×

NMB BANK
NIC ASIA

'जलवायु परिवर्तन मुख्य चुनौती'

असोज २७, २०७८

NTC
Premier Steels

परराष्ट्रमन्त्री डा. नारायण खड्काले वर्तमान समयमा विश्व जगत्ले विगत ६० वर्ष पहिलेको भन्दा धेरै गहन र जटिल चुनौतीको सामना गरिरहेको बताएका छन् ।

Muktinath Bank

उनले यी चुनौतीको समाधान गर्न असंलग्न आन्दोलनमा संलग्न मुलुकको ऐक्यबद्धता आजको अपरिहार्य आवश्यकता रहेको प्रस्ट पारेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

असंलग्न आन्दोलन (नाम)को ६०औँ वार्षिकोत्सवको अवसरमा आयोजित उच्चस्तरीय बैठकलाई सर्बियाको राजधानी बेलग्रेडमा सम्बोधन गर्नुहुँदै मन्त्री खड्काले चुनौतीबाट माथि उठ्न नामको बलियो पहलको आवश्यकता रहेको औँल्याएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।


Advertisment
Nabil box
Kumari

उनले भने, “यस अवधिमा नामले विश्वभरिका देशका लागि स्वतन्त्रता, लोकतन्त्र र न्याय स्थापित गर्न सफलता हासिल ग¥यो, तैपनि आज हामी बढ्दो जातीय र अन्तर राज्य सङ्घर्ष, हिंसात्मक उग्रवाद, आतङ्कवाद, जलवायु परिवर्तन, आर्थिक मन्दी, वित्तीय कमजोरी, गरिब र धनीबीच असमानता, ठूलो अनुपातमा खाद्य र इन्धनको सङ्कट बढ्दै गएको देख्दैछौँ ।” असंलग्न आन्दोलनले शान्तिपूर्ण, समृद्ध र न्यायपूर्ण समाजको नेतृत्व गर्नुपर्ने औँल्याउँदै मन्त्री खड्काले यसले संयुक्त राष्ट्रसङ्घ, अन्तर्राष्ट्रिय वित्तीय संस्थालगायत बहुपक्षीय संस्थाहरूको सुधार र पुनर्गठनका लागि पनि काम गर्नुपर्नेमा जोड दिए ।
मन्त्री खड्काले आफ्नो सम्बोधनका क्रममा विश्वमा बढ्दै गएको

Vianet communication

भू–राजनीतिक तनाव, परमाणु हतियारको आधुनिकीकरण र त्यसका लागि दौड र महाशक्ति राष्ट्रबीच त्यसका लागि प्रतिस्पर्धा नयाँ लहरले थप सङ्कट बढाएको प्रस्ट पारे। यस्तो अवस्थामा नामले आफ्नो सही स्थानको दाबी गर्दै गरिब, कमजोर र सङ्कटग्रस्त मुलुकका लागि आफ्नो आवाज बुलन्द पार्नुका साथै त्यहीअनुसार आफ्ना कार्यलाई गतिशिलता दिनुपर्नेमा मन्त्री खड्काले जोड दिए ।

उनले वर्तमान समयमा जलवायु परिवर्तन र कोभिड–१९ महामारी सबैभन्दा ठूलो चुनौतीका रूपमा अहिले उभिएको दर्शाए । यसले मानव समुदायको सुरक्षाको महत्वपूर्ण क्षेत्रमा देखिएको विश्वव्यापी शासनको अन्तर कमजोरीहरूलाई उजागर गरेको उनको भनाइ छ । उनले खोपमा पहुँचको असमानताको अवस्था सिर्जना गर्न धेरै हदसम्म योगदान गरेको सुनाए । गोरखापत्र दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x