×

बागमती प्रदेशमा राजेन्द्र पाण्डेलाई मुख्यमन्त्री बन्ने बाटो खुल्यो

कात्तिक १०, २०७८

मुख्यमन्त्रीबाट अष्टलक्ष्मी शाक्यले राजीनामा दिएपछि बागमती प्रदेशमा राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्ने बाटो खुलेको छ । 

बागमती प्रदेश सभाको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाक्यले ‘मार्ग प्रशस्त’ गर्ने बताएकी थिइन् ।


Advertisment

उनले संविधानको धारा १६९ को उपधारा १ (क) मा भएको व्यवस्थाअनुसार आफूले ‘मार्ग प्रशस्त’ गर्ने उनले प्रदेश सभा बैठकलाई जानकारी दिइन् ।


Advertisment

भदौ २ मा मुख्यमन्त्री बनेकी शाक्यको बागमती प्रदेश सरकारको नेतृत्वमा ७१ दिनको कार्यकाल रह्यो ।

शाक्य पहिलो महिला मुख्यमन्त्री बन्ने बाहेक बागमती प्रदेशमा उनको नेतृत्वमा उल्लेखनीय काम हुन पाएन ।

बागमती प्रदेशलाई महिलामैत्री प्रदेश बनाउने भनेर शाक्यले मंगलवार बागमती प्रदेशका सबै मन्त्रालयमा वडापत्र राख्न लगाएकी थिइन् ।

एमालेमा अन्तरसंघर्ष चलिरहेको बेला माधव नेपाल पक्षमा रहेकी शाक्य एमाले विभाजनको संघारमा एमालेको संस्थापन पक्षसँग सम्झौता गरेर बागमती प्रदेशको मुख्यमन्त्री बनेकी थिइन् । 

भदौ २ बाट प्रक्रिया शुरू गरेर भदौ ९ मा माधव नेपाल पक्षले नयाँ दल दर्ताको प्रमाणपत्र लिएपछि शाक्य अल्पमतमा पुगिन् । अन्ततः उनले प्रदेश सभामार्फत मार्ग प्रशस्त गर्ने घोषणा गरिन् । 

बागमती प्रदेशमा अब नेकपा एकीकृत समाजवादी पार्टीका संसदीय दलका नेता राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्नेछन् । 

कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको गठबन्धनले पाण्डेलाई मुख्यमन्त्रीमा प्रस्ताव गरेको छ । 

बागमती प्रदेशमा पाण्डेको पक्षमा गठबन्धनको ५९ मत छ । मुख्यमन्त्री बन्नको लागि ५५ मत भए पुग्छ ।

पाण्डे मुख्यमन्त्री बनेसँगै एकीकृत समाजवादीले प्रदेश सरकारको नेतृत्व गरेको यो पहिलो अवसर हुनेछ । 

बागमती प्रदेश प्रमुख पनि एकीकृत समाजवादीकै यादवचन्द्र शर्मा नियुक्त भएका छन् ।

अष्टलक्ष्मी शाक्यले प्रदेश प्रमुख समक्ष राजीनामा बुझाएपछि प्रदेश प्रमुखले नयाँ सरकार गठनको लागि आह्वान गर्नेछन् । 

त्यसपछि गठबन्धनको समर्थनसहित पाण्डेले मुख्यमन्त्रीमा दाबी गरेपछि उनी प्रदेश प्रमुखबाट मुख्यमन्त्रीमा नियुक्त हुनेछन् । 

शुरूमा पाण्डे मुख्यमन्त्री बन्ने र कांग्रेससँग आधाआधा कार्यकाल सरकारको नेतृत्व बाँड्ने सहमति यसअघि नै भइसकेको छ ।  

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

असार १२, २०८१

समाजवादको आधारभूत स्तम्भका रूपमा रहेको सहकारी अभियान यतिखेर संकटमा छ । जो कोहीले ‘सहकारी’ शब्द नै उच्चारण गर्न नसक्ने अवस्था बनेको छ । सहज वातावरण हुँदा सर्वसाधारण सहकारीबाट अ‍ैँचोपैँचो, सर...

समाज सुधारका १२ सूत्र

समाज सुधारका १२ सूत्र

असार ११, २०८१

समाजमा बसेपछि सबैसँग सद्भाव, मित्रता, सहनशीलता, क्षमायाचना, त्याग, शालीनता, भद्रता आदि कुराको आवश्यकता पर्दछ । हरेक मानिस र उसको पारिवारिक अवस्था फरक–फरक हुन्छ। सानातिना कुरामा विवाद गर्ने, निहुँ खोज्ने...

किन बनेन हाम्रो देश ?

किन बनेन हाम्रो देश ?

असार १०, २०८१

'नेपाल अर्थात् यो हाम्रो देश बनेन, अहँ अब बन्दैन' भन्नेहरू देशभित्र मात्र होइन, विदेशमा पनि पाइला–पाइलामा भेटिन्छन् । यसो भन्नेहरूमा देश र यहाँका जनताप्रति चिन्ता र चासो स्वाभाविक रूपमा भेटिन्छ । ...

x