×

NIC ASIA

स्थानीय तहको निर्वाचनः धनुषामा त्रिपक्षीय प्रतिष्पर्धा, कसको वर्चस्व होला ?

कात्तिक २०, २०७४

Prabhu Bank
NTC
Premier Steels

जनकपुर २६ जेठ - २०५४ सालको स्थानीय निकायको चुनावमा धनुषामा नेकपा एमालेको बर्चस्व स्थापित भएको थियो । तर, २०६४ सालमा सम्पन्न भएको संविधानसभाको पहिलो निर्वाचनमा नेपाली कांग्रेस ठुलो शक्तिको रुपमा स्थापित भयो ।

स्थानीय निकायको चुनावमा राष्ट्रिय प्रजातन्त्र पार्टी तेस्रो शक्ति थियो भने पहिलो संविधान सभाको निर्वाचनमा राप्रपाको पत्ता साफ भयो । त्यसको ठाउँमा मधेस आन्दोलनबाट उदाएको मधेसी जनअधिकार फोरम नेपालले आफ्नो उपस्थिति दर्ज गर्न सफल भयो । तर, जनयूद्धबाट शान्ति प्रक्रियामा आएका तत्कालिन नेकपा माओवादी देशैभरीको चुनावबाट संविधानसभामा ठुलो पार्टीको रुपमा स्थापित भएपनि धनुषामा मात्र एक सिट जित्न सफल भयो ।

७ निर्वाचन क्षेत्रहरु मध्ये नेपाली कांग्रेसले ३, नेकपा एमालेले २, नेकपा माओवादीले १ र मधेसी जनअधिकार फोरमले १ सिट जितेको थियो । धनुषामा उपनिर्वाचन भएपछि नेकपा एमालेले थप एक सिटमा जित हासिल गर्दै कुल ३ सिटमा विजय प्राप्त गरेको थियो । पहिलो संविधानसभाको चुनावमा धनुषाको निर्वाचन क्षेत्र नं. १ बाट नेकपा एमालेका रामचन्द्र झाले १२ हजार १ सय ८३ मत ल्याएर सभाषदमा निर्वाचित भएका थिए । झा अहिले नयाँ शक्तिमा छन् ।

नेकपा माओवादीका योगकुमार बरबरिया यादव ९ हजार ६ सय ८ मत ल्याई दोस्रो, मधेसी जनअधिकार फोरमका गजाधर रोहिता यादव ६ हजार २ सय १० मत ल्याई तेस्रो र नेपाली कांग्रेसका स्मृतिनारायण चौधरी ५ हजार ३ सय ५४ मत ल्याई चौथो स्थानमा सिमित भएका थिए । चौधरी त्यस अघि नेपाली कांग्रेसबाट सांसदमा जितेका थिए ।

धनुषाको क्षेत्र नं. २ बाट नेपाली कांग्रेसका रामकृष्ण यादव ९ हजार ८ सय २५ मत ल्याई सभाषदमा निर्वाचित भएका थिए । नेकपा माओवादीका रामचन्द्र मण्डल ८ हजार २ सय १९, नेकपा एमालेका रत्नेश्वर गोइत यादव ६ हजार ५ सय १८, तराई मधेस लोकतान्त्रिक पार्टीका परमेश्वर साह सुडी ४ हजार ४ सय ९० र मधेसी जनअधिकार फोरमबाट पवन कुमार झाले ३ हजार ५ सय ३९ मत ल्याई क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौ स्थानमा सिमित भएका थिए ।

धनुषाको क्षेत्र नं. ३ बाट नेपाली कांग्रेसका विमलेन्द्र निधि १५ हजार ५ सय ८२ मत ल्याई सभाषदमा निर्वाचित भएका थिए । नेकपा माओवादीका हरिदेव मण्डलले ९ हजार ९ सय ३६, तराई मधेस लोकतान्त्रिक पार्टीका अमरेश नारायण झाले ६ हजार ९ सय ९ र स्वतन्त्र उम्मेदवार साधु यादवले २ हजार ७ मत मात्र प्राप्त गर्न सकेका थिए ।

