माघ ८, २०८०
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...
जेठ १२, २०७८
आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि वार्षिक आयव्ययको विवरण (बजेट) निर्माण अन्तिम चरणमा पुगेको छ ।
हरेक वर्षको जेठ १५ गते बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्थाअन्तर्गत रहेर बजेट तयार गरिएको हो ।
हालैमात्र प्रतिनिधि सभा विघटन भएको छ, जसका कारण यस वर्षको जेठ १५ मा संसद् भवनबाट बजेट सार्वजनिक हुने छैन ।
अर्थमन्त्रालयका सहसचिव एवं प्रवक्ता महेश आचार्यले नयाँ बजेट अध्यादेशमार्फत आउने बताए ।
बजेट प्रस्तुत गर्नका लागि राष्ट्रपतिले अन्य विधेयकहरूलाई जस्तै अध्यादेश जारी गर्नेछिन् । तत्पश्चात अध्यादेशमार्फत बजेट सार्वजनिक गरिने छ ।
सरकारले निर्वाचनको मिति घोषणा गरिसकेकाले नयाँ बजेट केही लोकप्रिय रहेको अर्थ मन्त्रालय स्रोत बताउँछ ।
दोस्रोपटक अर्थमन्त्री बनेका विष्णुप्रसाद पौडेलले राजनीतिक माहोल अनुरूप नै केही कार्यक्रम लोकप्रिय बनाएको उनी निकट स्रोत बताउँछ ।
यद्यपि अहिलेको बजेट निकै दवावमा देखिन्छ ।
कहाँ–कहाँ छ दबाब ?
नयाँ बजेट कोरोना महामारीबाट थलिएको र विस्तारै चलायमान हुँदै गरेको अर्थतन्त्रलाई मध्यनजर गर्दै निर्माण शुरू गरिएको थियो । तर कोरोना महामारीको दोस्रो लहरले पुनः अर्थतन्त्र शिथिल बनाउँदा नयाँ बजेट निर्माणमा अर्थमन्त्रालय दबाबमा परेको छ ।
यति मात्रै नभएर हालै मध्यावधि निर्वाचनको मिति घोषणा भएको छ । कोरोनाको दोस्रो लहरले दबाबमा परेको अर्थमन्त्रालय निर्वाचन मिति घोषणापश्चात थप दबाबमा परेको छ ।
अर्थमन्त्रालय स्रोतका अनुसार आगामी आर्थिक वर्षको बजेटले मध्यावधि निर्वाचन, कोरोना महामारी रोकथाम तथा न्यूनीकरण, कोरोना विरुद्धको खोप तथा कोरोनाले थलिएको अर्थतन्त्र पुनरुत्थानमा विशेष रूपमा केन्द्रित हुनेछ ।
स्रोत भन्छ, ‘नयाँ बजेट निर्माणका क्रममा केही दबाब त थियो, चुनावले त झन् अन्तिम समयमा आएर भार परेको छ ।’
अर्थमन्त्रालयलाई यसपटक निर्वाचन गराउनुपर्ने, कोरोना खोपको व्यवस्थापन, कोरोना महामारी रोकथाम तथा न्यूनीकरण तथा कोभिडपछिको आर्थिक पुनरुत्थानका लागि विशेष बजेट छुट्याउनुपर्ने दबाब छ ।
यति मात्रै नभएर निर्वाचन आउँदै गरेकाले केही लोकप्रिय कार्यक्रमलाई पनि बजेट बाँड्नुपर्ने दबाब परेको अर्थ स्रोत बताउँछ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी आर्थिक वर्षका लागि ५४ अर्ब २६ करोड रुपैयाँ बराबरको बजेट सिलिङ पाएको छ । जसमध्ये कोरोना विरुद्धको खोप खरिदका लागि मात्रै ३३ अर्ब रुपैयाँ माग गरिएको छ ।
यस्तै घोषित मितिमा निर्वाचन सम्पन्न गर्नका लागि निर्वाचन आयोगलाई मात्रै १० अर्ब आसपासमा बजेट चाहिने आयोगले बताएको छ ।
अघिल्लो निर्वाचनमा आयोगले ७ अर्ब रुपैयाँभन्दा केही बढी बजेट खर्च गरेको थियो ।
कोरोना महामारीका बीचमा निर्वाचन गराउँदा केही आर्थिक भार बढ्न सक्ने र मतपत्र लगायतका आवश्यक सामग्रीको पनि मूल्य बढी भएको भन्दै आयोगले सो आकलन गरेको हो ।
अघिल्लोपटक तीनै तहको निर्वाचनका लागि १८ अर्ब ३१ करोड रुपैयाँ बजेट खर्च भएको थियो ।
