×

NMB BANK
NIC ASIA

अमेरिका–चीन शीतयुद्ध ?

अमेरिका–चीन द्वन्द्वको ‘साइडइफेक्ट’–नेपालमा रहेका २० हजार तिब्बतीले गडबड गरे के होला परिणाम ?

असार २७, २०७८

NTC
तस्वीर स्रोत : सिन्ह्वा
Premier Steels

विश्वका दुई महाशक्ति राष्ट्र अमेरिका र चीनबीच शीतयुद्ध शुरू हुन लागेको दाबी विश्लेषकहरूले गरेका छन् । 

Muktinath Bank

यो दाबीसँगै अमेरिकाको एकध्रुवीय प्रभुत्व क्रमशः कमजोर बन्दै जाने र चीन लगायतका मुलुकहरू सहितको बहुध्रुवीय विश्व बन्ने टिप्पणीहरू सतहमा आएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पहिलेको शीतयुद्धको बेलामा जस्तो महाशक्ति प्रतिस्पर्धा (ग्रेट पावर कम्पिटिसन) पुनः देखिन थालेको ती विश्लेषकहरूको दाबी छ । 


Advertisment
Nabil box
Kumari

अफगानिस्तानबाट अमेरिकाले हतार गरेर सैनिक फिर्ता गर्नुलाई चीनसँगको प्रतिस्पर्धामा ध्यान केन्द्रित गर्ने रणनीतिका रुपमा व्याख्या गरिदैंछ । यसरी महाशक्ति राष्ट्रहरूबीच प्रतिस्पर्धा हुँदा सम्भावित द्वन्द्वक्षेत्रहरू (फ्ल्याशपोइन्ट) को चर्चा हुने नै भयो । 

Vianet communication

संसारकै सबभन्दा धेरै छिमेकी भएको मुलुक चीनलाई घेराबन्दी गर्न अमेरिकाले विभिन्न फ्ल्याशपोइन्टहरूमा तनाव चर्काउन खोजेको आरोप लागेको छ । जलसीमाको कुरा गर्दा दक्षिण चीन सागर र पूर्वी चीन सागरमा जलआवागमन स्वतन्त्रता (फ्रीडम अफ नेभिगेसन) को नाममा अमेरिकी जलसेनाका जहाज तथा युद्धपोतले गश्ती गर्ने गरेका छन् । अनि स्थलसीमाको कुरा गर्दा चीनको तिब्बत र सिन्ज्याङ प्रान्तमा अस्थिरता फैलाउनका लागि पश्चिमी शक्तिहरूले प्रयास गरिरहेका छन् । 
 

पश्चिमाहरूको यही प्रयासलाई मद्देनजर गर्दै चीनले तिब्बतको सुरक्षालाई थप बलियो बनाइरहेको छ । यसै सिलसिलामा गत मे महिनामा बेइजिङले तिब्बतसम्बन्धी एउटा श्वेतपत्र जारी गर्‍यो ।  

उक्त लामो श्वेतपत्रका दशमध्ये बुँदा नं ९ मा राष्ट्रिय एकता तथा सामाजिक स्थिरतालाई सुदृढताका साथ प्रतिरक्षा गर्ने अठोट लिइएको छ । चिनियाँ समाचार संस्था सिन्ह्वाले प्रकाशन गरेको श्वेतपत्रको उक्त बुँदामा चीनविरोधी पश्चिमी शक्तिहरूले चीनको घेराबन्दीका लागि तिब्बतमा अशान्ति फैलाउन खाजेको उल्लेख छ ।

विशेषगरी अमेरिकी सरकारले सन् २००२ मा ल्याएको तिब्बतसम्बन्धी नीति ऐन, सन् २०१८ को तिब्बतमा पारस्परिक पहुँच नीति ऐन र सन् २०२० को तिब्बत नीति तथा समर्थन ऐनको उल्लेख श्वेतपत्रले गरेको छ । 

तिब्बती धर्मगुरु दलाई लामा र उनका समर्थकहरूले तिब्बतलाई अस्थिर बनाउन पश्चिमा शक्तिहरूको आडमा विभिन्न क्रियाकलाप गरेको चीनको बुझाइ छ । दलाई लामालाई प्रतिक्रियावादी अभिजात वर्गका प्रतिनिधि भन्दै उनका समर्थकहरूले नेपालको मुस्ताङमा सैन्य अड्डा राखेर चीनमाथि आक्रमणको कोशिश विगतमा गरेको दाबी गरिएको छ । चीन र नेपालको सीमामा आक्रमण गर्ने उनीहरूको उद्देश्य त्यतिखेर रहेको दाबी छ ।

तर तिब्बतका चिनियाँ नागरिकले दलाई लामाका प्रयासहरूलाई निस्तेज पारेको श्वेतपत्रमा उल्लेख गरिएको छ । त्यस्तो प्रयास निस्तेज पार्नका लागि चिनियाँ कम्युनिस्ट पार्टीले चिनियाँ पहिचानको भावना अभिवृद्धि गर्ने, चिनियाँ सन्दर्भमा धर्मको व्याख्या गर्ने, तिब्बती बौद्ध धर्मलाई समाजवादी समाज अनुकूल बनाउने र यस क्षेत्रमा स्थिरता कायम गर्ने दिशामा अघि बढेको बताइएको छ । छोटकरीमा भन्नुपर्दा यसलाई तिब्बतको चिनियाँकरण भन्न सकिन्छ ।

