×

NMB BANK
NIC ASIA

गरिखानेका पीडा

ठेलामा तरकारी बेच्नेको पीडा– निषेधाज्ञामा प्रशासनले ढक खोस्दा 'गुम्यो' गाँस [भिडियो रिपोर्ट]

जेठ २५, २०७८

NTC
Premier Steels

सर्लाहीका अन्दाजी ५५ वर्षीय श्यामबाबु साहले काठमाडौंको कलंकी एरियामा ठेलागाडामा तरकारी बेचेर जीविका चलाउँदै आएका छन् ।

Muktinath Bank

करीब २६ वर्षअघि काठमाडौं छिरेका साहको दैनिकी ठेलागाडाकै सहारामा बितिरहेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

शुरूमा घुम्न भनेर काठमाडौं छिरेका साहले यहीँ सानोतिनो व्यापार गर्ने निष्कर्षसहित श्रीमती र ३ छोराछोरीलाई पनि यतै ल्याए । अनि ५ जनाको परिवार यसैगरी सानोतिनो व्यापारकै सहारामा पाल्न थाले ।


Advertisment
Nabil box
Kumari

अहिले कोरोना संक्रमण रोक्न भन्दै जिल्ला प्रशासनमार्फत निषेधाज्ञा जारी गरिएको छ । निषेधाज्ञा भनेर घरमा सुतेर बस्नै छुट उनले कहाँ पाउनु ? राति नै कालिमाटी पुग्छन् अनि तरकारी लिएर टोलटोलमा घुम्छन् । परिवारको दायित्वले उनलाई एकदिन पनि घरमा बस्न दिँदैन ।

Vianet communication

केही दिनअघि उनी तरकारी लिएर सोल्टीमोड आइपुगेका थिए । बिहानको ६ बजेको थियो । एक ग्राहकलाई धनियाँ बेच्दै गर्दा प्रहरी आयो र उनको ढक तराजु खोसेर लग्यो ।

ढक नभएपछि उनी समस्यामा परेका छन् । मेहनत गरेर खाने र जीविका पाल्ने सहारा नै राज्यले खोसेर लगिदिँदा समस्या भएको उनको गुनासो छ । अहिले उनी प्लास्टिकका पोकाहरूमा अन्तैबाट जोखेर ल्याएको तरकारी बेच्छन् ।

पहिला उनी कालिमाटी बजारभित्र तरकारी बेच्थे । त्यसपछि गाडा बनाएर चप्पल व्यापार गर्न थाले । चप्पल व्यापार ओरालो लागेपछि उनी फेरि तरकारी व्यापारमा फर्किए । यस्तै दु:खजिलो गरेर उनले छोराछोरीलाई पढाइरहेका छन् । जेठो छोरो ब्याच्लर तेस्रो वर्ष र कान्छो छोरो पहिलो वर्षमा पढ्छन् । छोरी ११ कक्षामा पढिरहेकी छन् ।

२६ वर्ष लामो काठमाडौं बसाइमा उनले यो दुई वर्ष जत्तिको दु:ख कहिल्यै भोगेनन् । कोरोना आएपछि निकै कष्टपूर्ण ढंगले जीविका चलाएको उनी बताउँछन् ।

संक्रमण रोक्न भन्दै गरिएको निषेधाज्ञा आफ्नो ठाउँमा छ । तर, यसरी दैनिक रूपमा कमाएर बिहान बेलुका छाक टार्ने विपन्न वर्गतर्फ राज्यको ध्यान जान सकेको छैन ।

राहत त परको कुरा यसरी ढक तराजुसमेत खोसेर भोकभोकै बस्नुपर्ने अवस्था सिर्जना गरिएको छ ।

हेर्नुस्, भिडियोमा :

hAMROPATRO BELOW NEWS
TATA Below
भदौ ३१, २०८०

रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाकी कुमारी थापा मुटु दुख्ने समस्याले छट्पटिएको लामो समय भयो । यसबीचमा उनी कहिले घरबाट २/३ घण्टा हिँडेर स्थानीय स्वास्थ्यचौकी पुगिन् त कहिले उपचारका लागि भनेर सदरमुकाम मुसिक...

असोज १२, २०८०

खोला किनारमा निर्माण भएका सडकले काठमाडौं उपत्यकाको सवारी आवागमनलाई केही हदसम्म भए पनि सहज बनाएको छ । काठमाडौंको बागमती, विष्णुमती, मनोहरा, धोबीखोला, नख्खु खोला, टुकुचा, हनुमन्ते, रुद्रमतीलगायत...

भदौ २२, २०८०

गोठाटारमा रहेको कृष्ण मन्दिर भारतको गुजराको नवतमपुरी धाम शैलीमा निर्माण भएको मन्दिर हो ।   नवतनधामका नामले परिचित यो मन्दिरमा प्रणामी धर्म मन्ने भक्तजनको भीड लाग्ने गर्दछ ।  श्रीकृष्ण जन्माष्टमीका...

भदौ १७, २०८०

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले ‘सिंहदरबारमा आगो लगाइदिन्छु’ भन्दै शुक्रवार राति दिएको अभिव्यक्तिको चौतर्फी आलोचना भएको छ ।  सरकारी मर्यादाक्रममा मुख्यसचिव ...

माघ ९, २०८०

चक्रपथको दोस्रो खण्ड (कलंकी–महाराजगञ्ज धोबीखोला सडक) स्तरोन्नतिका लागि भनेर सडक भत्काउन थालेको करिब ५ वर्ष बित्यो, तर पनि मुख्य काम अझै शुरू हुन सकेको छैन । भत्किएको सडकका कारण स्थानीय र यात्रुले ...

माघ ३, २०८०

गत शनिवार दिउँसो चन्द्रागिरि नगरपालिका वडा नम्बर ४ पानीघाटका तिलक लामा घरबाहिर घाम तापेर बसिरहेका थिए । उनको आँखा एक्कासि घर पारिको सेतोभीरमा पर्‍यो, जहाँ उनले गाडी गुल्टिरहेको देखे । गाडी तल...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x