०८ साउन २०८३, शुक्रबार

नर्भिकमा दुई विशेषज्ञ चिकित्सकले एकैदिन निःशुल्क ओपीडी सेवा दिने

नर्भिकमा दुई विशेषज्ञ चिकित्सकले एकैदिन निःशुल्क ओपीडी सेवा दिने

थपाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा शनिवार दुई फरक विषयसँग सम्बन्धित विशेषज्ञ चिकित्सकहरूले निःशुल्क ओपीडी सेवा सञ्चालन गर्ने भएका छन् । 

नर्भिक अस्पतालको युरोलोजी टीमले विशेष ओपीडी निःशुल्क सञ्चालन गर्न लागेको हो । 

शनिवार (भोलि) १० देखि १२ बजेसम्म सञ्चालन हुने निःशुल्क ओपीडीमा युरोसर्जरी विशेषज्ञ डा. सञ्जीवभक्त विष्ट र डा. सुनिल श्रेष्ठले निःशुल्क सेवा दिनेछन् । उनीहरू नेतृत्वको युरोलोजी टीम नै निःशुल्क ओपीडीमा उपलब्ध हुने अस्पतालले जनाएको छ । 

मृगौला, मुत्र प्रणाली, पिसाब थैली, प्रोस्टेट तथा पत्थरीसम्बन्धी समस्या भएकाहरूले युरोलोजी टीमको निःशुल्क ओपीडीबाट लाभ लिन सक्नेछन् । निःशुल्क ओपीडीमा सहभागी हुने कुनै बिरामीको सर्जरीको आवश्यकता देखिएमा सहुलियत दर समेत उपलब्ध गराइने बताइएको छ । 

यस्तै नर्भिक अस्पतालमा कार्यरत ग्यास्ट्रोइन्टेरोलोजिस्ट तथा नर्भिकको डाइजेस्टिभ डिजिज सेन्टरका प्रमुख डा. सन्दीपराज कुँवरले समेत शनिवार नै निःशुल्क ओपीडी सञ्चालन गर्नेछन् । पेट तथा आन्द्रा वा पाचन प्रणालीसँग सम्बन्धित समस्या भएका बिरामीले डा. कुँवरको निःशुल्क ओपीडीबाट लाभ लिन सक्नेछन् । 

डा. कुँवरले पनि बिहान १० बजेदेखि १२ बजेसम्म निःशुल्क ओपीडी सेवा दिनेछन् । 

नर्भिक अस्पतालले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत विगत केही महिनादेखि प्रत्येक शनिवार निःशुल्क ओपीडी सेवालाई सञ्चालन गर्दै आएको छ । निःशुल्क ओपीडी सेवामा सर्वसाधारणको आकर्षण रहेको छ ।  

निःशुल्क ओपीडी सेवा लिन चाहनेले नर्भिक अस्पतालको कल सेन्टरको नम्बर ५९७००३२ मा सम्पर्क गरेर आफ्नो नाम अग्रिम टिपाउन सक्ने सुविधा समेत उपलब्ध रहेको अस्पतालले जनाएको छ ।  

salt training

कमेन्ट गर्नुहोस्