यस्तै, जनगणना २०७८ का लागि केन्द्रीय तथ्यांक विभागलाई साढे ४ अर्ब लाग्ने अनुमान गरिएको छ ।
अर्थमन्त्रालयले यसको पनि व्यवस्थापन गर्नुपर्ने दायित्व रहेको छ ।
यस्तै नयाँ बजेटमा वृद्ध भत्ता पनि प्राथमिकताका साथ बढाउनुपर्ने छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आइतवार आयोजित पत्रकार सम्मेलनमा यसअघि घोषणा गरिएका कार्यक्रमहरू ल्याउने बताएका थिए ।
विभिन्न मञ्चहरूमा सम्बोधन गर्दै उनले वृद्ध भत्ता बढाउने बताउँदै आएका छन् ।
जसअनुसार नै बजेटमा वृद्ध भत्ता बढ्नेछ । अर्थ स्रोत भन्छ, ‘प्रधानमन्त्रीले घोषणा गरिसकेपछि वृद्धि भत्ता नबढाउने कुरा हुँदैन, यो बढेर आउँछ नै ।’
प्रतिनिधि सभा विघटन हुनुपूर्व नै बजेट बनाउने काम निकै अगाडि बढेको थियो ।
बजेटको अन्तिम तयारी हुँदै गर्दा अकस्मात निर्वाचनको मिति घोषणा भएपछि दबाब बढेको विघटित प्रतिनिधि सभामा अर्थ समितिको सभापति रहेका कृष्णप्रसाद दाहालले बताए ।
लोकान्तरसँग उनले भने, ‘निर्वाचन र कोरोनाको दोस्रो लहरबारे त अनुमान गरिएको थिएन । कोरोना यति भयावह होला भन्ने सोचिएको थिएन, त्यसकारण पनि अन्तिम समयमा यस्तो परिस्थिति आउँदा बजेटलाई दबाब परेको छ ।’
के भन्छन् विज्ञहरू ?
अहिले महामारीलाई सम्बोधन गर्ने गरी नै बजेट ल्याउनुपर्ने भएकाले चुनाव पनि सँगसँगै व्यवस्थापन गर्नुपर्दा दबाब बढेको पूर्व अर्थसचिव शान्तराज सुवेदीले बताए ।
उनले महामारी व्यवस्थापन र अगाडि बढाइएका स्वास्थ्य पूर्वाधारका लागि बजेट व्यवस्थापन गर्नुपर्नेमा जोड दिए ।
यस्तै कोरोना महामारीको तेस्रो लहर आइहालेमा के गर्ने भन्ने विषयमा पनि बजेटमा स्पष्ट व्यवस्था हुनु पर्ने उनको भनाइ छ ।
कोभिड भ्याक्सिनमा ठूलो लगानी आवश्यक हुने उनले बताए । यस्तै अहिले अर्थतन्त्र शिथिल भएको र रोजगारी गुमाएको अस्था रहेकाले उनीहरूलाई व्यवस्थापन गर्नेतर्फ पनि अहिलेको बजेट केन्द्रित हुनुपर्ने उनी बताउँछन् ।
अर्थतन्त्र पुनरुत्थानका लागि विषेश प्याकेज ल्याउने र सरकारको अनिवार्य दायित्व पूरा गर्नेतर्फ पनि बजेटले ध्यान दिनुपर्ने उनको भनाइ छ ।
यस्तै प्रतिनिधि सभाको घोषित निर्वाचन र स्थानीय तहको निर्वाचन पनि वैशाख जेठसम्ममा गर्नुपर्ने दायित्व सरकारलाई रहेको भन्दै यतातर्फ बजेटले जोड दिनुपर्नेमा उनको जोड छ ।
यस्तै अन्तिम चरणमा रहेका आयोजनालाई निरन्तरता दिन पनि उनको सुझाव छ ।
अहिलेको सरकार निर्वाचनमुखी भएको भन्दै पूर्व अर्थसचिव सुवेदीले यस्तो सरकारले लोकप्रिय र नयाँ कार्यक्रम नल्याउन सुझाव दिए ।
उनले भने, ‘बजेट नर्मल हिसाबले ल्याइनुपर्छ, यस्तो सरकारले नयाँ र लोकप्रिय कार्यक्रम ल्याउन हुँदैन ।’
अर्थविद् कृष्णहरि बास्कोटाले बजेट निर्माणका लागि स्रोतको व्यवस्थापन गर्न अर्थमन्त्रालयलाई कठिन देखिएको बताए ।
अहिले वैदेशिक अनुदान र राजस्व घटेको अवस्थामा रहेको, निजी क्षेत्रबाट पनि उत्साहजनक रूपमा कर संकलन हुने अवस्था नदेखिने उनको भनाइ छ ।
आयातबाट आउने राजस्व राम्रोसँग आउन नसक्ने र आयकर राजस्व पनि उत्साहजनक रूपमा आउन नसक्ने उनले बताए ।
