×

नर्भिकमा दुई विशेषज्ञ चिकित्सकले एकैदिन निःशुल्क ओपीडी सेवा दिने

पुस २, २०७८

थपाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा शनिवार दुई फरक विषयसँग सम्बन्धित विशेषज्ञ चिकित्सकहरूले निःशुल्क ओपीडी सेवा सञ्चालन गर्ने भएका छन् । 

नर्भिक अस्पतालको युरोलोजी टीमले विशेष ओपीडी निःशुल्क सञ्चालन गर्न लागेको हो । 


Advertisment

शनिवार (भोलि) १० देखि १२ बजेसम्म सञ्चालन हुने निःशुल्क ओपीडीमा युरोसर्जरी विशेषज्ञ डा. सञ्जीवभक्त विष्ट र डा. सुनिल श्रेष्ठले निःशुल्क सेवा दिनेछन् । उनीहरू नेतृत्वको युरोलोजी टीम नै निःशुल्क ओपीडीमा उपलब्ध हुने अस्पतालले जनाएको छ । 


Advertisment

मृगौला, मुत्र प्रणाली, पिसाब थैली, प्रोस्टेट तथा पत्थरीसम्बन्धी समस्या भएकाहरूले युरोलोजी टीमको निःशुल्क ओपीडीबाट लाभ लिन सक्नेछन् । निःशुल्क ओपीडीमा सहभागी हुने कुनै बिरामीको सर्जरीको आवश्यकता देखिएमा सहुलियत दर समेत उपलब्ध गराइने बताइएको छ । 

यस्तै नर्भिक अस्पतालमा कार्यरत ग्यास्ट्रोइन्टेरोलोजिस्ट तथा नर्भिकको डाइजेस्टिभ डिजिज सेन्टरका प्रमुख डा. सन्दीपराज कुँवरले समेत शनिवार नै निःशुल्क ओपीडी सञ्चालन गर्नेछन् । पेट तथा आन्द्रा वा पाचन प्रणालीसँग सम्बन्धित समस्या भएका बिरामीले डा. कुँवरको निःशुल्क ओपीडीबाट लाभ लिन सक्नेछन् । 

डा. कुँवरले पनि बिहान १० बजेदेखि १२ बजेसम्म निःशुल्क ओपीडी सेवा दिनेछन् । 

नर्भिक अस्पतालले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत विगत केही महिनादेखि प्रत्येक शनिवार निःशुल्क ओपीडी सेवालाई सञ्चालन गर्दै आएको छ । निःशुल्क ओपीडी सेवामा सर्वसाधारणको आकर्षण रहेको छ ।  

निःशुल्क ओपीडी सेवा लिन चाहनेले नर्भिक अस्पतालको कल सेन्टरको नम्बर ५९७००३२ मा सम्पर्क गरेर आफ्नो नाम अग्रिम टिपाउन सक्ने सुविधा समेत उपलब्ध रहेको अस्पतालले जनाएको छ ।  

बैशाख १८, २०८१

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ ।  जसअनुसार गोलभेँडा ठुलो नेपालीको अधिकतम थोक मूल्य ५० र गोलभेँडा ठुलो भारतीयको ७० रुपैयाँ कायम...

जेठ १८, २०८१

विद्युतीय गाडीहरूको द्रुत परिवर्तन हुने परिदृश्यमा, टाटा टियागो.ev उत्कृष्ट मूल्य प्रस्तावको रूपमा अगाडि आउँछ, जसले सुलभता, सुरक्षा र दक्षतालाई जोड दिन्छ। यो कम्प्याक्ट ह्याचब्याक आधुनिक पेशेवरहरूको आवश्यकताहरू पूरा...

जेठ ३, २०८१

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि कृषि उपजहरुको थोक मूल्य निर्धारण गरेको छ ।  समितिका अनुसार गोलभेँडा ठुलो नेपालीको अधिकतम मूल्य प्रतिकिलो ४० र गोलभेँडा सान...

जेठ ५, २०८१

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबारका लागि कृषि उपजहरुको थोक मूल्य निर्धारण गरेको छ ।  जसअनुसार गोलभेँडा ठुलो भारतीयको अधिकतम मूल्य ७०, गोलभेँडा सानो टनेलको ६०, गोलभेँडा सानो त...

बैशाख १९, २०८१

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि कृषि उपजहरुको थोक मूल्य निर्धारण गरेको छ ।  समितिका अनुसार गोलभेँडा ठुलो नेपालीको अधिकतम मूल्य प्रतिकिलो ५० रुपैयाँ तोकेको ...

बैशाख ३०, २०८१

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि कृषि उपजहरुको थोक मूल्य निर्धारण गरेको छ ।  जसअनुसार गोलभेँडा ठुलो भारतीयको अधिकतम मूल्य प्रतिकिलो ८० रुपैयाँ कायम भएको छ भने...

संविधान संशोधनको सहमति र अन्तर्यमा लुकेको ‘दुई दलीय’ व्यवस्था !

संविधान संशोधनको सहमति र अन्तर्यमा लुकेको ‘दुई दलीय’ व्यवस्था !

असार १९, २०८१

नेपाली कांग्रेस र नेकपा (एमाले)बीच नयाँ सत्ता समीकरण बन्ने भएसँगै ‘संविधान संशोधन’ गर्ने विषय मुख्यरूपमा अघि सारिएको छ । यसले परिवर्तनका उपलब्धिलाई प्रतिबन्धित गर्छ कि गर्दैन भन्ने गम्भीर प्रश्न पनि उ...

अतिवादबाट कसरी बच्ने ?

अतिवादबाट कसरी बच्ने ?

असार १५, २०८१

जीवन आशावाद र निराशावादको बादलमा गुजुल्टिँदै आएको छ । आशा गर्नुपर्छ भन्ने पनि छन्, गर्नुहुँदैन भन्ने पनि छन् । खासगरी आध्यात्मवादी दार्शनिकहरू आशा गर्नुहुँदैन भन्छन् । भौतिकवादी दार्शनिकहरू आशावादी हुनुपर्छ भन्ने ग...

शासन प्रणालीलाई व्यवस्थित बनाउने ४ सूत्र

शासन प्रणालीलाई व्यवस्थित बनाउने ४ सूत्र

असार १४, २०८१

नागरिक र राज्यको असल सम्बन्ध नै सुशासनको विम्ब हो । शान्ति सुरक्षा, व्यावसायिक वातावरण र जनजीविकाका सवालमा राज्यले प्रतिफलमुखी काम गर्नुपर्ने हुन्छ । नागरिकको सन्तुष्टिबाट लोकतन्त्रको लाभांश प्राप्त भएको अनुभूति हुन...

x