×

NMB BANK
NIC ASIA

माओवादी महाधिवेशन

माओवादीमा ‘क्रान्तिकारी रूपान्तरण’ खोज्दै प्रचण्ड, राजनीतिक प्रतिवेदनमा नयाँ के छ ?

पुस १२, २०७८

NTC
Premier Steels

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको आठौं महाधिवेशनको बन्दसत्रमा राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् । 

Muktinath Bank

आइतवारदेखि काठमाडौंमा शुरू भएको महाधिवेशनको दोस्रो दिन सोमवारदेखि बन्दसत्र शुरू भएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रचण्डले करीब साढे २ घण्टा बन्दसत्रलाई सम्बोधन गरेर राजनीतिक प्रतिवेदन पेश गरेका हुन् । 


Advertisment
Nabil box
Kumari

माओवादी केन्द्रलाई क्रान्तिकारी विचारसहित नयाँ क्रान्तिकारी पार्टी बनाउने दाबीसहित प्रचण्डले ‘एक्काइसौं शताब्दीको समाजवादको नेपाली बाटो’ शीर्षकको प्रतिवेदन महाधिवेशन प्रतिनिधिसमक्ष पेश गरेका हुन् । 

Vianet communication

प्रचण्डले प्रस्तुत गरेको प्रतिवेदनमाथि छलफलका लागि २५ वटा समूह बनाइएको छ । ती सबै समूहले मंगलवार दिनभर प्रचण्डको प्रतिवेदनमाथि छलफल गर्ने र बुधवार बन्दसत्र हलमा समूहको निष्कर्ष प्रस्तुत गर्ने कार्यक्रम रहेको माओवादी केन्द्रका स्थायी कमिटी सदस्य एवं प्रवक्ता कृष्णबहादुर महराले बताए ।

२५ वटा समूहको छलफलका लागि महाधिवेशनस्थल नेपाल प्रज्ञा प्रतिष्ठान, पेरिसडाँडास्थित केन्द्रीय कार्यालय र विभिन्न पार्टी प्यालेसहरू तोकिएको महराले बताए । 

के छ प्रचण्डको प्रतिवेदनमा ?

प्रचण्डले महाधिवेशनको बन्दसत्रमा पेश गरेको ‘एक्काइसौं शताब्दीको समाजवादको नेपाली बाटो’ शीर्षकको प्रतिवेदनमा समाजवादमा पुग्ने कार्यक्रमको खाका प्रस्तुत गरेको दाबी गरेका छन् ।

पार्टी जनताबाट टाढिँदै गएका कारण कमजोरजस्तो देखिएको भन्दै प्रचण्डले आगामी दिनमा जनतासँग जोडिने कार्यक्रम प्रतिवेदनमा समेटेका छन् । 

पार्टीमा नेताहरूले पद प्राप्तिको लागि अनुचित काम गर्न पनि पछि नपर्ने अवस्था रहेको उनले प्रतिवेदनमा उल्लेख गरेका छन् । 

‘आज पार्टीमा व्यक्तिगत पद, प्रतिष्ठा, लाभ र स्वार्थका निम्ति जस्तोसुकै अनुचित कार्य गर्न पनि पछि नपर्ने प्रवृत्ति हावी हुँदै गएको छ । यो स्थितिमा पार्टीको क्रान्तिकारी रूपान्तरणको प्रश्न सर्वाधिक महत्त्वको सर्वाधिक जटिल बन्दै गएको छ,’ प्रचण्डले प्रतिवेदनमा भनेका छन् । 

नेपालको संविधानले समाजवादको गन्तव्य निश्चित गरेको र त्यसको कार्यान्वयनको आधार तयार गर्नुपर्ने विषयलाई पनि प्रचण्डले राजनीतिक प्रतिवेदनमा समेटेका छन् । 

नेपालको परिस्थितिमा समाजवाद के हो भन्ने व्याख्या गर्दै प्रचण्डले शान्तिपूर्ण संघर्षबाट समाजवादको आधार तयार गर्नुपर्ने भनेका छन् । ‘हाम्रो पार्टी मालेमाको सिद्धान्तमा कुनै सम्झौता नगरी आजको स्थितिमा शान्तिपूर्ण रूपले सडक, सदन र सरकारको मञ्चबाट समाजवादको आधार तयार गर्न अधिकतम जोड दिइरहेको छ,’ प्रचण्डले बन्दसत्रमा प्रतिवेदन पढ्दै भने, ‘आजको राजनीतिक शक्ति सन्तुलन बदलियो, वर्ग संघर्षले अर्को रूप लियो भने पार्टीले सोही अनुसार नयाँ नीति लिएर अगाडि बढ्ने परिस्थिति या अवस्था आउने छ ।’

