×

NMB BANK
NIC ASIA

सुविधाभोगी सांसद

सुविधामा केन्द्रलाई माथ दिँदै प्रदेश सांसदः राजधानीमै घर हुनेले पनि भाडामा काड्छन् र्‍याल !

‘प्रदेशहरूको पफर्मेन्स कमजोर हुँदा सुविधा र संरचनामै प्रश्न’

कात्तिक २३, २०७८

NTC
Premier Steels

देशको अर्थतन्त्रले धान्न नसक्ने भन्दै प्रदेशको संरचनामाथि नै प्रश्न उठिरहेको समयमा राज्यकोषबाट सुविधा लिन प्रदेशका संरचनाले केन्द्रलाई माथ दिन थालेका छन् ।

Muktinath Bank

प्रदेशका संरचना स्थापना भएको चार वर्षमा उनीहरूले आफ्नो औचित्य पुष्टि गर्न नसकेका प्रदेश सभाले सुविधामा भने प्रतिस्पर्धा गरेको पाइएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

घरभाडा, इन्धनलगायत सुविधा लिनेमा बागमती प्रदेश सभा अन्यको तुलनामा अगाडि देखिएको छ ।


Advertisment
Nabil box
Kumari

बागमती प्रदेश सभाका पदाधिकारीले संघको प्रतिनिधि सभाका पदाधिकारीसरह घरभाडा लिने गरेको पाइएको हो ।

Vianet communication

प्रतिनिधि सभा र राष्ट्रिय सभाका पदाधिकारी (सत्तारुढ दलको नेता, प्रमुख प्रतिपक्षी दलको नेता, प्रमुख सचेतक र संसदीय समितिका सभापति)ले घरभाडा बापत मासिक २५ हजार ६ सय ८ रुपैयाँ पाउने गरेका छन् । 

बागमती प्रदेश सभाका पदाधिकारीहरू विपक्षी दलको नेता, प्रमुख सचेतक र संसदीय समितिका सभापतिहरूले घरभाडा बापत मासिक २५ हजार लिने गरेका छन् । बागमतीबाहेक अन्य प्रदेशका पदाधिकारीले भने सांसदसरह मात्र घरभाडा लिने गरेको पाइएको छ । 

गण्डकी प्रदेश सभाले लोकान्तरलाई उपलब्ध गराएको विवरणमा सांसद र पदाधिकारीले घरभाडा बराबर लिने गरेको पाइएको हो । गण्डकी प्रदेश सभाका सांसदले घरभाडाबापत मासिक १५ हजार रुपैयाँ पाउने गरेका छन् । पोखरामा घर हुने सांसदले घर मर्मतको नाममा मासिक ७ हजार ५ सय रुपैयाँ लिने गरेका छन् । 

बागमती प्रदेश सभाका सांसदले मासिक १५ हजार रुपैयाँ र राजधानी हेटौंडामा घर हुने सांसदहरूले मासिक ७ हजार ५ सय घर मर्मत खर्च लिने गरेका छन् । 

हेटौंडामा घर हुने पूर्वमुख्यमन्त्री डोरमणि पौडेल, कांग्रेस संसदीय दलका नेता इन्द्र बानियाँ तथा केन्द्र सरकारका स्वास्थ्य मन्त्री रहेका विरोध खतिवडाकी पत्नी मुनु सिग्देलले घर मर्मतका नाममा मासिक ७ हजार ५ सय रुपैयाँ सुविधा लिने गरेको प्रदेश सभा सचिवालयले उपलब्ध गराएको विवरणमा उल्लेख छ । 

हेटौंडामै घर भएकी प्रदेश सांसद जुनेलीमाया श्रेष्ठले पनि घर मर्मत खर्च लिएकी छन् । ‘राजधानीमै घर हुने र आर्थिक स्थिति मजबुत रहेका माननीयज्यूहरूले पनि सुविधा छाड्नु भएको छैन,’ सचिवालयका एक अधिकारीले लोकान्तरसँग भने । 

गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले भने घरभाडाबापत मासिक २० हजार रुपैयाँ बुझ्ने गरेका छन् । 

इन्धन सुविधामा पनि बागमती अगाडि 

पदाधिकारीलाई इन्धन सुविधा वितरणमा पनि बागमती प्रदेश सभा अगाडि छ । अन्य प्रदेश सभामा मासिक १ सय लिटरसम्म सुविधा लिने गरेकोमा बागमतीमा सबै पदाधिकारीलाई मासिक १ सय ५० लिटर इन्धन वितरण गर्ने गरेको पाइएको छ । 