क्षेत्र नं. ४ बाट मधेसी जनअधिकार फोरमका संजय कुमार साह १३ हजार ४ सय २२ मत ल्याई संविधान सभामा निर्वाचित भएका थिए । उनको निकटत्तम प्रतिद्वन्द्वी रहेका नेकपा एमालेका रघुविर महासेठले ९ हजार २ सय ८२ मत मात्र ल्याउन सकेका थिए । तराई मधेस लोकतान्त्रिक पार्टीका वृषेश चन्द्र लालले ४ हजार ९ सय ६५, नेपाली कांग्रेसका लिला कोइरालाले ४ हजार ३ सय ६३ र नेकपा माओवादीका अरविन्द कुमार लाल कर्णले १ हजार ८ सय ४७ मतमा चित्त बुझाउनु परेको थियो ।

धनुषाको क्षेत्र नं. ५मा नेपाली कांग्रेसका डा.रामबरण यादवले १० हजार ३ सय ९२ मत ल्याई संविधान सभामा निर्वाचित भएका थिए । तराई मधेस लोकतान्त्रिक पार्टीका श्रीकृष्ण यादवले ९ हजार ९ सय ४, एमालेका रामरतन यादवले ५ हजार ४ सय ८४, नेकपा माओवादीका महादेव यादवले ४ हजार ५ सय ७२ र मधेसी जनअधिकार फोरम नेपालका शेषनारायण यादवले २ हजार ७१ मत मात्र प्राप्त गर्न सकेका थिए ।

उक्त क्षेत्रबाट निर्वाचित सांसद डा.रामबरण यादव संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको पहिलो राष्ट्रपति पदमा निर्वाचित भएपछि उक्त क्षेत्रमा भएको उपनिर्वाचनमा नेकपा एमालेका रघुविर महासेठ निर्वाचित भएका थिए भने राष्ट्रपति पुत्र डा.चन्द्रमोहन यादव पराजित भएका थिए ।

धनुषाको निर्वाचन क्षेत्र नं. ६ मा नेकपा माओवादी कि रामकुमारी देवी यादवले ११ हजार ५ सय ७० मत ल्याई संविधान सभामा निर्वाचित भएकी थिईन । नेपाली कांग्रेसका प्रेम किशोर प्रसाद साहले ८ हजार ९ सय १३, नेकपा एमालेका योगनारायण यादवले ८ हजार ८ सय ९४, मधेसी जनअधिकार फोरम नेपालका सुरेन्द्र कुमार मण्डलले ३ हजार ३ सय ९९ र राप्रपा नेपालका हेमबहादुर मल्ल ठकुरीले १ हजार ३ सय ३२ मत मात्र प्राप्त गर्न सकेका थिए ।

क्षेत्र नं. ७ मा नेकपा एमालेका शत्रुधन महतोले ११ हजार ६ सय २० मत प्राप्त गरी सभाषदमा निर्वाचित भएका थिए । नेपाली कांग्रेसका आनन्द प्रसाद ढुङ््गाना ७ हजार ४ सय ६९, नेकपा माओवादीका जागेश्वर महतो कोइरी ४ हजार ४ सय २, चुरे भावर राष्ट्रिय एकता पार्टीका मेघबहादुर थापाले ३ हजार ३ सय ८४ र राप्रपा नेपालका हेमबहादुर मल्लले १ हजार १ सय २६ मत मात्र प्राप्त गर्न सकेका थिए ।

दोस्रो संविधानसभामा कांग्रेसको ‘कम व्याक’

२०७० सालमा सम्पन्न भएको दोस्रो संविधानसभाको निर्वाचनमा नेपाली कांग्रेस ७ मध्ये ५ सिटमा जित हासिल गरी ठुलो शक्तिको रुपमा कम व्याक गरेको थियो । क्षेत्र नं. १ बाट नेपाली कांग्रेसका दिनेश परसैला यादवले ८ हजार ८ सय २७ मत प्राप्त गरी संविधानसभामा निर्वाचित भएका थिए । एमाओवादीका बागी उम्मेदवार जोगकुमार बरबरिया यादव ७ हजार ९ सय ४६ र एमाओवादीका आधिकारिक उम्मेदवार रामचन्द्र झाले ५ हजार ३ सय ९० मत मात्र प्राप्त गर्न सकेका थिए ।

