×

NMB BANK
NIC ASIA

सुरक्षा संगठन

‘रिटायर्ड’ डीएसपीका छोरा एसपी अधिकारी : ‘प्रहरी मेरो साथी’ पछि घरदैलोसम्मै पुग्ने योजना

साउन १६, २०७८

NTC
Premier Steels

धनगढीमा भेटिएका नेपालगञ्जका आलम खान हालै जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख भई आएका ४६ वर्षीय प्रहरी उपरीक्षक (एसपी) विश्व अधिकारीको मुक्तकण्ठले प्रशंसा गर्न पछि परेनन् ।

Muktinath Bank

१० वर्षअघि कञ्चनपुर जिल्लामा प्रहरी नायब उपरीक्षक (डीएसपी) पदमा कार्यरत हुँदा अधिकारीको कार्यसम्पादनबाट परिचित खानले धनगढी आउँदा भेटघाट गरेको सुनाए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘मानवअधिकार र कानूनको क्षेत्रमा विज्ञता हासिल गर्नुभएका प्रहरी अधिकारी कैलाली प्रहरी प्रमुख भएर आउनु आफैंमा गर्वको कुरा हो,’ उनले भने ।


Advertisment
Nabil box
Kumari

धनगढी उपमहानगरपालिका–६ का वडाध्यक्ष भागीराम चौधरीले मृदुभाषी अधिकारीसँग आफ्नै मातृभाषा थारुमा लामो बातचित गरेको सुनाए । उनले भने, ‘उहाँको बारेमा धेरै कुरा सुनेको छु । भ्रष्टाचार, हिंसा, मानवअधिकार उल्लंघनविरुद्ध शून्य सहनशिलता देखाउनुहुन्छ भन्ने सुनेको छु तर सुदूरपश्चिमको राजधानी समेत रहेको कैलाली जिल्लामा सुरक्षा चुनौती कम छैन । उहाँको अग्निपरीक्षाको घडी हो । उहाँले पीडित जनताको पक्षमा काम गर्नुपर्‍यो, न कि तस्कर, गुण्डा र माफियाको पक्षमा ।’

Vianet communication

जिल्ला प्रहरी कार्यालय कैलालीको प्रमुख भएर उनी असार १६ गते कैलाली सरुवा भई आएका हुन् । शान्ति सुरक्षाको हिसाबले निकै नै संवेदनशील जिल्लाको रूपमा रहेको कैलालीको शान्ति सुरक्षाको जिम्मेवारी उनको काँधमा आएको छ, जुन उनका लागि चुनौती र अवसर दुवै हो । 

उनी सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी राष्ट्रिय कार्ययोजना अन्तर्गत नेपाल सरकारका गृह सचिवको अध्यक्षतामा रहेको काउन्टर टेरिरिज्म मेकानिज्म (सीटीएम) बाट सरुवा लिई सुदूरपश्चिम प्रदेशको राजधानी रहेको कैलाली जिल्ला आएका हुन् ।

उनी भन्छन्, ‘मैले आफ्नो जीवनको धेरै समय स्वदेशभित्र तथा स्वदेश बाहिर गई प्रशिक्षक भई काम गरेको छु । अन्तर्राष्ट्रिय मिसनमा काम गरेको छु । नेपाल प्रहरीको मानवअधिकार तथा आतंकवाद र भ्रष्टाचार विरुद्धको क्षेत्रमा काम गरेको छु । संगठनभित्र योजना निर्माणको काम गरेको छु । मैले कहिल्यै पनि आफू अनुकूल पोस्टिङ रोजिनँ । तर हाल आफ्नो गृह प्रदेशमा केही राम्रो गरेर देखाउनुपर्छ भनेर रुचि राखेर आएको हुँ ।’

स्थायी ठेगाना अछाम जिल्लाको कमलबजार नगरपालिका–९ बजगाउँ रहे पनि अधिकारीको जन्म सप्तरी जिल्लामा भएको हो । उनको बाल्यावस्था प्रहरी संगठनको वातावरणमा बितेको छ । उनका बुवा हरिहरप्रसाद अधिकारी नेपाल प्रहरीका अवकाशप्राप्त प्रहरी नायब उपरीक्षक (डीएसपी) हुन् । जुनकारण पनि उनमा प्रहरी संगठनप्रतिको लगाव र झुकाव सानै उमेरदेखि रहिआएको छ ।

