×

सामाजिक सञ्जाल क्षमायाचना गरेपछि ५ महिना कैद सजाय मिनाहा !

पुस ६, २०७८

प्रतिकात्मक तस्वीर

अदालतको अवहेलना गरेको कसूरमा जिल्ला अदालत सुर्खेतले दाङका एक पत्रकारलाई दोषी ठहर गरेको छ ।

पत्रकार एग्गेबहादुर बुढामगरलाई अदालतको अवहेलनासम्बन्धी कसूरमा ५ महिना जेल सजाय तथा ५ हजार रुपैयाँ जरिवाना तोकेको हो । 


Advertisment

न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको एकल इजलासले सोमवार पत्रकार बुढामगरलाई सजायको फैसला गरेको हो । अदालतले पीडितको पहिचान गोप्य राख्न सञ्चारमाध्यमलगायत सरोकारवाला निकायलाई जारी गरेको निर्देशनात्मक आदेशको उल्लंघन गरेको कसूरमा दाङबाट प्रकाशित राप्तीपश्चिम डटकमका प्रकाशक/सञ्चालक बुढामगरलाई जरिवानासहित कैद सजायको फैसला सुनाएको हो ।  


Advertisment

सुर्खेतको गुर्भाकोट नगरपालिकामा राउटे समुदायका २ युवतीमाथि बलात्कार भएको घटनालाई लिएर सामाजिक सञ्जाल र केही सञ्चारमाध्यममा पीडितको पहिचान खुलाइएको पाइएकाले अदालतले २०७८ जेठ २८ गते गृह मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र नेपाल पत्रकार महासंघका नाममा निर्देशनात्मक आदेश जारी गरेको थियो ।

आदेशको उल्लंघन गरी प्रतिवादीका कानूनी व्यवसायीलाई धम्की दिएको भन्दै पत्रकार बुढामगरविरुद्ध गत असोज १९ गते अदालतमा मुद्दा दायर भएको थियो । 

जिल्ला अदालत सुर्खेतका श्रेस्तेदार ठाकुरप्रसाद पौडेलले पीडित राउटे युवतीको पहिचानसहित अनलाइनमा समाचार लेख्नुका साथै सामाजिक सञ्जाल फेसबूकमा कानून व्यवसायीविरुद्ध धम्की दिएकाले प्रतिवादी पक्षले अदालतको अवहेलना शीर्षकमा दायर गरेको जानकारी दिए । श्रेस्तेदार पौडेलका अनुसार न्यायाधिश आचार्यकै इजलासले नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयलाई राउटे युवतीबारे प्रकाशित/प्रशारित सामग्री हटाउन ध्यानाकर्षण गराउन, जिल्लास्थित पत्रकारको संगठनमार्फत यस्ता सामग्री प्रचारप्रसार नगर्न/नगराउन ध्यानाकर्षण गराउन, यूट्युब लगायतका सामाजिक सञ्जालमा राखिएका राउटे समुदायकी पीडित युवतीका सामग्री हटाउन संघीय सरकारमार्फत विज्ञप्ति जारी गर्न र जिल्ला प्रशासन कार्यालय सुर्खेतमार्फत आवश्यक कारबाही अघि बढाउन निर्देशनात्मक आदेश जारी गरेको थियो । 

गुर्भाकोट नगरपालिका–९ आपसोतीस्थित राउटे समुदायका २ युवतीलाई स्थानीय चमन घर्ती, भुपेन्द्र बुढा र विनोद पुनले होटलमा लिएर अश्लिल क्रियाकलाप गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । सोही भिडियोका आधारमा प्रहरीले घटनाको अनुसन्धान प्रक्रिया अघि बढाएको थियो ।

