×

सभामुख–एमाले विवाद

सभामुखको भूमिकाविरुद्ध सदनमा एमालेको आक्रोश, नाराबाजी गर्दै एकैदिन ३ बैठक अवरुद्ध

सभामुख सापकोटाले जंगिँदै भने – देशमा संविधान, ऐन, कानून छ, संसदको गरिमाभन्दा बाहिर नजानुहोला

भदौ २३, २०७८

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सभामुख अग्निप्रसाद सापकोटाको भूमिकाविरुद्ध संसदमा सशक्त विरोध शुरू गरेको छ ।

प्रतिनिधि सभाको अधिवेशन शुरू भएको पहिलो दिन बुधवार एमालेले लगातार ३ बैठकमा सभामुख सापकोटाविरुद्ध नाराबाजी गरेर बैठक अवरुद्ध गरेको हो । 


Advertisment

माधव नेपाल लगायत १४ सांसदमाथि गरिएको कारवाही सदर नगरेको भन्दै सभामुख सापकोटाको भूमिकाविरुद्ध एमाले रुष्ट छ । १४ सांसदमाथिको कारवाही सदर गर्न माग गर्दै सभामुखको कार्यकक्षमा धर्ना दिएको एमालेले बुधवार सदनमा सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै सदन अवरुद्ध गरेको हो । 


Advertisment

दल विभाजनका लागि मतियार बनेको आरोप

बुधवार बसेको प्रतिनिधि सभाको पहिलो बैठकमा एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले एमालेले गरेको कारवाही अनुमोदन नगरेर सभामुख सापकोटा दल विभाजनका लागि मतियार बनेको आरोप लगाए । 

‘सभामुख महोदयको त्यो आसनमा बसिरहँदा सभामुख महोदयको मर्यादा भनेको सबै दलहरूप्रति सम्मानपूर्ण र समानतापूर्ण व्यवहार हो कि होइन सभामुख महोदय ? तर नेकपा एमाले अन्य कुनै धरतीबाट आएको राजनीतिक पार्टी त होइन होला ? तपाईंले हामीले कारबाही गरेका सांसदहरूको हकमा किन सूचना निकाल्नुभएन ? पटक–पटक हामीले फोन गर्‍यौं । हामीले भेटेर भनेका छौं तर १३ दिनपछि हाम्रो पार्टी नियोजित रूपमा टुक्र्याइसकेपछि बल्लबल्ल १३ दिनपछि चाहिँ केही गर्नु नपर्ने भन्ने हिसाबले सभामुखज्यूले यो काम गर्नुभएको छ,’ भट्टराईले भने, ‘हाम्रो बीचमा एउटा अनुत्तरित प्रश्न छ त्यो के भने सम्माननीय सभामुख महोदय तपाईंले नेकपा एमालेले कारबाही गरेका आफ्ना सांसदहरूको हकमा उनीहरूलाई बचाउन र नेकपा एमाले टुक्र्याउन किन एउटा सहयोगीको भूमिका निर्वाह गर्नुभयो ? किन सारथीको भूमिका निर्वाह गर्नुभयो ? दल विभाजनका लागि तपाईं किन मतियार बन्नुभयो भन्ने प्रश्न आज सम्मानित संसदसमक्ष हामी जोडदार रुपमा उठाउन चाहन्छौं । यसको उत्तर चाहिएको छ । संविधान, नियम, नीति, विधि सारा उल्लंघन गरेर नेकपा एमालेलाई विभाजन गर्नका लागि जे जस्ता धृष्टताहरू गरिए यो संवैधानिक रूपमा पनि प्रश्न उठेको छ । अदालतमा पनि पुगेको छ । यसको समयक्रममा जवाफ पाइएला तर यहाँबाट हामी त्यो जवाफ खोजिरहेका छौं । सभामुखको आसनबाट हामीले जवाफ खोजिरहेका छौं । निर्वाचन आयोगबाट हामी जवाफ खोजिरहेका छौं । यसको यथोचित जवाफ नपाउञ्जेल यो संसद अघि बढ्न नदिने नेकपा एमालेको निर्णय म जानकारी गराउन चाहन्छु ।’