उनले भेटघाटको क्रममा सुनाए, ‘पारिवारिक वातावरणले गर्दा होला, सानैदेखि नै ममा पुलिस बन्छु भन्ने इच्छा पलायो र पूरा पनि भयो ।’

पढाइमा अब्बल अधिकारी संगठनभित्र पहिलो

कैलालीको टीकापुरमा अस्थायी बसाइ रहेका एसपी अधिकारीले प्रारम्भिक शिक्षा टीकापुरकै राष्ट्रिय माध्यमिक विद्यालय मनिकापुरबाट लिएका थिए । एसएलसी परीक्षा टीकापुरकै वीरेन्द्र विद्या मन्दिरबाट २०४७ सालमा उत्तीर्ण गरेका हुन् ।

त्यसपछि पुलिस नै बन्नुपर्छ भनेर कानून विषय पढ्न काठमाडौं गएको उनले सुनाउँछन् । त्यसताका आफ्नो ब्याजमै एसएलसी परीक्षामा उत्कृष्ट हुँदै ७३ प्रतिशत अंक ल्याएर नेपाल ल क्याम्पसमा भर्ना भएका थिए । पढाइमा अब्बल अधिकारीले ल क्याम्पसमा आईएल तहमा नेपाल टप गर्दै काठमाडौं स्कूल अफ ल पूर्वाञ्चल विश्वविद्यालयबाट ‘ह्युमन राइटस् एण्ड जेन्डर जस्टिस्’ विषयमा मास्टर्स (एलएलएम) गरेका छन् । प्रहरी संगठनभित्र कानून विषयमा मास्टर्स गर्ने पहिलो प्रहरी अधिकारी समेत अधिकारी नै हुन् ।

अन्तर्राष्ट्रिय प्रहरी प्रशिक्षक

२०५५ सालमा असईमा छनोट भएका उनी असईको तालिमको क्रममै केही समयमै इन्सपेक्टरमा समेत छनोट भएका थिए । कार्यसम्पादनमा पनि अब्बल अधिकारी पछि राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा नै सेवाकालीन भए । २०६३ सालसम्म प्रशिक्षक भई काम गरेको सुनाउँदै उनले ९ पटक बंगलादेश, ४ पटक फिलिपिन्स, ३ पटक इन्डोनेसिया, ११ पटक भारतमा अन्तर्राष्ट्रिय प्रशिक्षकहरूलाई प्रशिक्षण दिएको बताए ।

यूएन मिसनको क्रममा पूर्वी टिमोर र लाइबेरियामा टीम लिडरको रूपमा भूमिका निर्वाह गरेका प्रहरी उपरीक्षक अधिकारीले सुनाए ।

उनको कार्यकुशलताको फेहरिस्त यतिमा सीमित छैन । २०७५ सालमा प्रहरी उपरीक्षकमा पदोन्नति भएका उनले नेपाल प्रहरीका प्रमुख तथा प्रहरी महानिरीक्षक (आईजी) को सचिवालयका साथै गृहसचिवको संयोजकत्वमा रहेको आतंकवाद प्रतिरोध संयन्त्रको सचिवालयमा समेत आफ्नो कार्यकुशलता प्रस्तुत गरेका छन् ।

जिम्मेवारी र चुनौतीबाट कहिल्यै पछि नहट्ने उनलाई २०७२ सालमा महाप्रलयकारी भूकम्पले क्षतविक्षत भएको अवस्थामा जेठ २९ गते सिन्धुपाल्चोक जिल्लामा इन्चार्जको जिम्मेवारीसहित खटाइयो । त्यसपछि अनुसन्धान अधिकृतको रूपमा ३ वर्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत खटिएको उनले बताए ।