तिब्बतलाई अभेद्य किल्ला बनाउनका लागि नै चीनले रेल तथा सडकमार्ग विस्तार पनि द्रुत गतिमा बढाउँदै लगेको छ । चिङहाई–तिब्बत रेलमार्गसँगै सिचुआन–तिब्बत रेलमार्गको काम सम्पन्न गरेर चीनले तिब्बतलाई देशका अन्य भागसँग जोड्न सफल भइसकेको छ । अनि युद्धको स्थितिमा सेनालाई द्रुत गतिमा सीमामा ल्याउन समेत रेलको उपयोग गर्ने चीनको योजना देखिन्छ ।

आफ्नो अधीनस्थ क्षेत्र बलियो बने पनि छिमेकी मुलुक चाहिँ अस्थिरताका एजेन्टहरूको क्रीडास्थल नबनोस् भन्ने चीनको चाहना हो । तिब्बत स्वायत्त क्षेत्रसँग सीमा जोडिएको नेपालमा पनि चीनविरोधी गतिविधि नहुन् भनी चीनले नेपाल सरकारसँग बारम्बार अनुरोध गर्ने गरेको छ । 

विशेषगरी सन् २००८ को ओलम्पिकको समयमा नेपालमा रहेका तिब्बतीहरूले चीनविरोधी अभियान चलाएकोमा चीनले असन्तुष्टि जाहेर गरेको थियो । त्यसै समयमा नेपाल सहित अन्य क्षेत्रमा तिब्बतीहरूले आत्मदाह गरेका थिए । दुई देशका उच्च तहका अधिकारीहरूको भेटघाटमा प्रायः नबिराइकन तिब्बतीहरूको गतिविधिको चर्चा हुने गरेको छ । 

पश्चिमको समर्थन पाएका तिब्बतीहरूबाट हुन सक्ने गतिविधिलाई मद्देनजर गरेर नै चीनले नेपालसँग सुपुर्दगी सन्धि पनि गर्न खोजेको छ । चीनका राष्ट्रपति सी चिनपिङको नेपाल भ्रमणमा यस सन्धिमा हस्ताक्षर हुने अपेक्षा चिनियाँ पक्षले राखेको भए पनि नेपाल त्यसमा सहमत भएन । त्यसबाट असन्तुष्ट सीले प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटवार्तामा चीनलाई टुक्य्राउन खोज्ने शक्तिको जिउ कुच्याउने र हाड धूलोपीठो बनाउने चेतावनी दिएका थिए । 

यसैबीच विश्वव्यापी मानवअधिकारवादी संस्था ह्युमन राइट्स वाचको एउटा प्रतिवेदन जुलाई ६ मा सार्वजनिक भएको छ । तिब्बतमा चिनियाँ अधिकारीहरूले केही भिक्षुहरूलाई चरम यातनापछि कठोर कारावास सजाय दिएको त्यसमा उल्लेख छ । 
 

'प्रोसिक्युट देम विथ असम पावर' शीर्षकको उक्त प्रतिवेदनको पहिलो अनुच्छेदमा नै नेपालको प्रसंग आउँछ । त्यसमा उल्लेख भएअनुसार, तिब्बतको टिङ्ग्री क्षेत्रमा रहेको तेङ्द्रो गुम्बाका भिक्षु चोग्याल वाङ्पोले ल्हासाको एक क्याफेमा छोडेको मोबाइल फोन प्रहरीको हात परेको थियो । त्यसबाट चोग्यालले नेपालस्थित गुम्बामा रहेका तिब्बतीहरूलाई भूकम्पबाट पुगेको क्षतिबाट पुनरुत्थानका लागि सहायता पठाएको सन्देश प्रहरीले फेला पारेको थियो । 

त्यो सन्देश देखेपछि स्थानीय प्रहरीले चोग्याललाई तत्कालै पक्राउ गर्दै हिरासतमा चरम यातना दिएर सोधपुछ गरेको र पछि अदालतले २० वर्षको कारावास सजाय सुनाएको ह्युमन राइट्स वाचको प्रतिवेदनमा उल्लेख छ । चोग्यालसँगै तेङ्द्रो गुम्बाका अन्य भिक्षुहरूलाई पनि पक्राउ गरेर विभिन्न सजाय दिइएको प्रतिवेदनले उल्लेख गरेको छ । 
 

ह्युमन राइट्स वाचले सूचनादाताहरूबाट उपलब्ध जानकारीका आधारमा प्रतिवेदन तयार पारेको स्पष्टीकरण दिएको छ । तर कडा नियन्त्रण भएको तिब्बतबाट सूचना कसरी चुहियो भन्ने प्रश्न पनि आफ्नै ठाउँमा छ ।