सदनमा एमाले सांसदहरूले संसदीय मर्यादा कायम गर भन्ने नारा लगाएका थिए । 

सभामुखको जवाफ – संसदको मर्यादा ख्याल गर्नुहोला

सभामुख सापकोटाले नेकपा एमालेका १४ सांसदमाथिको कारबाहीको विवाद सर्वोच्च अदालतमा रहेको भन्दै त्यसमाथि संसदमा छलफल हुन नसक्ने बताए । १४ सांसदको कारबाही सम्बन्धमा नेकपा एमालेले सदनमा प्रश्न गरेपछि सापकोटाले यस विषयको जवाफ दिने बताए । 

‘तपाईंहरूले जवाफ माग्नुभएको छ, म जवाफ दिन जाँदैछु । माननीय सदस्यहरू यसै बैठकमा उठाएको विषयमा मैले प्रचलित कानूनको प्रावधानको आधारमा निर्णय लिएको हो, हाल यो विषय सम्मानित अदालतमा विचाराधीन रहेको छ । संविधानको धारा १०५ ले अदालतमा विचाराधीन विषयमा संघीय संसदको कुनै पनि बैठकमा छलफल नहुने व्यहोरा जानकारी गराउँछु,’ सापकोटाले भने । 

सापकोटाले सभामुखको आचरणको विषयमा नबोल्न समेत एमाले सांसदहरूको ध्यानाकर्षण गराए । उनले प्रतिनिधिसभा कार्यसञ्चालन नियमावलीको नियम २१ को खण्ड ख, ग र घ का प्रावधानतर्फ ध्यानाकर्षण गराउँदै यस विषयमा नबोल्न ध्यानाकर्षण गराए ।

उनले भने, ‘देशमा संविधान ऐन कानून छ, संसदको गरिमाभन्दा बाहिर नजानुहोला ।’ 

एमाले सांसदहरू नरोकिएपछि सभामुख सापकोटाले प्रतिनिधि सभाको बैठक १५ मिनेटको लागि स्थगित गरे । 

दोस्रो बैठकमा पनि एमालेको नाराबाजी, सभामुखले भने – मैले संविधान र कानूनको बर्खिलाप गरेको छैन

नेकपा एमालेले बुधवार प्रतिनिधि सभाको दोस्रो बैठक पनि अवरुद्ध गर्‍यो । एमाले सांसदको एमालेको नाराबाजीका बाबजुद सभामुख अग्निप्रसाद सापकोटाले संसदको कार्यसूचीमा प्रवेश गरेर सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सांसदको नाम पढेर सुनाए । 

सांसदको नाराबाजी नरोकिएपछि सभामुख सापकोटाले आफू नियम कानूनअनुसार नै अगाडि बढ्न प्रतिबद्ध रहेको भन्दै सदन चलाउन सहयोग गर्न एमालेसँग आग्रह गरे । 

‘संविधान, नियम र कानून अनुसार अगाडि बढ्न म प्रतिबद्ध छु, त्यसकारण यो सदन चलाउन सहयोग गर्नुस्,’ सापकोटाले भने, ‘मैले संविधान कानून र नियमावलीको बर्खिलाप गरेको छैन ।’ 

नाराबाजी नरोकिएपछि सापकोटाले फेरि भने, ‘तपाईंहरूको मागबारे ध्यानाकर्षण भयो, अब संसद चलाउन सहयोग गर्नुस् ।’

सांसदले नाराबाजी गरिरहँदा एमाले अध्यक्ष केपी शर्मा ओली भने कुर्सीमै बसेर नियालिरहेका थिए । प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललगायत नेता पनि उपस्थित थिए । 

नाराबाजीका बाबजुद राजनीतिक दल सम्बन्धी अध्यादेश टेबल

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विरोधका बाबजुद सरकारले संसदमा राजनीतिक दल सम्बन्धी अध्यादेश पेश गर्‍यो । बुधवार बसेको प्रतिनिधिसभा बैठकको तेस्रो बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले राजनीतिक दल सम्बन्धी अध्यादेश टेबल गरे । यही अध्यादेशका कारण नेकपा एमाले र जसपा विभाजन भएको थियो । 