त्यसैगरी धनुषाको क्षेत्र नं. २ बाट नेपाली कांग्रेसका रामकृष्ण यादव ९ हजार ३ सय ७८ मत ल्याई दोस्रो पटक संविधानसभामा चुनिएका थिए । एमाओवादीका रामचन्द्र मण्डल ७ हजार १ सय ४४ र नेकपा एमालेका भोला प्रसाद साह ५ हजार ३ सय ६५ मत मात्र ल्याउन सकेका थिए ।

क्षेत्र नं. ३ बाट नेपाली कांग्रेसका विमलेन्द्र निधि १५ हजार ३१ मत ल्याई संविधान सभामा दोस्रो पटक चुनिएका थिए । नेकपा एमालेकी जुली कुमारी महतोले १३ हजार ५ सय ३९ र एमाओवादीका हरिदेव मण्डल २ हजार ५ सय २३ मत मात्र ल्याउन सकेका थिए ।

क्षेत्र नं. ४ बाट सदभावना पार्टीका संजय कुमार साह १२ हजार ६ सय ६६ मत ल्याई निर्वाचित भएका थिए । साह पनि संविधान सभामा दोस्रो पटक चुनिएका थिए तर यस पटक पार्टी फेरिएको थियो । पहिलो संविधानसभामा फोरमबाट निर्वाचित भएका थिए भने दोस्रो पटक सदभावनाबाट निर्वाचित भएका थिए । नेपाली कांग्रेसका रामसरोज यादवले ११ हजार ४ सय २६ र तराई मधेस लोकतान्त्रिक पार्टीका वृषेशचन्द्र लालले २ हजार ६ सय ५० मत मात्र प्राप्त गरेका थिए ।

क्षेत्र नं. ५ बाट नेपाली कांग्रेसका डा.चन्द्रमोहन यादव ११ हजार ७ सय ५ मत ल्याई संविधान सभामा निर्वाचित भएका थिए । बुवाले जितेको ठाउँमा उपनिर्वाचनमा पराजित भएपनि दोस्रो संविधानसभामा उनी निर्वाचित हुन सफल भएका थिए । नेकपा एमालेका रघुविर महासेठ १० हजार २३ र तराई मधेस लोकतान्त्रिक पार्टीका अनिता कुमारी यादवले ८ हजार ३ सय ६५ मत प्राप्त गर्न सकेका थिए ।

क्षेत्र नं. ६ बाट नेपाली कांग्रेसका प्रेम किशोर प्रसाद साह तेलीले ७ हजार ७ सय २५ मत प्राप्त गरी संविधान सभामा निर्वाचित भएका थिए । नेकपा एमालेका योगनारायण यादव ७ हजार ३ सय ५६ र राप्रपा नेपालका मनोज मल्ल ठकुरीले ६ हजार ३ सय ५७ मत प्राप्त गरेका थिए ।

क्षेत्र नं. ७ बाट नेकपा एमालेका शत्रुधन महतो ८ हजार ८ सय २७ मत ल्याई दोस्रो पटक संविधान सभामा निर्वाचित भएका थिए । नेपाली कांग्रेसका बासुलाल महतोले ८ हजार ४ सय ९२ र कांग्रेसका बागी उम्मेदवार समिर घिमिरे भन्ने यज्ञराज शर्मा घिमिरेले ६ हजार ७८ मत ल्याएका थिए ।

धनुषामा यसरी हेर्ने हो भने संविधानसभाबाट कांग्रेस ठुलो शक्तिको रुपमा स्थापित भएपनि अब हुने भनिएको दोस्रो चरणको निर्वाचनमा कांग्रेसले त्यो साख कायम राख्छ वा मधेसबादी शक्ति उसको ठाउँमा नयाँ शक्तिको रुपमा उदय हुने हो त्यो हेर्न भने बाँकी नै छ । कांग्रेसको वचश्व रहेको काठमाडौं महानगरमा एमालेले नतिजा उल्टाएको ताजा घटनाले राजनीतिक दलहरुलाई झस्काएको छ ।

स्थानीय तहको निर्वाचनमा कांग्रेस, एमाले र मधेश केन्द्रित दलहरुबीच धनुषामा मुख्य प्रतिष्पर्धा हुने देखिन्छ । आन्दोलनको धम्की दिएको राष्ट्रि जनता पार्टीले पनि गाउँमा अभियान संचालन गरेको छ ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x