×

NMB BANK
NIC ASIA

अमेरिकाले ड्रोन आक्रमण गरेर हजारौं सर्वसाधारण मारेको खुलासा

पुस ४, २०७८

NTC
Premier Steels

हालै सार्वजनिक भएका अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका दस्तावेजहरूमा अमेरिकाको ड्रोन आक्रमणमा परी हजारौं सर्वसाधारणको ज्यान गएको खुलासा द न्युयोर्क टाइम्सले शनिवार खबर दिएको छ । 

Muktinath Bank

गलत सूचनाका आधारमा गरिएको उक्त आक्रमणमा परी धेरै बालबालिका समेत मारिएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘तर कसैलाई पनि गलत काम गरेकोमा विभागीय कारवाही गरेको रेकर्ड छैन,’ पत्रिकाले लेख्यो । 


Advertisment
Nabil box
Kumari

१२ जनाभन्दा कम पीडित तथा तिनको परिवारलाई क्षतिपूर्ति दिइएको छ । 

Vianet communication

पत्रिकाले प्रकाशन गरेको एक घटनामा अमेरिकाका विशेष बलले उत्तरी सिरियामा इस्लामिक स्टेटका ८५ जना लडाकूलाई मारेको दाबी छ । मारिएकाहरू १२० जना गाउँलेहरू छन् । 

पत्रिकाका अनुसार, ट्यालोन एन्भिल नामक अमेरिकी आक्रमण सेलले नियमित रूपमा नागरिक सुरक्षा प्रक्रियाको उल्लंघन गर्दै बम आक्रमण गरेको थियो ।

अगस्ट महिनामा न्युयोर्क टाइम्सले गरेको अनुसन्धानमा काबुलमा रहेको एक परिवारका १० सदस्यमाथि अमेरिकाले आक्रमण गरेको पाइएको थियो । अमेरिकी अधिकारीहरूले बम राखिएको वाहन ध्वस्त पारेको दाबी गरेका थिए तर त्यसलाई पछि फिर्ता लिए । 

अमेरिकाले राष्ट्रपति बाराक ओबामाको पालादेखि हवाई आक्रमण थालेको थियो । इरान र अफगानिस्तानमा भएका स्थलयुद्धमा हजारौं अमेरिकी सैनिकहरू मारिएपछि हवाई आक्रमण थालिएको थियो । 

अमेरिकाले स्थलसैनिकहरूको संख्या घटाएर ड्रोन आक्रमणको संख्या बढाउन थालेको थियो । डोनल्ड ट्रम्पको पालामा यसलाई थप तीव्र बनाइएको थियो । 

पाँच वर्षको अवधिमा अमेरिकी बलहरूले अफगानिस्तान, इराक र सिरियामा ५० हजारभन्दा बढी आक्रमण गरेको द न्युयोर्क टाइम्सले लेखेको छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x