गण्डकी प्रदेशमा सभामुख र उपसभामुख बाहेकका पदाधिकारीले मासिक ९० लिटर इन्धन सुविधा लिने गरेकोमा बागमती प्रदेश सभाका पदाधिकारीहरूलाई मासिक १ सय २५ लिटर इन्धन बाँड्ने गरिएको छ । 

गण्डकी प्रदेश सभाबाट सभामुख नेत्रनाथ अधिकारीले मासिक १५० लिटर इन्धन सुविधा लिन्छन् भने उपसभामुख सिर्जना शर्माले मासिक १ सय लिटर इन्धन सुविधा लिएकी छिन् । 

पूर्वमुख्यमन्त्री गुरुङले १ सय लिटर इन्धन सुविधा लिएका छन् । उनले चढ्ने गाडी भने मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले उपलब्ध गराएको छ । 

सांसदहरूलाई सरकारी खर्चमै स्वास्थ्य बीमा

केन्द्रको सिको गर्दै प्रदेशका सांसदहरूले पनि राज्यकोषबाट औषधोपचार खर्च लिने गरेका छन् । बागमती प्रदेशमा बेलिमैया घलेले मन्त्रिपरिषद्बाट निर्णय गराएर ३ लाख ४५ हजार उपचार खर्च लिएकी छन् । 

गण्डकी प्रदेशमा भने सबै सांसदको स्वास्थ्य बीमा गरिएको छ । स्वास्थ्य बीमाका लागि प्रत्येक सांसदलाई १० हजार रुपैयाँ उपलब्ध गराइएको प्रदेश सभा सचिवालयले लोकान्तरलाई उपलव्ध गराएको विवरणमा उल्लेख छ । 

लुम्बिनी प्रदेश सभाका आर्थिक रूपमा सम्पन्न परिवारका सदस्यहरूले सांसदहरूले पनि उपचारका नाममा उपचार खर्च लिने गरेका पाइएको छ ।

पफर्मेन्स कमजोर हुँदा प्रदेशका संरचना र सुविधामा प्रश्न उठ्यो 

झण्डै साढे ३ वर्ष कर्णाली प्रदेश सभा सदस्यको रूपमा काम गरेका नेकपा एमालेका नेता धर्मराज रेग्मी प्रदेशका संरचनाले पफर्मेन्स देखाउन नसक्दा संरचनामै प्रश्न उठ्न थालेको बताउँछन् । ‘प्रदेशहरूले राम्रोसँग काम गरेको भए यतिधेरै प्रश्न उठ्ने थिएन, काम नभएको प्रदेशका पदाधिकारीलाई किन यति धेरै सुविधा चाहियो भनेर प्रश्न गरेको देखिन्छ,’ रेग्मीले लोकान्तरसँग भने । 

प्रदेश सभाहरू शुरूको दुई वर्ष कानून निर्माणमा व्यस्त भएपनि पछिल्लो दुई वर्षमा ती कानून कार्यान्वयनमा असफल भएको रेग्मीको विश्लेषण छ । ‘कर्णाली प्रदेश सभाले दुई वर्षमा झण्डै ४० वटा कानून बनायो तर ती कार्यान्वयनमा नगएर अलपत्र बनेका छन्,’ रेग्मीले भने, ‘प्रदेशका संरचनाहरू केन्द्रको बजेट लिएर बिचौलिया उत्पादन गर्ने कारखाना बनेका छन् ।’

जनताको पक्षमा काम गर्न नसकेपनि सांसदहरूले सुविधाका लागि प्रतिस्पर्धा गरिरहेको आरोपलाई नकार्न नसकिने रेग्मीले बताए । ‘कर्णाली प्रदेश सभामा रहेका कुल संख्याको आधाभन्दा बढीले कुनै न कुनै ढंगले गाडी सुविधा लिएका छन्, कर्णालीका मन्त्रीको चेम्बर सिंहदरबारको भन्दा भड्किला छन् । अनि जनताले प्रश्न गर्दैनन् त ?’ रेग्मी भन्छन् ।

कमजोर राजनीतिक कार्यकर्तालाई गह्रुङ्गो भारी बोकाइदिँदा प्रदेशका संरचनाले काम गर्न नसकेको उनको विश्लेषण छ । 

पढ्नुहोस्, यो पनि:

घरभाडा लिन नमिलेपछि मर्मतका नाममा रकम बुझ्छन् प्रदेश सभाका सांसद

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १५, २०८०

अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...

चैत १, २०८०

सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...

माघ १८, २०८०

चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...

मंसिर १०, २०८०

सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...

माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

मंसिर २६, २०८०

दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x