×

NMB BANK
NIC ASIA

स्थानीय तहका यी कर्मचारीलाई १ तह बढुवा गरिँदै, नयाँ मापदण्ड तयार

जेठ ५, २०७८

NTC
Premier Steels

सरकारले साविक स्थानीय निकायबाट स्थानीय तहमा आएका कर्मचारीलाई १ तह बढुवा वा ग्रेड वृद्धिको नीति ल्याउने भएको छ ।

Muktinath Bank

यसका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय सेवामा कार्यरत कर्मचारीको समायोजन तथा मिलानसम्बन्धी मापदण्ड २०७७ स्वीकृतिका लागि मन्त्रिपरिषद्मा लगेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मन्त्रालयका प्रशासन महाशाखा प्रमुख एवं सहसचिव राजीव पोखरेलले भने, ‘साविक स्थानीय निकायका कर्मचारीलाई पनि १ तह वृद्धि गर्ने गरी नयाँ मापदण्ड ल्याउन लागिएको हो ।’


Advertisment
Nabil box
Kumari

नयाँ नीतिले पुरानो स्थानीय निकायबाट स्थानीय तहमा आएका कर्मचारीमा थप उत्साह र जिम्मेवारी बढेर सेवा प्रवाह प्रभावकारी हुने विश्वास व्यक्त गरे ।

Vianet communication

साविकका स्थानीय निकाय (गाविस, नगरपालिका र जिविस) का कर्मचारीको १ तह वृद्धि गर्दा कर्मचारी समायोजन ऐनलाई आधार मानिने प्रस्तावित मापदण्डमा उल्लेख गरिएको छ । ऐनबमोजिम ५ वर्ष सेवा अवधि पूरा गरेका नायब सुब्बा माथिल्लो तहमा जाने शैक्षिक योग्यता भएमा अधिकृत स्तर छैठौं तह बन्न सक्छन् ।

५ वर्षभन्दा कम सेवा अवधि भएका र माथिल्लो तहमा जानका लागि शैक्षिक योग्यता नभएका कर्मचारीलाई २ ग्रेडसम्म थप गरी सोही पदमा राख्ने गरी मापदण्डमा प्रस्ताव गरिएको छ । अन्य तहका कर्मचारीको हकमा पनि १ तह बढुवा हुन न्यूनतम ५ वर्ष सेवा अवधि पूरा भएको र न्यूनतम शैक्षिक योग्यता हुनुपर्नेछ ।

स्थानीय स्वायत्त शासन नियमावली २०५६ अनुसार २०६३ असार मसान्तसम्म सेवा प्रवेश गरेका स्थानीय तहका अस्थायी कर्मचारीबीच आन्तरिक प्रतिस्पर्धा गराएर स्थायी गर्ने व्यवस्था समेत प्रस्तावित मापदण्डमा उल्लेख गरिएको छ ।

यो मापदण्ड लागू भएपछि साविक स्थानीय निकायबाट स्थानीय तहमा आएका करीब ३०० कर्मचारी आन्तरिक प्रतिस्पर्धाबाट स्थायी हुन बाटो खुल्नेछ ।

साविक स्थानीय निकायमा स्थायी, अस्थायी र करार गरी २२ हजार कर्मचारी थिए । उनीहरू स्थानीय तहमा समायोजन भएका थिए । कर्मचारी समायोजनका क्रममा संघका कर्मचारी प्रदेश र स्थानीय तहमा समायोजन हुँदा स्वतः १ तह बढुवा भएका तर साविक स्थानीय निकायका कर्मचारीलाई भने यो सुविधा नदिएकाले उनीहरूले विभेद महसूस गरेका थिए । यसले स्थानीय तहको सेवा प्रवाहमा पनि असर गरेको थियो ।

साविक स्थानीय निकायबाट आएका कर्मचारीले विभेद महसूस गरेका र त्यसले सेवा प्रवाहमा असर गरेकाले कतिपय स्थानीय तहले कानून बनाएर १ तह वृद्धि गर्न पनि थालेका थिए । स्थानीय तहको यो प्रयासमा एकरूपता ल्याउन पनि मन्त्रालयले नयाँ मापदण्ड ल्याएको हो ।

कतिपय स्थानीय तहले आफैंले ऐन बनाई साविक स्थानीय निकायका कर्मचारीको १ तह वृद्धि गर्न थालेपछि फरक–फरक स्थानीय तहमा फरक–फरक मापदण्ड कार्यान्वयन भएको हुँदा मन्त्रालयले एकरूपता ल्याउन नयाँ मापदण्ड ल्याउन लागेको मन्त्रालयले जनाएको छ ।

नेपाल नगरपालिका कर्मचारी एसोसिएसनका वरिष्ठ उपाध्यक्ष नारायणप्रसाद तिमल्सिनाले सरकारले स्थानीय तहका कर्मचारीका लागि १ तह वृद्धि हुने गरी ल्याउन लागेको मापदण्डले स्थानीय तहका कर्मचारीमा सेवाप्रति थप उत्साह थपिने भएकाले छिटोभन्दा छिटो कार्यान्वयन गर्न सरकारलाई आग्रह गरे ।

उनका अनुसार मापदण्डमा भएको व्यवस्थाअनुसार अस्थायी सेवामा कार्यरत कर्मचारीलाई निश्चित प्रक्रिया पुर्‍याएर स्थायी गर्ने कुरा उल्लेख भएकाले सोहीअनुसार प्रक्रिया अगाडि बढाइ सबै स्थानीय तहमा कार्यरत कर्मचारीलाई सेवाप्रति उत्साह थप्नुपर्छ । गोरखापत्र दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x