नेकपा एमालेका सांसदको विरोध छलेर गृहमन्त्री खाँण संसदको रोस्टममा पुगेका थिए । एमाले सांसदहरू रोस्टमतर्फ अगाडि बढ्न खोजेकोमा मर्यादापालले रोकेका थिए । 

राजनीतिक दल सम्बन्धी अध्यादेश टेबल गरेसँगै प्रतिनिधि सभाको बैठक शुक्रवारसम्मका लागि स्थगित भएको छ । 

भदौ २५ गते पनि विरोध कायमै

सदनमा सशक्त प्रतिपक्षको भूमिका खेल्ने बताउँदै आएको एमालेले भदौ २५ गते शुक्रवारको बैठकमा पनि विरोध कायमै राख्ने जनाएको छ । संसदको बैठकअघि बसेको एमाले संसदीय दलको बैठकमा अध्यक्ष केपी ओलीले सभामुखको भूमिमा निष्पक्ष नभएकाले यथास्थितिमा उनलाई स्वीकार गर्न नसकिने बताएका थिए । 

यता सरकार भने प्रतिपक्षी दलको विरोधका बाबजुद सदन चलाउने मनस्थितिमा देखिएको छ । बुधवार प्रतिपक्षको नाराबाजीका बाबजुद राजनीतिक दल सम्बन्धी अध्यादेश टेबल गरेर सरकारले सदन चलाउने संकेत देखाएको छ ।

सामान्यतया प्रतिपक्षी दलले २ वटा बैठक अवरुद्ध गरेपछि तेस्रो बैठक नराख्ने संसदीय परम्परा रहे पनि बुधवार प्रतिनिधि सभाका ३ वटा बैठक बसेका छन् । सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै प्रमुख प्रतिपक्षले नाराबाजी गरेपछि पुनःस्थापित प्रतिनिधि सभाले सहज ढंगले काम गर्नेमा शंका उत्पन्न भएको छ । 

‘प्रमुख प्रतिपक्षी दलको विरोधका बाबजुद सरकाररले जबरजस्ती अध्यादेश पेश गरेर मुठभेड निम्ताएको छ, शुक्रवारको बैठकमा पेल्न खोजियो भने हामी अझै सशक्त विरोधमा उत्रिन्छौं,’ नेकपा एमालेका एक नेताले लोकान्तरसँग भने । 

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

संविधान संशोधनको सहमति र अन्तर्यमा लुकेको ‘दुई दलीय’ व्यवस्था !

संविधान संशोधनको सहमति र अन्तर्यमा लुकेको ‘दुई दलीय’ व्यवस्था !

असार १९, २०८१

नेपाली कांग्रेस र नेकपा (एमाले)बीच नयाँ सत्ता समीकरण बन्ने भएसँगै ‘संविधान संशोधन’ गर्ने विषय मुख्यरूपमा अघि सारिएको छ । यसले परिवर्तनका उपलब्धिलाई प्रतिबन्धित गर्छ कि गर्दैन भन्ने गम्भीर प्रश्न पनि उ...

अतिवादबाट कसरी बच्ने ?

अतिवादबाट कसरी बच्ने ?

असार १५, २०८१

जीवन आशावाद र निराशावादको बादलमा गुजुल्टिँदै आएको छ । आशा गर्नुपर्छ भन्ने पनि छन्, गर्नुहुँदैन भन्ने पनि छन् । खासगरी आध्यात्मवादी दार्शनिकहरू आशा गर्नुहुँदैन भन्छन् । भौतिकवादी दार्शनिकहरू आशावादी हुनुपर्छ भन्ने ग...

शासन प्रणालीलाई व्यवस्थित बनाउने ४ सूत्र

शासन प्रणालीलाई व्यवस्थित बनाउने ४ सूत्र

असार १४, २०८१

नागरिक र राज्यको असल सम्बन्ध नै सुशासनको विम्ब हो । शान्ति सुरक्षा, व्यावसायिक वातावरण र जनजीविकाका सवालमा राज्यले प्रतिफलमुखी काम गर्नुपर्ने हुन्छ । नागरिकको सन्तुष्टिबाट लोकतन्त्रको लाभांश प्राप्त भएको अनुभूति हुन...

x