×

NIC ASIA

चितुवाको आक्रमणबाट क्षति भएकालाई राहत

साउन १४, २०७८

Prabhu Bank
NTC
Premier Steels

चितुवाको आक्रमणबाट क्षति भएका पीडित परिवारलाई रु १६ लाखभन्दा बढी राहत रकम वितरण गरिएको छ ।

आर्थिक वर्ष ०७७/७८ को अवधिमा तनहुँ जिल्लाका विभिन्न भागमा चितुवाको आक्रमणबाट क्षति भएका पीडित परिवारलाई डिभिजन वन कार्यालय तनहुँले रु १६ लाख ५९ हजार १०४ राहत रकम वितरण गरेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गत आवमा चितुवाको आक्रमणबाट एक जना बालकको मृत्यु भएको थियो । शुक्लागण्डकी नगरपालिका–२ मसारका ११ महिनाका बालक नारायण रानाको चितुवाको आक्रमणबाट मृत्यु भएपछि कार्यालयले पीडित परिवारलाई रु १० लाख उपलब्ध गराएको डिभिजन वन प्रमुख कोमलराज काफ्लेले जानकारी दिए । 


Advertisment
Rupse Holidays
Nabil box

नेपाल सरकार वन तथा वातावरण मन्त्रालयबाट स्वीकृत वन्यजन्तुको क्षतिको राहत निर्देशिका, २०६९ (संशोधित २०७५) बमोजिम वन्यजन्तुको आक्रमणमा परी सामान्य घाइते भएमा रु ५० हजारसम्म, गम्भीर घाइते भएमा दुई लाखसम्म र मृत्यु भएमा अधिकतम रु १० लाखसम्म उपलब्ध गराउने व्यवस्था छ । 

Vianet communication

त्यस्तै उक्त अवधिमा जिल्लाका विभिन्न ठाउँमा चितुवाको आक्रमणबाट गाई, भैँसी, सुँगुर/बङ्गुर, बाख्रा÷भेडाको मृत्यु भएको थियो । क्षतिको मूल्याङ्कन गरी कार्यालयले पीडितलाई राहत वितरण गरेको छ । रु २१ लाख ८६ हजार ७०४ को क्षति मूल्याङ्कन गरिएकामा रु १६ लाख ५९ हजार १०४ वितरण गरिएको कार्यालयका सहायक वन अधिकृत काशीराज पण्डितले जानकारी दिए । 

चितुवाको आक्रमणबाट तीन गाई मृत्युबापत रु १८ हजार, एक भैँसी मृत्युबापत रु पाँच हजार, चार सुँगुर÷बङ्गुर मृत्युबापत रु २६ हजार र ५९ बाख्रा/भेडा मृत्युबापत रु चार लाख राहत प्रदान गरिएको छ । त्यस्तै चितुवाको आक्रमणबाट तीन जना घाइते भएकामा रु दुई लाख १० हजार १०४ राहत दिइएको पण्डितले बताए । 

दश वन्यजन्तुको जीवितै उद्धार

कार्यालयले एक वर्षको अवधिमा १० वन्यजन्तुको जीवितै उद्धार गरेको छ । चितुवा, रतुवा मृग, कछुवा गरी १० वन्यजन्तुको जीवितै उद्धार गरिएको कार्यालयले जनाएको छ । त्यस्तै मरेका १२ वन्यजन्तुको व्यवस्थापन गरिएको छ । जीवितै उद्धार गरिएकालाई प्राकृतिक वासस्थान, पचभैया प्राणी उद्यान पोखरामा स्थानान्तरण गरिएको छ । 

कार्यालयले त्यसअवधिमा छ चितुवा, तीन रतुवा मृग र एक कछुवाको जीवितै उद्धार गरेको थियो । त्यस्तै मृत भेटिएका आठ चितुवा, दुई रतुवा मृतको पनि व्यवस्थापन गरिएको छ । 

वित्तीय ९१.५, भौतिक प्रगति शतप्रतिशत

कार्यालयले आर्थिक वर्ष ०७७/७८ मा वित्तीयतर्फ ९१.५ प्रतिशत प्रगति हासिल गरेको छ । सङ्घ र प्रदेशबाट विनियोजित रकममध्ये कार्यालयले उक्त वर्ष ९१.५० प्रतिशत बजेट खर्च गरेको जनाएको छ । 

कूल पाँच करोड ३५ लाख बजेट विनियोजन भएकामा त्यस अवधिमा रु चार करोड ९० लाख खर्च भएको कार्यालय प्रमुख काफ्लेले जानकारी दिए । प्रदेशतर्फको रु तीन करोड २३ लाख विनियोजन भएकामा दुई करोड ९३ लाख खर्च भएको छ ।

सङ्घीय सःशर्ततर्फ रु ९२ लाख ५० हजार विनियोजन भएकामा रु ८६ लाख खर्च भएको छ । काफ्लेका अनुसार प्रदेश सःशर्ततर्फ रु एक करोड २० लाख विनियोजन भएकामा रु एक करोड ११ लाख खर्च भएको छ । भौतिकतर्फ भने कार्यालयले शतप्रतिशत प्रगति हासिल गरेको छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

प्रकृतिको नियम

प्रकृतिको नियम

जेठ १९, २०८१

प्रकृतिको नियम के भने जति माथि पुग्यो उति झुक्नुपर्ने, गएको ठाउँ हेर्नैपर्ने, गएको ठाउँमा फर्कनै पर्ने । ठूलाठूला बोइङ्गहरू आकाशमा उड्छन्, बादलपारीको मुलुकमा पुग्छन्, समुद्रपारीको मुलुकसम्म पुग्छन् तर, पनि उनीहरू त्...

कर्मचारीले भन्ने 'माथि' कहाँ हो ? को हो ?

कर्मचारीले भन्ने 'माथि' कहाँ हो ? को हो ?

जेठ १८, २०८१

राणा शासनकालको प्रशासनिक व्यवस्थामा 'माथि' भन्नाले प्रधानमन्त्रीलाई बुझाउँदथ्यो । राजाको शासनकालमा दरबार वा राजालाई माथि भनिन्थ्यो । कर्मचारीले इमान्दारिता छाडेमा वा अनैतिक काम गरेमा कुरा माथि पुग्दथ्यो ...

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

जेठ १६, २०८१

जेठ ६ गते नेपाल–चीनमैत्री मञ्चद्वारा आयोजित एक कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छन सोङले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको बताउनुका साथै नेपालले कुनै पनि तत्त्वलाई चीनविरुद्धको गतिविधिमा लाग्न ...

x