×
Bajaj Top
Khukuri
FONEPAY

यूएन मिसनको प्रश्नपत्र ‘लिक’ले प्रहरीमा हंगामा

काठमाडाैं | साउन २१, २०७८

NTC
तस्वीर सौजन्य : राजधानी दैनिक
TVS INSIDE

 संयुक्त राष्ट्रसंघ (यूएन)को शान्ति मिसनमा जान लिइने नेपाल प्रहरीतर्फको आन्तरिक परीक्षाको प्रश्नपत्र बाहिरिएको विषयमा प्रहरी प्रधान कार्यालयले छानबिन अघि बढाएको छ ।

Sanima Bank
morang Auto yamaha

यूएन मिसनको प्रि–स्याट परीक्षाको प्रश्नपत्र ‘लिक’ भएको आशंकापछि प्रधान कार्यालयले प्रहरी नायब महानिरीक्षक (डीआइजी) वसन्त लामाको नेतृत्वमा छानबिन समिति बनाएर अनुसन्धान थालेको हो ।


Advertisment
NMB BANK
RMC TANSEN
shivam island

गत १५ र १६ साउनमा प्रधान कार्यालय तथा सातवटै प्रदेश प्रहरी कार्यालयमा यूएनमा जाने प्रहरी कर्मचारीका लागि परीक्षा सञ्चालन हुँदै थियो । परीक्षामा प्रहरी जवानदेखि प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)सम्मका २ हजार ४ सय परीक्षार्थी सहभागी हुँदै थिए ।

तर, १६ गतेको परीक्षा सुरु हुनु अघिल्लो दिन नै प्रश्नपत्र बाहिरिएपछि प्रहरी प्रधान कार्यालयले रातारात नयाँ प्रश्नपत्रको सेट तयार गरेर परीक्षा सञ्चालन गर्नुपरेको थियो । सोही कारण परीक्षा निर्धारित समयभन्दा ढिला सुरु भएको थियो । तर, १५ गतेको परीक्षा भने पुरानै प्रश्नबाट भएको थियो । सो परीक्षाको भने प्रश्नपत्र आउट भए-नभएको खुलेको छैन ।

Vianet communication
IME BANK INNEWS
LAxmi BAnk

प्रश्नपत्र लिक भएपछि प्रधान कार्यालयले यूएन शाखासँग जोडिएका प्रहरीमाथि निगरानी र सोधपुछ बढाइएको जनाएको छ । सो शाखाका केही प्रहरी भने नियन्त्रणमा समेत रहेको उच्च स्रोतको दाबी छ ।

छानबिन समितिले यूएन शाखाकै डीएसपी वासुदेव पाठक, तालिम केन्द्रमा कार्यरत अर्का डीएसपी रुपेश खड्का, प्रहरी निरीक्षक दिनेश पुनलगायतको संलग्नताको आशंकामा छानबिन गरिरहेको स्रोत बताउँछ । डीएसपी खड्का पनि परीक्षार्थी थिए । उनी केही समयअघिसम्म यूएन शाखामा नै कार्यरतसमेत रहेको बताइन्छ ।

हाल प्रहरी प्रधान कार्यालयले कसरी प्रश्नपत्र बाहिरियो भन्ने विषयमा अनुसन्धान गरिरहेको छ । सो विषयमा यूएनशाखा प्रमुख एसपी अनुपम राणासँगसमेत जानकारी मागिएको छ ।

अनुसन्धानको दायरामा लिइएका केही प्रहरी अधिकारीलाई नक्सालस्थित सशस्त्र प्रहरी गण नम्बर १ मा आन्तरिक थुनामा राखिएको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले जानकारी दिए । प्रश्नपत्र आउट भएपछि डीएसपी खड्कासहित आठ जना परीक्षार्थीले परीक्षा हुनुअगावै प्रश्नपत्र पाएको बताइन्छ ।

