×

NMB BANK
NIC ASIA

प्रधानमन्त्री देउवाले गरे कुम्भेश्वर मन्दिरको उद्घाटन

भदौ ४, २०७८

NTC
Premier Steels

प्रधानमन्त्री शेरबहादुर देउवाले कुम्भेश्वर (सर्वेश्वर) मन्दिरको उद्घाटन गरेका छन् ।

Muktinath Bank

विसं २०७२ सालको शक्तिशाली भुकम्पले क्षतिग्रस्त मन्दिर परिसरमा कुम्भेश्वर महादेव र मन्दिरको गजुरको पूजा गरी मन्दिरको उद्घाटन गरेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

 पाँच तले सो मन्दिरको कुम्भेश्वर महादेवका पुजारी माधव श्याम शर्माले मन्त्रोच्चारण गरेका थिए ।


Advertisment
Nabil box
Kumari

 बिहान ११ बजेको शुभ साइतमा प्रधानमन्त्री र  पत्नी आरजु देउवा राणाले पूजा अर्चना गरेका थिए ।

Vianet communication

बैशाख १२ र २९ गते आएको भुकम्पले मन्दिरको तीन तला क्षतिग्रस्त भएको थियो । यसअघि नेपाली कांग्रेसका सभापतिको हैसियतमा विसं २०७४ साल बैशाख ३० गते प्रम देउवाले नै मन्दिरको क्षमा पूजा गरेका थिए । 

क्षमापूजा गरी जीर्णोद्धार शुरु गरेको ४ वर्षपछि मन्दिरको पुनःनिर्माण सम्पन्न भएको हो । मन्दिर जीर्णोद्धार समितिका संयोजक एवं कुम्भेश्वर टोल सुधार समितिका संयोजक अरोजकुमार खड्गीले करिब २ करोड ८२ लाख रुपिया लागतमा जीर्णोद्धार सम्पन्न भएको जानकारी दिए ।

उनले लकडाउन र  निर्माण सामग्रीको अभावको कारण जीर्णोद्धारमा ढिलाई भएको बताए ।

समितिको निरन्तर सहयोगको कारण ठेकेदार कम्पनीले समयमै काम सम्पन्न गरेको संयोजक खड्गीको भनाई छ ।

पुरातत्व विभागले  धर्मएस तुल्सी ड्रामा जेभि ललितपुरलाई  ठेक्का दिएको थियो  । मन्दिर जीर्णोद्धार समितिको संयोजकहरूमा टोल सुधार समितिका अरोजकुमार  अध्यक्ष खड्गी, कुम्भेश्वर मन्दिरका पुजारी माधव श्याम शर्मा र बंगलामुखी मन्दिरका द्योपाला पुष्प कपाली रहेका थिए । 

  उद्घाटन समारोह अवधिभर कार्यक्रममा मन्दिरका भजन मण्डलले  परम्परागत बाजा बजाएका  थिए ।  

मन्दिर उद्घाटन लगत्तै प्रधानमन्त्री देउवा र उनकी पत्नी आरजु देउवाले लगायत कुम्भेश्वर मन्दिर  परिसरमा रहेको बंगलामुखी, लगायत  मठ मन्दिरको दर्शन गरेका थिए । पूजा पछि प्रम देउवाले निर्माण समितिले तयार गरेको शिलापत्र अनावरण गरेका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x