माडागास्करका राष्ट्रपतिको हत्या प्रयास, ६ जना पक्राउ

अफ्रिकी मुलुक माडागास्करका राष्ट्रपति एन्ड्री राजोलिनाको हत्याको विफल प्रयास गरेकोमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । 


Advertisement

पक्राउ परेकामध्ये एकजना फ्रान्सेली नागरिक हुन् भने दुई अन्यसँग फ्रान्स र मालागासी दोहोरो नागरिकता छ । 


Advertisement

षड्यन्त्रको भण्डाफोर भएपछि राष्ट्रपति राजोलिनाको सुरक्षा व्यवस्था कडा बनाइएको छ । 

माडागास्करका सार्वजनिक सुरक्षामन्त्री रोडेलिस फेनोमजेन्ट्सोआ र्‍यान्डियसरिसनले पक्राउ परेकाहरूलाई प्रहरीले सोधपुछ गरिरहेको बताए । 


Advertisement

माडागास्कर लामो समयसम्म फ्रान्सको उपनिवेश थियो । 

पक्राउ परेकामध्ये दुईजनाले फ्रान्सेली सेनामा काम गरेका थिए । फ्रान्सेली सेनामा घटनामा टिप्पणी गर्न अस्वीकार गरेको छ । 

माडागास्करमा राजनीतिक अस्थिरताको इतिहास छ । एन्ड्री राजोलिनाले सन् २०१९ मा भएको चुनावमा आफ्ना प्रतिद्वन्द्वीलाई झिनो अन्तरले हराएपछि अदालतमा समेत मुद्दा परेको थियो । सन् २००९ मा कूपछि पहिलोपटक राजोलिना सत्तामा पुगेका थिए । सन् २०१४ सम्म उनी संक्रमणकालीन सरकार प्रमुखका रूपमा सत्तामा थिए । 
 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्