३१ जेठ २०८३, आइतबार

यूट्युबमा भिडियो हाल्दाको कमाइबाट यी महिलाले बनाइन् घर

जेठ १९, २०७८
यूट्युबमा भिडियो हाल्दाको कमाइबाट यी महिलाले बनाइन् घर

पछिल्लो समय यूट्युब सर्वसाधारणको रोजाइ र मनोरञ्जनको माध्यम बनेको छ । यति मात्रै होइन, यूट्युबमा भिडियो राख्नेहरूले राम्रै कमाइ समेत गरिरहेका छन् ।

पाकिस्तानकी राबिया नाज शेखले यूट्युबकै कमाइबाट घर बनाएकी छन्, जबकि पाकिस्तानमा घर बनाउनुलाई महंगो मानिन्छ ।

पाकिस्तानमा बिजुली आउने–जाने र इन्टरनेटको समस्याका बाबजुद पनि राबिया भिडियो बनाउँछिन् र यूट्युबमा पोस्ट गर्छिन् । उनले यूट्युबमा फेशन च्याटल सञ्चालन गरेकी छन् ।

यूट्युबले यतिबेला राबियाको जिन्दगी परिवर्तन गरेको छ । राबियाको ‘फेशन एडिक्सन’ च्याटलले १ लाख ६० हजार सब्सक्राइबर्स पाएको छ । उनले प्रविणता प्रमाणपत्र तहसम्म मात्रै पढाइ गरेकी छन् । 

‘यूट्युबमा भिडियो बनाउन मैले इन्टरनेटबाटै सिकेकी हुँ, इन्टरनेटमा सबै तालिम र सहयोग उपलब्ध छ । मेरा भाइहरूले मलाई भिडियो सम्पादन गर्न सिकाए र बाँकी काम म आफैंले सिकें,’ उनले भनिन् ।

राबियाले यूट्युबबाट मासिक ४०–५० हजार रुपैयाँ कमाउने गर्छिन् । जसबाट उनले २ कोठे घर बनाएकी छन् । राबियाको सपना थियो, आफैं घर होस् । जसलाई यूट्युबले पूरा गरिदिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्