×

NMB BANK
NIC ASIA

१० बुँदे भनेर ओलीसँग गएका नेताको हरिबिजोग भयो : माधव नेपाल

कात्तिक ६, २०७८

NTC
फाइल तस्वीर।
Premier Steels

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले १० बुँदे सहमति कार्यान्वयन गर्ने भन्दै एमालेमै रहेका नेताहरूको हरिबिजोग भएको टिप्पणी गरेका छन् । 

Muktinath Bank

एकीकृत समाजवादीको सिन्धुपाल्चोक काठमाडौं सम्पर्क मञ्चले काठमाडौंको चावहिलमा आयोजना गरेको दशैँ तिहार शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले एमालेमै रहेका नेताको ओलीकै कारण हरिविजोग भएको बताएका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एमाले अध्यक्ष केपी शर्मा ओलीको आदेश पालना गर्‍यो भने मात्रै स्याबासी पाउने नभए हरिविजोग हुने अवस्था रहेको नेपालले बताए । 


Advertisment
Nabil box
Kumari

‘ओलीको आदेश पालना गर्‍यो भने मात्रै उसले स्याबासी पाउँछ, ऊ त्यहाँ बस्न पाउँछ । आदेशको पालना गरेन भने ट्याँउ ट्याँउ गरेको भनेर सुन्नुपर्छ । सुन्नुभएको छैन १० बुँदेको ट्याउँ ट्याउँ ?,’ नेपालले भने । 

Vianet communication

ओलीको कुनै छलफल नगर्ने, कसैको सम्मान नगर्ने कारणले नै आफूहरूले एमालेबाट विद्रोह गर्नुपरेको उनले बताए । 

ओलीको आदेश पालक मात्रै एमालेमा रहन सक्ने उनले बताए । ‘एमालेमा ओलीको आदेश पालना गर्ने मात्रै टिक्न सक्छन् । उनीहरूले मात्रै स्याबासी र पद पाउँछन् । ओलीको आदेश नमान्दा कति ट्याउँ–ट्याउँ गरेको भनिन्छ,’ नेपालले भने । 

नेपालले एमालेको संस्थापक आफैं भएको बताउँदै त्यतिबेला केपी ओली कहीँ नदेखिएको पनि दाबी गरे । 

‘२०३१ सालमा कोअर्डिनेसन केन्द्रको दस्तावेज जारी गर्ने बेलामा केपी ओलीहरू कहाँ थिए ? ०३२ सालको जेठ महिनामा कोअर्डिनेसन केन्द्रको केन्द्रीय कमिटी र पोलिटब्युरो घोषणा गर्दा कहाँ थिए ? त्यसबेला मुकुन्द न्यौपाने र झलनाथ खनाल हामीसँगै हुनुहुन्थ्यो । म यहीँ छु,’ नेपालले भने । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x