×

NMB BANK
NIC ASIA

सहमतिउन्मुख एमाले विवाद : कार्यदल सदस्यले भने, ‘अब धेरै समय लाग्ने अवस्था छैन’

असार २४, २०७८

NTC
Premier Steels

नेकपा एमालेभित्र देखिएको विवाद समाधानका लागि गठित कार्यदल सहमतिउन्मुख भएको छ ।

Muktinath Bank

कार्यदलमा भएको औपचारिक तथा नेताहरू बीचका अनौपचारिक संवादले सहमतिको नजिक पुगेको नेताहरूले बताएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालबीचको औपचारिक संवादपछि बिहीवार बसेको कार्यदलको बैठक सहमति नजिक पुगेको हो । 


Advertisment
Nabil box
Kumari

आजै साझ पुनः बैठक बसेर मिल्न बाँकी विषयमा सहमति खोजिने कार्यदलका सदस्यहरूले बताए । 

Vianet communication

‘अध्यक्ष ओली र नेपालबीच भएको संवादपछि आजको कार्यदल बैठकमा धेरै विषयमा सहमति नजिक पुगिएको छ । कतिपय विषयमा हिजोभन्दा थप प्रगति भएको छ,’ बैठकपछि कार्यदलका सदस्य एवं एमाले सचिव गोकर्ण विष्टले भने, ‘बाँकी कुरा पनि लगभग समाधानको बिन्दुमा आएका छन् । अब हामीलाई धेरै समय लाग्ने अवस्था छैन ।’

कार्यदलको बैठकअघि संयोजक भीम रावल र अर्थमन्त्री विष्णु पौडेलबीच कुराकानी भएको थियो । पौडेलसँग भेटेपछि रावलले माधव नेपालसँग परामर्श गरेका थिए । 

कार्यदलका सदस्यले आफ्ना पक्षका नेताहरूसँग छलफल गरेर साँझ पुनः बैठक बस्ने सहमति भएको संस्थापन पक्षका एक नेताले जानकारी दिए । ‘साँझसम्म केही सकारात्मक सन्देश दिनेगरी कुराकानी भइरहेको छ,’ ती नेताले लोकान्तरसँग भने । 

लामो समय निष्क्रिय रहेको कार्यदल सोमवारदेखि सक्रिय बनेसँगै एमाले विवाद सहमतितर्फ उन्मुख भएको छ । 

सर्वोच्च अदालतको आदेशले फागुन २३ गते नेकपा एमाले ब्युँतिएपछि फागुन २८ बाट एमालेमा विवाद शुरू भएको थियो । 

कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेपछि एमाले विवाद उत्कर्षमा पुगेको छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x