२६ जेठ २०८३, मंगलबार
माओवादी महाधिवेशन

माओवादी मञ्चमा देउवाको भाषण– सित्तै आएको पैसा चाहिन्न भन्छन्, कहाँ राष्ट्रघाती छ एमसीसी ?

माओवादी मञ्चमा देउवाको भाषण– सित्तै आएको पैसा चाहिन्न भन्छन्, कहाँ राष्ट्रघाती छ एमसीसी ?

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमसीसी सम्झौता नेपालको हितमा रहेको दाबी गरेका छन् ।

(नेकपा माओवादी) केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहलाई आइतवार प्रज्ञा भवनमा सम्बोधन गर्दै देउवाले एमसीसीलाई राष्ट्रघाती भन्नेले सम्झौताको अध्ययन नै नगरेको जिकिर गरे ।

'एउटा कुरा बोल्नै पर्ने भयो । एमसीसी राष्ट्रघाती-राष्ट्रघाती भन्या छन्, सम्झौता पढ्या छ कि छैन थाहा छैन,' प्रधानमन्त्री देउवाले भने, 'कहाँ छ एमसीसी राष्ट्रघाती ? म पनि प्रधानमन्त्री हो, राष्ट्रघाती काम गरुँला? राष्ट्रघाती सन्धि गरौंला ? पहिला पढ्नुहोस्, अनि छलफल गर्नुस् ।'

देउवाले थपे, 'एमसीसी नेपालको हितमा छ । सित्तैमा आएको पैसा हो, सित्तैमा आएको पैसा चाहिन्न भन्छन् । राम्रोसँग बुझ्नुपर्‍यो ।'

उनले यस सम्बन्धमा छलफल भइरहेको भन्दै सहमति गरेर सम्झौता पारित गराउने बताए ।

salt training

कमेन्ट गर्नुहोस्