भगवान् बुद्धलाई सम्झिँदै नरेन्द्र मोदीले दिए गुरु पूर्णिमाको शुभकामना

फाइल फोटो

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भगवान् बुद्धलाई सम्झिँदै गुरु पूर्णिमाको शुभकामना दिएका छन् ।


Advertisement

‘जहाँ ज्ञान छ, त्यहाँ पूर्णिमा छ, त्यही पूर्णता छ । ज्ञान संस्कारको प्रतीक हो,’ मोदीले भने ।


Advertisement

प्रधानमन्त्री मोदीले गुरु पूर्णिमा र धम्मचक्र प्रवर्तक दिवसमा भगवान् बुद्धलाई सम्झिँदै बुद्धले बुद्धत्व प्राप्तिपछि पहिलोपटक संसारलाई ज्ञान दिएको बताए ।

त्यतिबेला बुद्धले ५ जना शिष्यलाई मात्रै उपदेश दिएको भएपनि अहिले संसारभर बुद्धको ज्ञान फैलिएको बताए ।


Advertisement

भगवान् बुद्धले दुःख के हो, दुःखको कारण के हो, यसबारे बताएर दुःखलाई जित्न सकिने साहस दिएका मोदीले बताए । 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्