×

पार्टी निर्णयविपरीत लागेका उपेन्द्रलाई कारवाही गरेर साधारण सदस्यबाटै निष्काशन गर्न सक्छौं– राजेन्द्र महतो

बैशाख २८, २०७८

फाइल फोटो

जनता समाजवादी पार्टी (जसपा)का वरिष्ठ नेता राजेन्द्र महतोले पार्टी अध्यक्ष उपेन्द्र यादवले अक्षम्य अपराध गरेकाले उनलाई कारवाही गरिने बताएका छन् ।

पार्टीको आधिकारिक धारणाविपरीत वैकल्पिक सरकार निर्माण गर्ने भनेर गठबन्धन बनाएर विज्ञप्ति जारी गर्नु पार्टी विभाजन गर्ने काम भएकाले यादवलाई कारवाही गरिने महतोले बताए।


Advertisment

‘मधेशी, आदिवासी, जनजाति, शोषित पीडितहरूलाई अधिकार दिलाउन तथा देशको वैकल्पिक शक्ति निर्माण गर्ने उद्देश्यले जसपा गठन भएको हो,’ महतोले लोकान्तरसँग भने, ‘तर, उनले पार्टीको आधिकारिक निर्णय नै नभएको अवस्थामा पार्टी आफ्नो गोजीको सम्पत्ति भएको जस्तो वैकल्पिक सरकार निर्माणका लागि गठबन्धन बनाएर संयुक्त विज्ञप्ति निकालेर पार्टीको हितविपरीत काम गरेकाले उनलाई कारवाही हुन्छ।’


Advertisment

सत्ता स्वार्थमा लागेकाले पार्टीको साधारण सदस्य समेत नरहने गरी निस्कासनसम्मको कारवाही हुनसक्ने महतोले बताए ।

‘उनले विगतदेखि नै पूर्वसपा खेमाको नाममा प्रशिक्षण कार्यक्रम चलाउने लगायतका पार्टी विभाजनका काम गर्दै आएका थिए, अहिले पार्टीको लाइनविपरीत धारणा राखेको तथा पार्टीको निर्णयविपरीत सत्ता सहकार्यका लागि विज्ञप्ति समेत जारी गरेर उपेन्द्रले अक्षम्य अपराध गरेका छन्,’ महतोले भने, ‘पार्टी भनेको एउटा व्यक्ति उपेन्द्र यादवको मात्र होइन, सिंगो पार्टी नै हो ।’

उनले पार्टी विभाजन गरेको अवस्थामा मात्र आफ्नो नामको विज्ञप्ति जारी गर्न पाउने महतोले बताए ।

जसपाको प्रथम अध्यक्ष महन्थ ठाकुर रहेकाले उनको हस्ताक्षर मात्र पार्टीको आधिकारिक हस्ताक्षर हुने महतोको जिकिर छ ।

प्रथम अध्यक्ष मात्र कार्यकारी अध्यक्ष हुने, जसपा अहिले तीन दिनमा विभाजन पनि नहुने उनको जिकिर छ ।

'पार्टी तीन दिनमा विभाजन पनि हुँदैन, त्यसका लागि निर्वाचन आयोगमा लामो प्रक्रियामा जानुपर्ने हुन्छ, अहिले प्रथम अध्यक्ष ठाकुरले भनेको कुरा मात्र पार्टीको आधिकारिक धारणा हुन्छ,' उनले भने ।

‘वैकल्पिक सरकार बनाउने जसपाको निर्णय होइन, मधेशको माग मुद्दा प्राथमिक लक्ष्य हो,’ महतोले भने,‘उपेन्द्रले जारी गरेको विज्ञप्ति पार्टीको होइन, उनको व्यक्तिगत मात्र हो ।’

कुनै व्यक्तिले भन्दैमा पार्टीको आधिकारिक धारणा नहुने तथा जसपाले वैकल्पिक सरकार नबनाउने जसपाको अहिलेको निर्णय भएको उनले बताए।  

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

समाज सुधारका १२ सूत्र

समाज सुधारका १२ सूत्र

असार ११, २०८१

समाजमा बसेपछि सबैसँग सद्भाव, मित्रता, सहनशीलता, क्षमायाचना, त्याग, शालीनता, भद्रता आदि कुराको आवश्यकता पर्दछ । हरेक मानिस र उसको पारिवारिक अवस्था फरक–फरक हुन्छ। सानातिना कुरामा विवाद गर्ने, निहुँ खोज्ने...

किन बनेन हाम्रो देश ?

किन बनेन हाम्रो देश ?

असार १०, २०८१

'नेपाल अर्थात् यो हाम्रो देश बनेन, अहँ अब बन्दैन' भन्नेहरू देशभित्र मात्र होइन, विदेशमा पनि पाइला–पाइलामा भेटिन्छन् । यसो भन्नेहरूमा देश र यहाँका जनताप्रति चिन्ता र चासो स्वाभाविक रूपमा भेटिन्छ । ...

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

असार ९, २०८१

'राजनीतिज्ञको काम आफ्नो जीवनलाई सहज र सुखद् बनाउनु होइन, आफू जन्मेर हुर्केको र अवसर पाएको समाजका लागि राम्रो काम गर्नु र उन्नत बनाउनु हो'- अमेरिकी पूर्वराष्ट्रपति अब्राहम लिङ्कन । नेपालमा यस्तो सोच्ने ...

x