×

‘सुमो माया गर्छु’ द्वारा विकट बस्तीका चेपाङलाई सहयोग

असार २६, २०७८

मकवानपुरको राक्सिराङ गाउँपालिका मैसिराङकी २२ वर्षीया अनुष्का चेपाङ राहत लिन एक वर्षकी छोरी बोकेर मनहरी झरिन् । भीरको बाटो छिचोलेर खोला तर्दै पूर्व–पश्चिम राजमार्गमा आइपुग्न झन्डै पाँच घण्टा लाग्यो ।

घरमा खाद्यान्नको चरम अभाव छ । मजदुरी गर्न रोल्पा गएका उनका श्रीमान नआएको चार महिना भयो । कमाइ नभएपछि किनेर खान सक्ने अवस्था छैन । ‘घरमा खानेकुरा केही छैन । गिठ्ठा खाएर बसेका थियौं । दुःखै भए पनि राहत पाइन्छ कि भन्ने आशमा आएको’, उनले भनिन्, ‘राहत पाएँ, अब ढुक्क भयो ।’


Advertisment

संगै आएका साथीसंग सल मागिन् । ३० किलो चामलको बोरा, नुन, तेल, दालको झोला अनि काखमा छोरी बोकेर उकालो लागिन् । ५ बजे मनहरीबाट उकालो लागेका उनीहरूले मध्यरात घर पुग्ने बताए ।


Advertisment

अनुष्कासँगै मैसिराङका ७० परिवार मंगलबार बिहानै मनहरी झरेका थिए । घरमा छाक टार्ने विकल्प नभएपछि उनीहरु राहत लिन आएका हुन् । अञ्जली चेपाङ पनि छोरो बोकेर आएकी थिइन् ।

‘खोला तर्दै पहिरोको डर मानेर आउनुपर्छ । घरमा खानेकुरा कमजोर भएर राहत दिन्छ भनेर आशमा आको हो’, उनले भनिन्, ‘राहत पाइयो अब केही दिनलाई ढुक्क भयो ।’ अञ्जलीका चार सन्तान छन् । यसपटक पानी ढिलो परेर मकै पनि राम्रो भएन । अहिले जोहो भयो । उनी खुशी हुदै फर्किन् ।

ग्रामीण क्षेत्रमा बस्ने प्रायः चेपाङ परिवारमा बर्सेनि खाद्यान्न संकट हुने गरेको छ । फागुनदेखि भदौ पहिलो सातासम्म अनिकाल लाग्छ । पाखो बारीमा लगाएको मकैले मुस्किलले ६ महिना धान्छ । यसपटक निषेधाज्ञाका कारण मजदुरी गर्न नपाएपछि उनीहरु थप समस्यामा परेका थिए ।

राहत लिन चार घण्टा हिँडेर शक्तिखोर झरेका थिए इच्छाकामना गाउँपालिका १ डिङलाङका चन्द्रबहादुर चेपाङ । ‘खानेकुरा नभएको बेला दुःखै गरेर भए पनि आको हो’, उनले भने, ‘अब केही दिन मीठो खान पाउने भयौं ।’

‘सुमो माया गर्छु’ संस्थाले विकट बस्तीका चेपाङलाई राहत वितरण गरेको हो । चितवनको इच्छाकामना गाउँपालिका–१ का ८० परिवार र राक्सिराङ गाउँपालिकाको मैसिराङका ६० परिवारलाई राहत वितरण गरिएको हो ।

चेपाङ समुदायले दुःख पाइरहेको समाचार आएपछि खाद्यान्न सहयोग गरेको उक्त संस्थाका प्रोजेक्ट म्यानेजर पेम्बा छिरी शेर्पाले बताए । ‘सुमो माया गर्छु’ संस्थाले कोरोना भाइरसका कारण प्रभावितलाई सहयोग गरेको छ । भूकम्पमा ज्यान गुमाएकी नेपाली चेलीको सम्झनामा स्विस नागरिक क्यारिन क्सले संस्था स्थापना गरेकी हुन् । लाङटाङ हिमाल आरोहणका क्रममा सहयोगी सुमो लामाको मृत्यु भएको थियो । पछि पर्वतारोही क्यारिन लामाकै नाममा संस्था स्थापना गरेर सामाजिक गतिविधिमा सक्रिय हुँदै आएकी छन् ।

‘लकडाउनमा रोजिरोटी नहुँदा गिठ्ठा र भ्याकुर खाएको कुरा थाहा पाएपछि सहयोग चाहिएको रहेछ भन्ने थाहा पाएपछि हामी आएका हौ’, शेर्पाले भने, ‘महामारीले सबैलाई पीडा भएको छ । नेपालीले नेपालीलाई सहयोग गर्नुपर्छ भन्ने भावनाले सहयोग गरेका हौ ।’

गायक, निर्देशक, निर्माता  फुर्वा शेर्पाले राहत वितरणमा समन्वय गरेका हुन् । उनले सामाजिक संस्थाको सक्रियताले विपतमा परेकाहरुले राहत पाएको बताए । समाचारकै प्रभावले खाद्यान्नको चरम अभाव भोगेका चेपाङ बस्तीमा करिब ३५ लाखभन्दा बढीको राहत सहयोग जुटेको छ ।

 

जेठ ५, २०८१

काठमाडौं गोदावरीकी लक्ष्मी (नाम परिवर्तन) राहत शिक्षकको कोटामा सिन्धुपाल्चोकस्थित एक सरकारी विद्यालय पढाउन पुगिन् । उनले ‘होम ट्युसन’ पनि पढाउँथिन् । कक्षा १० मा पढिरहेका राजु (नाम परिवर्तन)&nb...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

अतिवादबाट कसरी बच्ने ?

अतिवादबाट कसरी बच्ने ?

असार १५, २०८१

जीवन आशावाद र निराशावादको बादलमा गुजुल्टिँदै आएको छ । आशा गर्नुपर्छ भन्ने पनि छन्, गर्नुहुँदैन भन्ने पनि छन् । खासगरी आध्यात्मवादी दार्शनिकहरू आशा गर्नुहुँदैन भन्छन् । भौतिकवादी दार्शनिकहरू आशावादी हुनुपर्छ भन्ने ग...

शासन प्रणालीलाई व्यवस्थित बनाउने ४ सूत्र

शासन प्रणालीलाई व्यवस्थित बनाउने ४ सूत्र

असार १४, २०८१

नागरिक र राज्यको असल सम्बन्ध नै सुशासनको विम्ब हो । शान्ति सुरक्षा, व्यावसायिक वातावरण र जनजीविकाका सवालमा राज्यले प्रतिफलमुखी काम गर्नुपर्ने हुन्छ । नागरिकको सन्तुष्टिबाट लोकतन्त्रको लाभांश प्राप्त भएको अनुभूति हुन...

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

असार १२, २०८१

समाजवादको आधारभूत स्तम्भका रूपमा रहेको सहकारी अभियान यतिखेर संकटमा छ । जो कोहीले ‘सहकारी’ शब्द नै उच्चारण गर्न नसक्ने अवस्था बनेको छ । सहज वातावरण हुँदा सर्वसाधारण सहकारीबाट अ‍ैँचोपैँचो, सर...

x