चाडपर्वमा सन्तुलित खानपानमा ध्यान दिऔं

चाडपर्वमा सन्तुलित खानपानमा ध्यान दिऔं
तस्वीर सौजन्य : गोरखापत्र अनलाइन

चाडपर्व भन्नेबित्तिकै खानपान अरू दिनभन्दा फरक हुने गर्छ ।


Advertisement

नजिकिएको दशैँ, तिहारलगायतका चाडपर्व त खानपानको चाडका रूपमा लिने गरिन्छ । यद्यपि दशैँ मनाउँदा असन्तुलित खानपानले स्वास्थ्यमा नोक्सानी पुग्ने भन्दै चिकित्सक तथा पोषणविद्हरूले सन्तुलित खानपान गर्न सुझाव दिएका छन् ।


Advertisement

चाडपर्वका नाममा अत्यधिक मदिरा, मासु, मसलेदार परिकार खाने तथा स्वास्थ्यको ख्याल नगर्दा अस्पतालसम्म पुग्नु परेका धेरै घटना रहेको वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालाले बताए ।
दशैँमा बढी मात्रामा चिल्लो, पिरो, बोसोयुक्त खानेकुरा खाँदा बिरामी नभएका मानिससमेत बिरामी पर्ने र बिरामी भएकालाई झनै खतरा हुने जानकारी उनले दिए ।

अस्वाभाविक खानपानले मानिसको मिर्गौला, मुटु, कलेजोजस्ता अङ्गमा असर गर्नुका साथै रक्तचाप बढ्ने, शरीरमा कोलस्ट्रोलको मात्रा वृद्धि हुनेजस्ता समस्या देखा पर्ने गरेको उनले बताए । डा. कोइरालाले भने, “खसी, बोका, राँगा र बङ्गुुरको मासु रातो हुनाले मानिसको स्वास्थ्यमा असर गर्ने गर्छ । त्यसैले सकभर त्यस्तो मासुमा बजारको मसला हालेर खानु हुँदैन ।” गोरखापत्र दैनिकमा यलु जोशीले खबर लेखेकी छन् ।


Advertisement

छापाबाट
छापाबाट

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्