विश्व बैंक, एसियाली विकास बैंक लगायतले वैदेशिक ऋण दिनेतर्फ भन्दा पनि अनुदान वा कोरोना महामारीलाई सहयोग दिनेगरी पठाउनेतर्फ गएकाले पनि अहिले स्रोतमा संकुचन आएको उनको भनाइ छ ।
अहिले स्रोत नै नभएको भन्दै उनले भने, ‘बजेटको आकार घटाएर काम गर्नुपर्ने अवस्था देखिन्छ ।’
उनले विगतका निर्वाचनहरू खर्चिलो भएको भन्दै घोषित निर्वाचनलाई सकेसम्मको कम खर्चमा सक्नुपर्ने तर्क राखे । उनले भने, ‘निर्वाचन ५ देखि ७ अर्बमा सक्नेगरी खर्च कम गर्नेतर्फ जानुपर्छ ।’
उनले सरकारले अहिले करको दर बढाउने अवस्था नभएको भन्दै अन्य नयाँ आयोजनालाई पनि बजेट विनियोजन गर्न नहुने बताए । उनले भने, ‘निर्वाचन आयोगले जारी गर्ने आचारसंहितालाई पूर्ण कार्यान्वयन गर्नुपर्छ ।’
यस्तै सरकारले कोरोनाको खोपका लागि बजेट विनियोजन पर्याप्त गर्नुपर्ने समेत बताए । उनले कृषिमा आत्मनिर्भर गर्नका लागि पनि उस्तै महत्त्व दिनुपर्नेमा जोड दिए र उनले भने, ‘कृषिमा आत्मनिर्भरतातर्फ अगाडि बढ्न नसक्दा कोरोनाबाट बचे पनि भोकमरीबाट बच्न नसक्ने अवस्था आउन सक्छ, यसतर्फ ध्यान दिऔं ।’
कस्तो छ राजस्व संकलनको अवस्था ?
महालेखा नियन्त्रक कार्यालयका अनुसार, यस आर्थिक वर्षमा अहिलेसम्म ७६.३७ प्रतिशत राजश्व संकलन भएको छ ।
कुल १० खर्ब ११ अर्ब ७५ करोड ८४ लाख राजश्व संकलनको लक्ष्य लिइएकोमा सोमवारसम्ममा ७ खर्ब ७२ अर्ब ६९ करोड ८१ लाख रुपैयाँ राजस्व संकलन भएको छ ।
यस्तै सरकारको कुल खर्च भने लक्ष्यको ५७.९५ प्रतिशत मात्रै रहेको छ । कुल १४ अर्ब ७४ अर्ब ६४ करोड ५४ लाख रुपैयाँ बजेटमा सोमवारसम्म ८ खर्ब ५४ अर्ब ५२ करोड ८४ लाख रुपैयाँ खर्च भएको छ ।
जसमध्ये पुँजीगत खर्च ३७.१९ प्रतिशतमात्रै खर्च भएको छ ।
अन्तिम तयारी
संवैधानिक व्यवस्थाअनुसार जेठ १५ गते बजेट ल्याउनका लागि अर्थ मन्त्रालयले बुधवार व्यय अनुमानसम्बन्धी किताब छपाइका लागि प्रेसमा पठाउने कार्यसूची छ ।
मन्त्रालयले जेठ १३ गते बजेट वक्तव्यलाई अन्तिम रूप दिनेछ भने जेठ १४ गते राष्ट्रिय योजना आयोग र नेपाल सरकार (मन्त्रिपरिषद्)मा बजेट ब्रिफिङ गरिनेछ ।
जेठ १४ गते नै आर्थिक विधेयक, विनियोजन विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र ऋण तथा जमानत विधेयक छपाइका लागि पठाइनेछ । सोही दिन नै बजेट वक्तव्य र स्रोत पुस्तिका छपाइका लागि पठाइनेछ ।
यस्तै १५ गते अध्यादेशमार्फत बजेट सार्वजनिक गरिनेछ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...
कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ढुक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् । आजदेखि शुरू भएको लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ...
एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...
यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...
काठमाडौंको चण्डोल घर भएका कामोद ढुंगाना २०८० असार ३१ गते वुलिङ एयरको विद्युतीय गाडी (ईभी) किन्न नयाँ बानेश्वरस्थित बज्र ग्रुपको इभी-नेपाल मोटर्स प्रालि पुगेका थिए । अंकित मूल्य (एमआरपी) ३० लाख ९९ हजार रुप...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...