×

आगामी वर्षको विधानसभा निर्वाचनका लागि भाजपाले बनायो यस्तो रणनीति

कात्तिक २२, २०७८

भारतमा हालै भएका उपचुनावहरूमा राम्रो परिणाम आएपछि भारतीय जनता पार्टीले सन् २०२२ मा पाँचवटा राज्यमा हुन लागेको विधानसभा निर्वाचनका लागि रणनीति बनाएको छ । 

उत्तर प्रदेश, उत्तराखण्ड, मणिपुर, गोवा र पञ्जाबमा विधानसभा निर्वाचन हुन लागेको छ । 


Advertisment

भाजपाका शीर्ष नेताहरू यस विषयमा मन्थन गरिरहेका छन् । आइतवार दिल्लीमा भएको पार्टीको राष्ट्रिय कार्यकारिणी बैठकमा पनि यस विषयमा मन्थन भयो । भाजपालाई महंगी, बेरोजगारी र कोरोनाले भाजपाको विजयरथ रोक्न सक्छ । 


Advertisment

कोरोनाको समयमा देखिएका समस्याबाट राहत दिएमा जनताले भाजपालाई पत्याउने नेताहरूको निष्कर्ष छ । 

एक अन्य राष्ट्रिय नेताले भारतीय सञ्चारमाध्यमलाई बताएअनुसार, भाजपाले विधानसभा निर्वाचनमा दुईवटा कुरामा जोड दिनेछ । पहिलो, केन्द्र सरकारको कामकाजको लेखाजोखा र मोदीको अनुहार । दोस्रो, भाजपाले शासन चलाएको राज्य सरकारको उपलब्धिको चर्चा । 

आफ्नो क्षेत्रमा मन्त्रीहरूले ६ महिनासम्म फोकस गर्नेछन् । सबै सांसद र विधायकलाई आआफ्नो क्षेत्रमा बढी समय दिनुपर्नेछ । सरकारले गरेको कामको फेहरिस्त जनतासमक्ष राख्ने जिम्मेवारी उनीहरूलाई दिइएको छ । 

भाजपाले युवा र महिलामा बढी फोकस गर्न खोजेको छ । युवा भोटरहरू पहिलेदेखि नै भाजपाका शक्ति हुन् । महिला सम्मान र महिला सहभागितालाई पनि भाजपाले जोड दिनेछ । 

विपक्षीहरूलाई घेर्नका लागि पनि पार्टीले ठूलै तयारी गरेको छ । विपक्षी नेताहरूको विवादास्पद बयानलाई पार्टीले चुनावको एजेन्डा बनाउनेछ ।

बूथ लेभलमा पार्टीलाई बलियो बनाउन र आफ्ना मतदातालाई बूथसम्म पुग्नका लागि भाजपाले अभियान चलाउनेछ । पार्टीले तीन करोडभन्दा बढी पन्ना प्रमुख बनाउन थालेको छ । पन्ना भन्नाले मतदाता सूची हो । एक पन्नामा ३० मतदाताको नाम हुन्छ । तिनलाई मतदान केन्द्रसम्म आउनका लागि प्रोत्साहन गर्ने जिम्मेवारी पन्ना प्रमुखको हुनेछ । 

राष्ट्रिय स्वयंसेवक संघको सुझावलाई पनि पार्टीले मनन गर्नेछ । संघले धरातलमा राम्रो पकड बनाएको छ । 

जेठ ८, २०८१

न्युयोर्क– मध्यपूर्व शान्ति प्रक्रियाका लागि संयुक्त राष्ट्रसङ्घीय विशेष संयोजक टोर वेन्नेसल्यान्डले इजरायल र हमासबीच पुनः वार्ता शुरू गर्न आह्वान गरेका छन् । सबै पक्षलाई वार्ताका प्रयास दोब्बर बनाई तुरुन्तै सद्भावक...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

बैशाख २९, २०८१

असामान्यरूपमा पृथ्वीसँग ठोक्किएको बलियो सौर्य आँधीले शनिबार बिहानै उत्तरी गोलार्धको आकाशमा रङको आश्चर्यजनक प्रदर्शन गर्यो । यसबाट बिजुली र सञ्चारमा व्यवधानको तत्काल कुनै रिपोर्ट प्राप्त भएको छैन ।  शुक्रबार ...

संविधान संशोधनको सहमति र अन्तर्यमा लुकेको ‘दुई दलीय’ व्यवस्था !

संविधान संशोधनको सहमति र अन्तर्यमा लुकेको ‘दुई दलीय’ व्यवस्था !

असार १९, २०८१

नेपाली कांग्रेस र नेकपा (एमाले)बीच नयाँ सत्ता समीकरण बन्ने भएसँगै ‘संविधान संशोधन’ गर्ने विषय मुख्यरूपमा अघि सारिएको छ । यसले परिवर्तनका उपलब्धिलाई प्रतिबन्धित गर्छ कि गर्दैन भन्ने गम्भीर प्रश्न पनि उ...

अतिवादबाट कसरी बच्ने ?

अतिवादबाट कसरी बच्ने ?

असार १५, २०८१

जीवन आशावाद र निराशावादको बादलमा गुजुल्टिँदै आएको छ । आशा गर्नुपर्छ भन्ने पनि छन्, गर्नुहुँदैन भन्ने पनि छन् । खासगरी आध्यात्मवादी दार्शनिकहरू आशा गर्नुहुँदैन भन्छन् । भौतिकवादी दार्शनिकहरू आशावादी हुनुपर्छ भन्ने ग...

शासन प्रणालीलाई व्यवस्थित बनाउने ४ सूत्र

शासन प्रणालीलाई व्यवस्थित बनाउने ४ सूत्र

असार १४, २०८१

नागरिक र राज्यको असल सम्बन्ध नै सुशासनको विम्ब हो । शान्ति सुरक्षा, व्यावसायिक वातावरण र जनजीविकाका सवालमा राज्यले प्रतिफलमुखी काम गर्नुपर्ने हुन्छ । नागरिकको सन्तुष्टिबाट लोकतन्त्रको लाभांश प्राप्त भएको अनुभूति हुन...

x