साउन ३०, २०७९
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सिट बाँडफाँटबारे छलफल गर्न सत्तारुढ गठबन्धनको कार्यदलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ । करीब ३ घण्टादेखि जारी बैठकमा गठबन्धनमा रहेका दलहरूले आफ्ना पार्टीक...
सरकारले भूमि आयोग गठन गरेर केशव निरौलालाई अध्यक्षमा नियुक्त गरेको छ ।
अघिल्लो सरकारले गठन गरेको भूमि आयोग प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले विघटन गरेको थियो ।
आयोग विघटन गरेको १ महिनामै देउवा सरकारले अर्को आयोग गठन गरेको हो ।
मंगलवार बसेको मन्त्रिपरिषद् बैठकले आयोग गठन गरेर निरौलालाई अध्यक्षमा नियुक्त गरेको छ ।
निरौलाले बुधवार पद तथा गोपनियतको शपथ लिएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले बुधवार नवनियुक्त अध्यक्ष निरौलालाई शपथ गराएका छन् ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको शपथ ग्रहणपछि निरौलाले सुकुम्वासीका समस्या समाधान गर्न प्रयास गर्ने बताए ।
सुकुम्वासी समस्याका नाममा धेरै समयसम्म देशमा जटिलताहरू थपिँदै गएकाले आफ्नो नेतृत्वको टीमले ती समस्यालाई हटाउन प्रयत्न गर्ने उनले बताए ।
निरौलाले भने, ‘भूमि आयोग गठन भएको छ, सुकुम्वासी समस्याका नाममा धेरै समयसम्म यो देशमा जटिलताहरू थपिँदै गएका छन्, यसलाई हटाउने प्रयत्नमा हामी प्रतिबद्ध हुनेछौं ।’
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सिट बाँडफाँटबारे छलफल गर्न सत्तारुढ गठबन्धनको कार्यदलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ । करीब ३ घण्टादेखि जारी बैठकमा गठबन्धनमा रहेका दलहरूले आफ्ना पार्टीक...
नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले आगामी संघ र प्रदेशको निर्वाचनबाट फेरि एमाले सरकारमा आउने दाबी गरेका छन् । एमालेले जनप्रिय कामहरू गरेकाले फेरि सरकारमा आउने उनले दाबी गरे । प्रेस चौतारी नेपाल ...
प्रतिनिधि सभाबाट पारित भइसकेको नागरिक सम्बन्धी विधेयकलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पुनः संसदमै फिर्ता पठाएपछि विरोध भएको छ । जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता तथा कार्यकर्ताहरूले जनकपुरको जनक ...
जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले आगामी चुनावमा सहकार्यका लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग प्रस्ताव गरेका छन् । सोमवार एमाले अध्यक्ष ओलीलाई भेटेर उनले चुनावी सहकार्यको प्रस्ताव ...
गृहमन्त्री बालकृष्ण खाणले विधिको शासन र मानव अधिकारलाई सुदृढ गर्नु साझा दायित्व भएको बताएका छन् । सोमवार कानून, न्याय तथा मानव अधिकार समितिद्वारा प्रकाशित ‘संसदमा कानून, न्याय तथा मानव अधिकार समितिः अभ्...
सरकारले नागरिकता विधेयक अध्ययन गरेर अघि बढाइने बताएको छ । सोमवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको कार्यदलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविध...
शिक्षा सामाजिक रूपान्तरण र आर्थिक समृद्धिको मेरुदण्ड हो । ज्ञान, सीप, संस्कार र स्वभाव निर्माण तथा परिस्कार शिक्षाका कार्य हुन् । नेपालको शिक्षा प्रणाली गुरुकूल हुँदै आधुनिक बहुविश्वविद्यालयको युगमा छ । तर उच्च शिक्ष...
‘हामी फेरि पैतृक पूँजीवादको बाटोमा फर्किरहेका छौं । जहाँ अर्थव्यवस्थाको लगाम केवल सम्पत्तिवालाहरूको हातमा मात्र होइन, बरू विरासतमा प्राप्त सम्पत्तिका मालिकहरूको हातमा हुनेछ । जहाँ तपाईंको जन्म, तपाईंको म...
बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...