बैशाख २०, २०८१
काठमाडौंको चण्डोल घर भएका कामोद ढुंगाना २०८० असार ३१ गते वुलिङ एयरको विद्युतीय गाडी (ईभी) किन्न नयाँ बानेश्वरस्थित बज्र ग्रुपको इभी-नेपाल मोटर्स प्रालि पुगेका थिए । अंकित मूल्य (एमआरपी) ३० लाख ९९ हजार रुप...
गत वर्ष बन्दाबन्दीको समयमा तीन सिफ्टमा गरेर ‘स्मार्ट’ चालक अनुमतिपत्र छपाइ गरेको यातायात व्यवस्था विभागले अहिले भने निषेधाज्ञाको समयमा अनुमतिपत्र छापेको छैन ।
बाँकी रहेका कार्डको सङ्ख्या कम मात्रै रहेको विभागले जनाएको छ । विभागमा बाँकी रहेका कार्डको सङ्ख्या १० देखि १५ हजार मात्रै रहेकाले अनुमतिपत्र छाप्न नसकिएको हो । अहिले पनि विभागले झण्डै तीन लाख अनुमतिपत्र छाप्न बाँकी रहेको विभागका प्रवक्ता डा लोकनाथ भुसालले बताए । उहाँका अनुसार कार्ड खरीदका लागि प्रक्रिया अघि बढाइएको भए पनि आइपुगेको छैन ।
विभागले केही समय पहिले फ्रान्सको एउटा कम्पनीमार्फत १४ लाख कार्ड खरीद प्रक्रिया अघि बढाएको थियो । निर्धारित समयअनुसार अहिलेसम्म कार्ड आइसक्नुपर्ने प्रवक्ता डा भुसालले बताए । भारतीय पद्धतिमा आधारित हुनुपर्नेमा केही प्राविधिक समस्या आएकाले ढिलाइ भएको हो । उनले भने, “अबको एकदुई महिनामा आइपुग्ने देखिएको छ ।”
अहिले विभागले छाप्न बाँकी तीन लाखमध्ये झण्डै आधा डेढ लाख नवीकरण गरिएका अनुमतिपत्र र बाँकी आधा अहिले अनुमतिपत्रको परीक्षा उत्तीर्ण भएका रहेको विभागले जनाएको छ । गत आवमा कोभिड–१९ का कारण यातायात व्यवस्था कार्यालयले नवीकरणलाई निरन्तरता दिए पनि नयाँ अनुमतिपत्रका लागि परीक्षा स्थगित गरेका थिए । विभागले गत पुसदेखि अनलाइन माध्यमबाट आवेदन लिइरहेको छ । सोही आवेदनका आधारमा प्रदेशअन्तर्गतका कार्यालयले परीक्षा सञ्चालन गरेको छ ।
पुसदेखि यता अनुमतिपत्रको परीक्षा पास गर्नेको सङ्ख्या डेढ लाख पुगेको उनले बताए । उनले भने, “पुसयता अनुमतिपत्रको परीक्षा पास गरेकाहरुको छाप्न बाँकी छ ।” विभागले दुई वर्षपहिले खरीद गरेको कार्ड सकिँदै जाँदा दुई महिना पहिलेदेखि अत्यावश्यकबाहेक अरू अनुमतिपत्र छपाइ नगरेको प्रवक्ता डा भुसालले बताए । रोजगारी वा अध्ययनका लागि विदेश जानका लागि मात्रै अनुमतिपत्र छपाइ हुँदै आएको छ । उनले भने, “प्रक्रियामा रहेका कार्ड आएपछि मात्रै सबै छपाइ गर्न सकिनेछ ।”
सरकारले गत पुसमा अनलाइन फारम शुरु गरेसँगै झण्डै पाँच लाखले आवेदन दिइसकेको विभागले जनाएको छ । अहिलेसम्म डेढ लाखले मात्रै लिखित र प्रयोगात्मक गरी दुवै परीक्षा उत्तीर्ण गरेका छन् । लिखित उत्तीर्ण गरेर प्रयोगात्मक परीक्षा उत्तीर्ण नहुने सेवाग्राहीका लागि विभागले दुई पटकसम्म मौका दिने गरेको छ । फारम भर्ने पाँच लाखमध्ये कतिपय परीक्षामा सामेल हुन बाँकी भएको र कति प्रयोगात्मक परीक्षा उत्तीर्ण नभएको विभागले जनाएको छ ।
बन्दाबन्दीको समयमा अरू कामको चाप कम हुने भएकाले विभागले गत वर्ष तीन सिफ्टमा गरी अनुमतिपत्र छापेको थियो । अहिले निषेधाज्ञाको समयमा त्यसको राम्रो सम्भावना भए पनि कार्डको अभावका कारण गर्न नसकिएको हो । संविधानअनुसार चालक अनुमतिपत्रको जिम्मेवारी प्रदेश सरकारको हो । पहिले विभागअन्तर्गत रहेका यातायात कार्यालयहरु तीन वर्षपहिले नै प्रदेश सरकारलाई हस्तान्तरण गरिएको थियो ।
प्रदेश सरकारअन्तर्गतका कार्यालयहरुले परीक्षा सञ्चालन, अनुमतिपत्र वितरण र नवीकरण गर्दै आएका छन् । त्यसको सफ्टवेयर र छपाइको काम भने विभागले गर्दै आएको छ । कार्यालय र विभागबीच समन्वय नहुँदा सेवाग्राहीले समस्या भोग्दै आएका छन् । गत आवसम्म विभागले झण्डै आठ लाखभन्दा बढी चालक अनुमतिपत्र छपाइ गर्न बाँकी थियो । विभागले देशभरको अनुमतिपत्र छपाइ गर्नुपर्ने भए पनि साना क्षमताको उपकरणका कारण छपाइ सुस्त थियो ।
झण्डै डेढ वर्षपहिले विभागले ठूलो क्षमताको उपकरण (मास प्रिन्टर) र कार्ड खरीद गरेको थियो । अहिले कार्ड समयमा नआएकाले मात्रै सेवाग्राहीले तत्काल अनुमतिपत्र नपाएको विभागले बताउँदै आएको छ । कार्ड आएपछि विभागले एकै दिनमा झण्डै १० हजारसम्म अनुमतिपत्र छाप्न सक्नेछ । सञ्चिता घिमिरे,रासस
काठमाडौंको चण्डोल घर भएका कामोद ढुंगाना २०८० असार ३१ गते वुलिङ एयरको विद्युतीय गाडी (ईभी) किन्न नयाँ बानेश्वरस्थित बज्र ग्रुपको इभी-नेपाल मोटर्स प्रालि पुगेका थिए । अंकित मूल्य (एमआरपी) ३० लाख ९९ हजार रुप...
काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...
यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...
एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...
नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...
प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमा दिन मनाइँने बुद्धजयन्ती एवं लुम्बिनी दिवसको तयारी शुरू भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयअन्तर्गत रहेको लुम्बिनी विकास कोषले बुद्धजयन्ती एवं लुम्बिनी दिवसका रुपमा...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...