×

NMB BANK
NIC ASIA

एउटा सारंगीको आठ हजार लिने सुकबहादुर भन्छन्ः पाए विदेश जान्थें

कात्तिक २०, २०७४

NTC
Premier Steels

काठमाडौं, ८ असार–  वर्षात् शुरु भए पनि पोखरामा खलखल पसिना आउने गर्मी छ । साँझपख पोखराको स्थानीय मानिसले 'लेकसाइड' भनेर चिनिने फेवाताल छेउ विदेशी पर्यटक यताउता गरेर सुन्दर प्रकृतिमा विचरण गरिरहेका हुन्छन् । विदेशी पर्यटकझैं कैयन् नेपाली पनि साँझपख विश्राम गर्न र ‘रिफ्रेश’ हुन लेकसाइडमा झुम्मिन पुग्छन् ।

साँझपख मिठो शीतलता लिन फेवाताल वरपर आउनेहरूलाई लमजुङका सुकबहादुर गन्दर्व झोलाभरी सारंगी, मादल  र रुद्राक्षको माला बोकेर ग्राहक पर्खिरहेका हुन्छन् ।

दिनभरि सारंगी किन्ने विदेशी तथा स्वदेशी ग्राहक खोज्दै फेवाताल छेउ यताउता गरिरहेका सुकबहादुरले सारंगी बेचेरै आफ्नो सात जनाको परिवार पाल्दै आएको बताए ।

‘आज हजार रुपैयाँ छ, साटेपछि भोलि पैसा नै हुँदैन,’ फेवातालको किनारमा भेटिएका सुकबहादुरले भने । आफूले आजसम्म सारंगी बेचेर जीवन चलाएपनि सम्पत्ति भने जोड्न नसकेको उनले दुखेसो पोखे ।

सुकबहादुरजस्तै दर्जनौं गन्दर्व लेकसाइड वरपर खासगरि विदेशी ग्राहक खोज्दै गरेका भेटिन्छन् । राजमार्गहरूमा बसभित्र चढेर सारंगी रेट्दै 'गाइने दाइको सारंगीले जीवनको कथा भन्छ' भन्दै गीत गाउने गाइने दाइहरू अचेल विरलै भेटिन्छन् ।

कुनै दिन कमाइ नै नभएपनि कुनै दिन भने एउटै सारंगी पनि राम्रो मूल्यमा बेचेर मुनाफा कमाउने सुकबहादुर सुनाउँछन् ।

आफ्नो बाँकी परिवार लमजुङमा बस्दै आएपनि उनी भने पोखरामा डेरा गरी बस्छन् । बिहानदेखि साँझसम्म आफूले जानेको फाटफुट अंग्रेजी बोलेर विभिन्न देशका पर्यटकसँग उनी सारंगी किन्न आग्रह गर्छन् ।

‘खासै धेरै भाषा त जान्दिनँ तर कुन देशको भाषा बोलेको छ भन्ने उनीहरूले बोलेकै आधारमा थाहा पाइन्छ,’ सारंगी समाएको हात हल्लाउँदै उनले सुनाए, ‘मैले त जानेको र गर्न सक्ने काम भन्नु नै यही सारंगी बेच्नु हो ।’

उनका दुई छोराहरूको भने बाबुको पेशा थाम्ने उद्देश्य छैन । बिहे गरेर पनि सगोलमा परिवारसँग बस्दै आएका उनका जेठा छोरा सुजनमा गज्जबका सारंगी बनाउने कला भएपनि बेच्दै हिँड्न भने अप्ठेरो मान्ने सुकबहादुर बताउँछन् । ‘कहिलेकाहीं मनलाग्दा सारंगी बनाइदिन्छ । काम गरेपछि राम्रोसँग काम गरिदिए हुन्थ्यो भन्ने बाबु हुनेलाई लाग्दो रैछ,’ उनी भन्छन् ।

पत्नी, दुई छोरा, बुहारी, नाति लगायत सातजनाको परिवारको खर्च उनी एक्लैले धानेका छन् । त्यो पनि सारंगी बेचेर । आफ्ना छोराहरू यो पेशामा आउन नखोजेकोमा बाबुलाई कुनै गुनासो छैन । ‘यो क्षेत्रबाहेक अरु क्षेत्र खोजिरहेका छन्, त्यसैले छोराहरू बेरोजगार छन् ।’, उनले थपे, ‘आफैंले काम गरेर खाने बनाएको छु । १२ सम्म पढाएकै पनि हुँ ।’

सबै सारंगीको एउटै मूल्य हुने कुरा भएन तर उस्तै गुणस्तरका सारंगीलाई कम्तीमा ८ सय रुपैयाँदेखि बढीमा ८ हजार रुपैयाँसम्म बेचेको सुकबहादुर सुनाउँछन् । ‘सारंगी हेरिकन मूल्य हुन्छ, किन्ने मन भएकाले पनि बार्गेनिङ गर्छन्, अन्तराष्ट्रिय मान्यता नै रैछ,’ झोलाभरि बोकेका सारंगी देखाउँदै उनले भने, ‘कुनै दिन राम्रै कमाइ पनि हुन्छ, कुनै दिन एक पैसो हात लाग्दैन ।’

लेकसाइड वरिपरि घुमिरहने यी गन्दर्वजस्तै अन्य गन्दर्वले पनि आफ्नो भविष्य सधैं यही क्षेत्रमा देखेका छैनन् । लामो समयदेखि यही कर्म गरेर आफूले परिवारको भोक मेट्दै आएका सुकबहादुरलाई कुनै पर्यटकले आफ्नो देश पैसा कमाउन लैजान सिफारिस गर्छन् कि भन्ने आशा पनि छ । ‘नेपालमा त कमाइ गर्ने भन्ने त्यस्तै हो, के थाहा फ्याट्ट विदेश जाने मेसो मिल्छ कि !’ उनले थपे, ‘हाम्रै साथीहरु सारंगी बेच्दाबेच्दै कति त विदेश गएर काम गरेका छन्, भोलि कसले देखेको छ र ?’

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
चैत १५, २०८०

२०५८ साल वसन्त ऋतुको समय । घमाइलो त्यो समयमा एउटा फूल काँडाको बाटो डोरिँदै थियो । बहकाउ र त्रासमा १३ वर्षको बालक सत्तालाई बन्दुक नाल तेर्स्याउन कस्सिएको थियो । लहडमा हिँडेको बाटोमा न ऊ फुल्न पायो, न ओइलियो ।...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x