×

NMB BANK
NIC ASIA

अनुमतिविना यार्सागुम्बा संकलनकर्ता पुगे पाटन

जेठ १२, २०७८

NTC
फाइल फोटो
Premier Steels

अपी हिमाल गाउँपालिका–४ का मोहनसिंह ठेकरे यार्सागुम्बा संकलनका क्रममा अपी हिमाल नाउरखाल वनमा यार्सागुम्बा संकलनका क्रममा बेपत्ता भए । अपी नाम्पा संरक्षण क्षेत्र कार्यालयले यार्सागुम्बा संकलनको अनुमति नदिएरै यार्सागुम्बा संकलन गर्न पाटन पुगेका ठेकरे बेपत्ता भएका हुन् । 

Muktinath Bank

अहिलेसम्म अवस्था अज्ञात नै छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले यो वर्ष कोभिडका कारण जिल्लाभरि निषेधाज्ञा जारी गरिएको र यो बीचमा संकलन अनुमतिपत्र वितरण गर्न अपी नाम्पा संरक्षण क्षेत्र कार्यालयलाई पत्राचार गरेको तर जिल्ला प्रशासन कार्यालयलले पत्रचार गरे पनि अपी नाम्पा संरक्षण क्षेत्रभित्रका यार्सागुम्बा पाइने क्षेत्रमा स्थानीयवासीलाई यार्सागुम्बा संकलन गर्न नदिन कुनै पहल भएन ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

योतर्फ न जिल्ला प्रशासन कार्यालयले चासो राख्यो, न अपी नाम्पा संरक्षण र स्थानीय तहले नै । संकलकहरू धमाधम यार्सा संकलनका लागि लेक पुगिसकेका छन् । 


Advertisment
Nabil box
Kumari

यार्सा गुम्बा संकलनका लागि स्थानीयमात्र नभई बाहिर क्षेत्रबाट समेत लेकतिर लागेको भन्दै अपी हिमाल गाउँपालिका कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले वैशाख २८ गते यार्सागुम्बा संकलनमा पूर्ण रोक लगाउन जिल्ला प्रशासन कार्यालय दार्चुला र अपी नाम्पा संरक्षण क्षेत्र कार्यालयलाई पत्राचार आग्रहसमेत गर्‍यो । 

Vianet communication

“तीनवटै निकायबीच समन्वयकारी भूमिका हुन नसक्दा अहिले दार्चुलाका सबै लेकमा संकलहरू यार्सागुम्बा संकलन गर्न पुगेका छन्”, अपी हिमाल गाउँपालिका–१ का वडाअध्यक्ष धनसिंह जागरीले भने, “हामीले मात्रै संकलनमा रोक लगाउन सकिने अवस्था रहेन । सुरक्षाकर्मीको उपस्थिति विना मानिस हामीले रोक्न सक्दैनौँ ।”

अहिले दिनहुँ कोरोना संक्रमणबीच पनि संकलनकर्ताहरूको लेक जाने भीड लागेको छ । गाउँमा रुघाखोकी बिरामी ह्वात्तै छन्, तर संकलनकर्ताहरू खुलेआम यार्सा संकलनका लागि गइरहेका छन् । 

दार्चुलाको अधिकांश स्थानीय तहका स्थानीयवासीको आयस्रोतको मुख्यस्रोत पनि यार्सागुम्बा नै हो । दुई महिना यार्सागुम्बा संकलन गर्ने र वर्षभरिका लागि खाद्यान्न, लुगाकपडा जोहो गर्नु जागरी भन्नुहुन्छ ।

हामीले उनीहरूलाई नजाऊ भन्न सकिने अवस्था पनि छैन । यार्सागुम्बा संकलन नगरी घरमा के खाऔँ भन्ने अवस्थाका नागरिक पनि छन् । खेतीपाती तीन महिनाका लागि पनि हुँदैन । कोरोनाका बेला स्थानीयस्तरकै भन्दा बाहिर स्थानीय तहबाट समेत संकलनकर्ताको भीड लागेपछि कोरोना फैलिने डर बढेको उनको भनाइ छ ।

अपी नाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाका प्रमुख संरक्षण अधिकृत गणेश पौडेल कोभिड–१९ जिल्ला संकट व्यवस्थापन केन्द्रको आग्रहअनुसार हामीले यार्सागुम्बा संकलनका लागि अनुमति दिएका छैनौँ । हाम्रो मात्रै जनशक्तिले संकलकनकर्तालाई रोक्न सकिने अवस्था रहेन । थोरै जनशक्ति छ ।

हामीले अहिलेको महामारीमा नजानूस् भनेर हात मात्रै जोड्ने हो, प्रमुख संरक्षण अधिकृत पौडेलले भने, “त्यो बाहेक पूरै रोक्न सकिने अवस्था छैन ।” 

उनले यार्सागुम्बा संकलनका लागि संकलनकर्ता रोक्ने विषयमा सुरक्षाकर्मीसँग समन्वय भए पनि ठोस निर्णयमा पुग्न नसकिएको बताए । अनुमति नलिएरै संकलन गर्नु अवैधानिक भएको भन्दै कारबाहीको भागिदार बनाउन सकिने चेतावनी दिए । रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x