×

NMB BANK
NIC ASIA

चितवनका पत्रकारलाई नवलपरासीमा स्वागत

असोज २, २०७८

NTC
Premier Steels

नेपाल पत्रकार महासंघ जिल्ला शाखा चितवनका पत्रकारलाई जिल्ला शाखा नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र (बर्दघाट–सुस्तापश्चिम)मा स्वागत गरिएको छ ।

Muktinath Bank

नवलपरासी पूर्वका शाखा अध्यक्ष वीरेन्द्र पराजुली सहितको टोलीले चितवनका अध्यक्ष नारायणप्रसाद अधिकारीको नेतृत्वमा आएको पत्रकारको टोलीलाई जिल्लामा स्वागत गरेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

स्वागतका क्रममा चितवनका अध्यक्ष अधिकारीले आमसञ्चार प्रशिक्षण प्रतिष्ठान चितवनमा बन्ने भनेर कुरा भइरहेको उल्लेख गर्दै त्यसका लागि नवलपुर शाखालाई सहयोग गर्न आग्रह गरे ।


Advertisment
Nabil box
Kumari

‘आमसञ्चार प्रशिक्षण प्रतिष्ठान चितवनमा बन्ने कुरा भइरहेको छ, यो चितवन तथा नवलपरासीका लागि खुशीको कुरा हो,’ अध्यक्ष अधिकारीले भने, ‘यसका लागि नवलपरासी पूर्वको जिल्ला शाखाको समेत साथ र सहयोग आवश्यक छ, तपाईंहरूको सहयोग भएको खण्डमा चितवनमा प्रतिष्ठान निर्माण हुनसक्छ ।’

Vianet communication

सबै जिल्लाबाट चितवन सहज पर्ने भएकाले बन्ने भनिएको प्रतिष्ठान निर्माणका लागि अधिकारीले सहयोग गर्न आग्रह गरे ।

सो अवसरमा जिल्ला शाखा नवलपरासी पूर्वका अध्यक्ष पराजुलीले आमसञ्चार प्रशिक्षण प्रतिष्ठान चितवनमा बनाउनका लागि आफ्नो जिल्लाबाट गर्नुपर्ने सम्पूर्ण सहयोग गर्ने बताए । ‘चितवन र नवलपरासी छिमेकी जिल्ला हुन्, चितवनमा प्रतिष्ठान निर्माण हुँदा नवलपरासीका धार्मिक, पर्यटकीय क्षेत्रको समेत प्रचारप्रसार तथा विकासमा टेवा पुग्छ,’ पराजुलीले भने, ‘चितवनमा प्रतिष्ठान निर्माणका लागि हाम्रो सहयोग जहाँ आवश्यक पर्छ त्यहाँ पुगेर सहयोग गर्न तयार छौं ।’

दुवै छिमेकी शाखाले एकअर्कालाई आवश्यक सहयोग गरेर अगाडि बढ्नुपर्ने पराजुलीले बताए ।

यसैबीच, शुक्रवार नै चितवनका पत्रकारलाई पत्रकार महासंघ नवलपरासी (बर्दघाट–सुस्तापश्चिम)मा समेत स्वागत गरिएको छ । शाखा अध्यक्ष हरि शर्मा सहितको टोलीले चितवनका पत्रकारलाई स्वागत गरेको हो ।

स्वागत गर्दै अध्यक्ष शर्माले चितवनलाई आवश्यक पर्ने सम्पूर्ण सहयोग गर्न तयार रहेको प्रतिबद्धता जनाए ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x