‘संवेदनशील विषयमा समाचार लगायतका सामग्री प्रस्तुत गर्दा पीडितको सुरक्षा र पहिचानको विषयमा गम्भीर हुनुपर्नेमा सो नगरेको देखिएको, करणीजन्य अपराधका सामग्री गोप्य हुन्छन् भन्ने विषय प्रत्येक सचेत नागरिकलाई थाहा हुनैपर्ने विषय हो,’ फैसलामा भनिएको छ, ‘सामाजिक क्षेत्रमा समाचार सम्प्रेषण गर्नेले परिणामको गाम्भीर्यता समेतलाई मध्यनजर गर्नुपर्ने हुन्छ, सो विषयमा गम्भीर नभई पीडितको पहिचान खुलाएको अवस्था हुँदा यो कानूनी कारबाहीको विषय हुन आयो ।’ 

फैसला भएको २४ घण्टाभित्र शर्तसहित माफी मागेको खण्डमा कसूरदारले कैद सजाय भुक्तान गर्न नपर्ने उल्लेख छ । श्रेस्तेदार पौडेलका अनुसार फैसलामा जुनजुन सामाजिक सञ्जाल प्रयोग गरी कसूर गरेका हुन्, तिनै सामाजिक सञ्जालमा क्षमायाचना प्रकाशित गर्नुपर्ने, प्रकाशित सामग्री ६ महिनासम्म सामाजिक सञ्जालमा रहनुपर्ने, २४ घण्टाभित्र माफी मागेर त्यसको स्क्रिनसट ७ दिनभित्र पेश गर्नुपर्ने शर्त पूरा गरेपछि कैद मिनाहा गरिएको बताए । कैद मिनाहापछि पत्रकार बुढामगर हिरासतबाट मुक्त भएका छन् ।
 

मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

बैशाख १३, २०८१

स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवले मन्त्रालयमा 'छायाँ मन्त्री'को झल्को दिनेगरी काम गरिरहेको चर्चा हुन थालेको छ । मन्त्री यादवले गर्नुपर्ने कामसमेत स्वकीय सचिवको रूपमा रहेका ...

बैशाख ३०, २०८१

नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च अदालत पाटनबाट धरौटीमा रिहा भएका पूर्व गृहमन्त्री बालकृष्ण खाणविरुद्ध महान्यायाधिवक्ता कार्यालयले अझैसम्म सर्वोच्च अदालतमा निवेदन दिएको छैन । काठमाडौं जिल्ला अदालतले खाणलाई थ...

बैशाख १९, २०८१

महेन्द्रनगर– दुईतिर भारतको सीमा जोडिएको कञ्चनपुरमा सशस्त्र प्रहरी बलले अवैध ढङ्गले ल्याइएका रु ८८ लाख बराबरका सामान नियन्त्रणमा लिएको छ । महेन्द्रनगरस्थित सशस्त्र प्रहरी बल नंं ३५ गणका अनुसार गत फागुनपछि ...

शासन प्रणालीलाई व्यवस्थित बनाउने ४ सूत्र

शासन प्रणालीलाई व्यवस्थित बनाउने ४ सूत्र

असार १४, २०८१

नागरिक र राज्यको असल सम्बन्ध नै सुशासनको विम्ब हो । शान्ति सुरक्षा, व्यावसायिक वातावरण र जनजीविकाका सवालमा राज्यले प्रतिफलमुखी काम गर्नुपर्ने हुन्छ । नागरिकको सन्तुष्टिबाट लोकतन्त्रको लाभांश प्राप्त भएको अनुभूति हुन...

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

असार १२, २०८१

समाजवादको आधारभूत स्तम्भका रूपमा रहेको सहकारी अभियान यतिखेर संकटमा छ । जो कोहीले ‘सहकारी’ शब्द नै उच्चारण गर्न नसक्ने अवस्था बनेको छ । सहज वातावरण हुँदा सर्वसाधारण सहकारीबाट अ‍ैँचोपैँचो, सर...

समाज सुधारका १२ सूत्र

समाज सुधारका १२ सूत्र

असार ११, २०८१

समाजमा बसेपछि सबैसँग सद्भाव, मित्रता, सहनशीलता, क्षमायाचना, त्याग, शालीनता, भद्रता आदि कुराको आवश्यकता पर्दछ । हरेक मानिस र उसको पारिवारिक अवस्था फरक–फरक हुन्छ। सानातिना कुरामा विवाद गर्ने, निहुँ खोज्ने...

x