प्रधान कार्यालयबाट साइबर ब्युरोमा सरुवा भएका कुमार शाहको भाइबरमा प्रश्नपत्र भेटिएको अनुसन्धानमा खुल्न आएको छ । यस्तै, यूएन शाखामा कार्यरत कार्यालय सहयोगी सुरेश बमको पनि सो प्रकरणमा संलग्नताको आशंका छ । राजधानी दैनिकमा महेश्वर गौतमले खबर लेखेका छन् ।

Kumari
TATA Below
NLIC
Mega Bottom
माघ १४, २०७८

काभ्रेको   महाभारत गाउँपालिका–२,    मूलडाँडाका    एक    युवाले आफैँलाई  भरुवा  बन्दुक  हानेर  आत्महत्या  गरेका छन्।&...

माघ १४, २०७८

२  वर्षअघि  छ  करोड रुपियाँको  लागतमा  निर्माण  शुरू भएर  अन्तिम चरणमा  रहेको  पोखरा  महानगरपालिका  ३२  र ३३  वडा  जोड्ने  ...

माघ १४, २०७८

राष्ट्रिय   गौरवको आयोजना  गौतमबुद्ध  अन्तर्राष्ट्रिय  विमानस्थल निर्माणको  काम  सकिएको  छ । आईसीबी–१  र आईसीवी–२ अन्तर्गतको सम्पूर्ण काम सकिएपछि अब विमानस्...

माघ १४, २०७८

चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरी चढेको गाडीमा बिहीबार अज्ञात समूहले  आक्रमण  गरेको  छ  ।  निवासबाट  कार्यालय  जाने  क्रममा  गिरी  चढेको  ...

माघ १४, २०७८

सर्वोच्च अदालतले अवकाश पाउने कर्मचारीहरूलाई विभिन्न सुविधा दिँदा १५ प्रतिशत नभई ५ प्रतिशत मात्रै कर लगाउनुपर्ने भनी व्याख्या गरेको छ । सर्वोच्चले आयकर ऐन २०५८ को दफा ८८ मा दुईथरी व्यवस्था भएकोमा स्वीकृति लिएको अव...

माघ १४, २०७८

सरकारसँग कोरोना भाइरस सङ्क्रमितको निःशुल्क उपचार गर्ने सम्झौता गरेको चितवन मेडिकल कलेजले कोरोना सङ्क्रमितसँग पनि पैसा लिएको पाइएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले बिरामीसँग पनि पैसा लिएको भए उजुरी गर्न...

कोभिडपछिको संकट र आर्थिक सुधारको खोजी

कोभिडपछिको संकट र आर्थिक सुधारको खोजी

माघ १३, २०७८

हामीले चाहेर वा नचाहेर विश्व अर्थ व्यवस्थामा मन्दीको चर्चा शुरू भइसकेको छ । केही मुलुकहरूले त्यसलाई हजार कोशिशका बावजूद लुकाउन सकेका छैनन् । अधिकांशले मन्दीलाई गुपचुप राखेर संकट टार्ने कोशिश जारी राखेका छन् ।...

नेपालमा चलिरहेको मिलिट्यान्ट डेमोक्रेसी अर्थात् उग्र लोकतन्त्र

नेपालमा चलिरहेको मिलिट्यान्ट डेमोक्रेसी अर्थात् उग्र लोकतन्त्र

माघ १२, २०७८

हालै मात्र निर्वाचन आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतका राजनीतिक संगठनलाई उनीहरूको विधानमा रहेका केही विशुद्ध सैद्धान्तिक विषयमा असहमति जनाउँदै पत्राचार गरेको छ । निर्वाचन आयोगले राजनीतिक दलहरू...

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

माघ ५, २०७८

विश्वविख्यात अर्थशास्त्री एवं कूटनीतिज्ञ चाणक्यले लक्ष्य प्राप्तिका केही प्रमुख सूत्र बताएका छन्। अरू सबैलाई तपसिलमा राख्न सकिन्छ, तर एउटा सूत्रलाई कहिल्यै पनि विस्मृत हुन दिनु हुँदैन । उनी भन्छन्, 'मानिसको सबैभ...