‘प्रहरी मेरो साथी’ कार्यक्रमको परिकल्पना

प्रहरी संगठनभित्र लामो समय मानवअधिकार इकाईमा काम गरेका उनले संगठनभित्र योजनाकारको भूमिका समेत निर्वाह गरेका छन् । प्रहरी सेवालाई जनस्तरसम्म पुर्‍याउन नेपाल प्रहरीले २०७३ असार २७ गतेदेखि देशव्यापी रूपमा प्रहरी पब्लिक पार्टनरशिप कार्यक्रममार्फत ‘प्रहरी मेरो साथी’ कार्यक्रम सञ्चालन गरेको थियो । जसको योजना निर्माणदेखि कार्यान्वयनसम्मको भूमिकामा रहेको अधिकारी बताउँछन् ।

‘मलाई गर्व लाग्छ, संगठनभित्र पनि मैले योजना निर्माणको अवसर पाएको थिएँ । जुन प्रहरी संगठनको महत्त्वपूर्ण र सफल जनप्रिय कार्यक्रमको रूपमा आज स्थापित छ,’ उनले खुशी व्यक्त गर्दै भने ।

कैलाली प्रहरी प्रमुखको जिम्मेवारी पाएपछि उनले केही योजना समेत सार्वजनिक गरेका छन् । आमनागरिक र प्रहरीबीचको सम्बन्धलाई थप प्रगाढ बनाउन ‘हाम्रा प्रहरीसँग हामी’ कार्यक्रम शुरूआत गरेका छन् भने लागूऔषधको प्रयोगलाई नियन्त्रण गर्न ‘भविष्य बचाउ’ कार्यक्रम समेत अगाडि बढाइएको अधिकारी सुनाउँछन् ।

‘घरघर पुग्छौं’

यति मात्रै नभई उनले सेवाग्राही अभिलेखीकरण तथा पृष्ठपोषण फारम तयार गरी सेवाग्राहीको अभिलेख राख्ने कार्यको थालनी गरेका छन् । जसमा सेवाग्राहीलाई सोधिएको छ, ‘तपाईंलाई प्रहरीको बोली र व्यवहार कस्तो लाग्यो ? तपाईंले प्रहरीबाट पाउनुभएको सेवाको मूल्यांकन कसरी गर्नुहुन्छ ? सेवा प्रवाहमा थप सुधारको लागि तपाईंका केही सुझाव छन् कि ?’

उनले भने, ‘कैलाली जिल्लामा १ महिनासम्ममा ‘हाम्रो प्रहरीसँग हामी’ कार्यक्रमको प्रतिक्रिया लिन्छौं । त्यसपछि आएको प्रतिक्रिया प्रदेश प्रहरी प्रमुखसम्म राख्छौं । राम्रो प्रतिक्रिया आएको अवस्थामा सुदूरपश्चिमभर नै लागू गरिने प्रदेश प्रहरी प्रमुखज्यूले बताउनुभएको छ ।’

समाजमा प्रहरीप्रतिको आमधारणा नकारात्मक भएको बताउँदै उनले प्रहरीका कार्यसम्पादनलाई प्रभावकारी बनाएर सकात्मक धारणाको विकास गर्न सकिने जनाएका छन् ।

‘सबैभन्दा ठूलो मानवअधिकारको रक्षक प्रहरी नै हो । सुरक्षित पालिका वा सुरक्षित नगरपालिका कसरी बनाउनेतर्फ केन्द्रित भएका छौं । प्रहरीको विकल्प नभएकाले प्रहरीलाई कसरी राम्रो प्रहरी बनाउने हाम्रो प्रयास हो,’ उनले थपे, ‘अब त हामी प्रत्येक वडा तथा घरघरमा प्रहरीको ब्यानर सहितको स्टिकर टाँस्न जाने परिकल्पना गर्दैछौं । जसमा प्रहरीको सेवा चाहिएको अवस्थामा सम्पर्क नम्बर र ठेगाना उल्लेख गरेर दिनेछौं । कैलालीमा ७५ हजार घर छ, सबै घरमा एक राउन्ड पुग्ने योजना छ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

चैत १५, २०८०

२०५८ साल वसन्त ऋतुको समय । घमाइलो त्यो समयमा एउटा फूल काँडाको बाटो डोरिँदै थियो । बहकाउ र त्रासमा १३ वर्षको बालक सत्तालाई बन्दुक नाल तेर्स्याउन कस्सिएको थियो । लहडमा हिँडेको बाटोमा न ऊ फुल्न पायो, न ओइलियो ।...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x