नडराएर के गर्नु त ?'

जोखिम भत्ताका लागि स्वास्थ्य मन्त्रालयसम्म पत्राचार गरे पनि भत्ता नआएको जिल्ला अस्पताल डोटीका सम्पर्क व्यक्ति तेजबहादुर शाहीले जानकारी दिए। उनले भने, “जोखिम भत्ताका लागि स्वास्थ्य मन्त्रालयसम्म पत्राचार गरियो, तर केहीको आयो केहीको अहिलेसम्म पनि नआउँदा समस्या भएको छ ।”

जिल्ला अस्पताल सेवा विकास समितिले कोरोना जोखिममा खटिएका स्वास्थ्यकर्मी सहित अन्य कर्मचारीको सेवा सुविधा तथा जोखिम भत्ताका लागि पहल गरिरहेको अध्यक्ष यज्ञराज जोशीले बताए । उनले भने, “कोरोना जोखिममा खटिएका स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीको जोखिम भत्ता देखि अन्य सेवा सुविधाको विषयमा पहल भइरहेको छ, आउला भन्ने आशा गरेका छौँ ।” 

जोखिम भत्ता समेत नपाउने भएपछि यहाँका स्वास्थ्यकर्मीहरु अहिले पुनः कोरोना महामारीको बेलामा कसरी खटिने भन्ने चिन्तामा परेको जोरायल गाउँपालिकाका स्वास्थ्य संयोजक गोविन्दबहादुर विष्टले बताए । उनले भने, “आफ्नो ज्यान नै जोखिममा राखेर सेवामा खटिनु परेको छ, त्यसैमा झन सरकारले आफैले दिने निर्णय गरेको भत्ता नै दिँदैन कसरी सेवा दिन सक्नु ।” 

पछिल्लो समय जिल्लामा कोरोना सङ्क्रमण बृद्धि हुने दर निकै बढेको छ । एक हप्ताको अवधीमा जिल्लामा कोरोना सङ्क्रमित हुनेको सङ्ख्या १३९ जना पुगेको जिल्ला स्वास्थ्य कार्यालय डोटीले जनाएको छ । दुई हप्ताको बिचमा जिल्लामा दुई जना कोरोना सङ्क्रमितको ज्यान गइसकेको छ ।

दुई नगरपालिका सहित सात वटा गाउँपालिका रहेको डोटीमा जिल्ला अस्पताल बाहेक अन्य पालिकाका स्वास्थ्य संस्थाहरुमा अहिलेसम्म पनि क्वारेन्टिन तथा आइसोलेसन कक्षहरु निर्माण गरिएको छैन । पछिल्लो केही हप्ता यतादेखि कोरोना सङ्क्रमण हुने दर दैनिक बढ्दै गएको स्वास्थ्यकर्मीहरु बताउछन् । यहाँका प्रमुख शहर बजार भन्दा पनि ग्रामिण क्षेत्रमा रहेका नागरिकहरूमा बढी कोरोना सङ्क्रमण हुने दर देखिएको छ । 

भारतबाट रोजगारी गरी घर फर्किएका अधिकांस यहाँका नागरिकहरु सिधै गाउँघरमा जाने तथा त्यहाँ उनीहरुले समुदायमा घुलमिल गर्ने क्रम बढेका कारण कोरोना सङ्क्रमित हुने दर बढ्दै गएको पाइएको हो । सङ्क्रमित हुनेहरु प्राय सबै भारतबाट रोजगारी गरी घर फर्किएका नागरिक रहको बताइएको छ । विमलबहादुर विष्ट,रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x