चीनको नजरमा पश्चिमले मानवअधिकारको विषय पनि महाशक्ति प्रतिस्पर्धामा उपयोग हुने भूराजनीतिक साधनका रूपमा बुझेको छ । मानवअधिकारको आफ्नै परिभाषा दिने चीनलाई पश्चिमी मानवअधिकार संस्थाहरूलाई स्थिरता खलबल्याउने तत्त्व मान्ने गरेको छ । 

यसरी तिब्बती भिक्षुले नेपाली भिक्षुहरूसँग सन्देश आदानप्रदान गर्दा समेत कठोर प्रतिक्रिया जनाउने चीनले नेपालमा चीनविरोधी गतिविधिप्रति आपत्ति जनाउने नै भयो । त्यसमाथि अमेरिकाले पोहोर साल कन्सोलिडेसन एप्रोप्रिएसन्स याक्ट नामक कानून ल्याएर नेपाल तथा अन्य क्षेत्रमा रहेका तिब्बती शरणार्थीहरूको सांस्कृतिक जगेर्ना तथा उत्थानशीलताका लागि ६ लाख डलर बराबरको बजेट छुट्याएको छ । उक्त रकमको दुरुपयोग तिब्बतलाई खलबल्याउनका लागि गर्न सकिने आशंका चीनले गरेको छ । 

तिब्बत र सिन्ज्याङलाई स्थिर बनाउनु चीनको दीर्घकालीन रणनीतिको एक अंग हो । यी ठाउँहरू स्थिर भएपछि एसियामा प्रभुत्व जमाउन सकिने सोच चीनको छ । अमेरिकाले क्वाडमार्फत जलक्षेत्रबाट चीनको घेराबन्दी गर्न खोजिरहेकोमा युरेसियाली हार्टल्यान्डमा थप शक्तिशाली बन्न चीनले तिब्बत र सिन्ज्याङमा कुनै पनि प्रकारको अस्थिरता सहन सक्दैन । 

फेरि तिब्बत त अमेरिकाको साझेदार मुलुक भारतसँग पनि जोडिएको छ । त्यसो त चिनियाँ सरकारको श्वेतपत्रमा पश्चिमी शक्तिहरू तिब्बतलाई अस्थिर बनाउन लागिपरेको भन्दै यसमा भारतको भूमिका उल्लेख गरिएको छैन । भारतले तिब्बतमा अस्थिरताका लागि कोशिश गरेको पनि देखिँदैन यद्यपि भारत सरकारलाई तिब्बत कार्ड खेल्न विभिन्न शक्तिहरूले उक्साइरहेका छन् । 

त्यसैको परिणामस्वरूप शायद भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अघिल्लो साता तिब्बती धर्मगुरु दलाई लामालाई जन्मदिनको शुभकामना दिएका थिए । अमेरिकाले भारतलाई चीनविरुद्ध तिब्बत कार्ड खेल्नका लागि प्रेरित नगर्ला भन्न सकिन्न । 

तर पोहोर सालको गलवान भिडन्तपछि भारतले स्पेसल फ्रन्टियर फोर्स नामक सैन्य इकाइमा तिब्बतबाट भागेर आएका मानिसलाई भर्ती गरेको पाइयो । तिब्बती पठारको कठ्यांग्रिदो चिसोमा लड्न सक्ने ती मानिस देखेपछि चिनियाँ जनमुक्ति सेनाले अहिले धमाधम तिब्बतीहरूलाई सेनामा भर्ती गर्ने अभियान चलाइरहेको छ । भविष्यको युद्धमा तिब्बतीविरुद्ध तिब्बती लड्ने सम्भावना पनि देखिन्छ । 

चीनले नेपालीहरूलाई पनि आफ्नो सेनामा भर्ती गराउन सकिन्छ कि भनेर विचार गरिरहेको भारतका सेवानिवृत्त सैन्य अधिकारीहरूले बताएका छन् । भारतीय सेनामा नेपालीहरूको आकर्षणका विषयमा चीनले अनुसन्धानका लागि लगानी गरेको खबर केही समयअघि आएको थियो ।

हिमालय क्षेत्रमा भइरहेका यी हलचलहरूले नेपाललाई समेत अप्ठ्यारोमा पार्ने अवस्था देखिँदैछ । नेपालमा तिब्बतीहरूको संख्या अनौपचारिक आँकडा हेर्दा २० हजारभन्दा बढी छ । तिनीहरूलाई नेपाल सरकारले कत्तिको निगरानीमा राखेको छ भन्ने प्रश्न पनि ज्वलन्त छ । ती तिब्बतीहरूबाट चीनविरोधी कुनै क्रियाकलाप भएको खण्डमा चिनियाँ जनमुक्ति सेना परिचालन हुने कुरालाई पनि काठमाडौंले हेक्का राख्नुपर्ने हुन्छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ६, २०८०

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...

मंसिर १०, २०८०

सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...

माघ १८, २०८०

चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...

पुस १८, २०८०

देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...

माघ १५, २०८०

अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...

माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x