प्रचण्डपथ अब असान्दर्भिक

नेकपा माओवादीभित्र बेलाबखतमा चर्चामा आउने गरेको ‘प्रचण्डपथ’लाई प्रचण्डले आठौं महाधिवेशनबाट सधैंको लागि बन्द गरिदिएका छन् । उनले प्रतिवेदनमा विस्तृत छलफल नगरी प्रचण्डपथ स्थगित गर्नु कमजोरी भएको स्वीकार्दै अब फेरि पछाडि फर्कन नसक्ने भनेका छन् । 

दोस्रो राष्ट्रिय सम्मेलनले प्रचण्डपथलाई स्वीकार गरेको स्मरण गर्दै प्रचण्डले प्रतिवेदनमा भनेका छन्, ‘दोस्रो राष्ट्रिय सम्मेलनको सर्वसम्मत निर्णय तथा माओवादी कार्यकर्ता र समर्थन जनमुदायबाट अनुमोदित प्रचण्डपथलाई न केन्द्रीय समितिमा, न राष्ट्रिय भेलामा कुनै खालको बहस छलफल गरिएन, बरु प्रचण्डको व्यक्तिगत पुँजी जसरी स्थगित गर्दा पार्टीभित्र गम्भीर आशंका र अराजकतालाई टेवा दिइयो ।’

उनले थप भनेका छन्, ‘यसबारे (प्रचण्डपथ) पार्टीको कुनै तहमा छलफल पनि भएन कि प्रचण्डपथ विचार नै होइन भन्नुपथ्र्यो, विचार थियो भने छलफल गर्नुपथ्र्यो ।’

आगामी दिनमा प्रचण्डपथ असान्दर्भिक भएको भन्दै उनले भनेका छन्, ‘यो सन्दर्भ सामग्री मात्र भयो, यसलाई संश्लेषण गरेर अगाडि बढ्ने हो ।’

संविधान संशोधन गर्ने मत

प्रचण्डले आफ्नो राजनीतिक प्रतिवेदनमा संविधान संशोधन गर्नुपर्ने मत उल्लेख गरेका छन् । प्रतिवेदनमा उनले भनेका छन्, ‘यो संविधानमा हाम्रा सीमाहरू छन् । निर्वाचन प्रणाली, शासकीय स्वरूप, उत्पीडित वर्ग, जाति, क्षेत्र र समुदायको पहिचान र अधिकारसहित संघीयता तथा जनअपेक्षा अनुरूप संस्थागत गर्न सकेका छैनन्् । त्यसकारण, हाम्रो पार्टीले यी घनिभूत विषयमा संविधानको संशोधनको आवश्यकता देखेको छ ।’

संविधान सभामा आफ्नो भिन्न मत पनि दर्ज गरेको भन्दै प्रचण्डले समाजवादउन्मुख मूलभूत कार्यदिशा लिँदै संविधान संशोधनका लागि सडक, सदन र सरकारका सबै क्षेत्रबाट संघर्ष गर्न जरुरी रहेको औंल्याएका छन् ।

व्यवस्था उल्ट्याउन खोजेको जिकिर

प्रचण्डले महाधिवेशनमा प्रस्तुत गरेको प्रतिवेदनमा निरंकुश प्रणाली ल्याउने षड्यन्त्र भइरहेको जिकिर गरेका छन् । 

‘आजको हाम्रो संविधानले जुन दिशामा अगाडि बढ्ने सैद्धान्तिक, राजनीतिक, कानूनी आधार लिएको छ, समाजवादउन्मुख अर्थराजनीति हुँदै वैज्ञानिक समाजवादमा अगाडि बढ्ने आधार प्रदान गरेकै कारण दलाल नोकरशाहीले यो संविधान नै उल्ट्याउने र निरंकुश प्रणाली ल्याउने तीव्र षड्यन्त्र भइरहेका छन् । केही सकारात्मक काम भएकै कारण अगाडि बढिएको छ,’ प्रतिवेदनमा उल्लेख छ ।

पार्टी रूपान्तरणको चिन्ता

सशस्त्र द्वन्द्वबाट शान्ति प्रक्रियामा आएपछि पार्टी जनताबाट टाढिएको र एजेण्डा बिर्सेको आरोप लाग्ने गरेको प्रचण्डले बताएका छन् । पार्टी कमजोर हुनुमा आफ्नो पनि भूमिका रहेको भन्दै सबैभन्दा पहिलो आफूले आत्मालोचना गर्ने उनले भनेका छन् ।

महाधिवेशनको उद्घाटन सत्रमा सम्बोधन गर्दै आइतवार नै प्रचण्डले प्रतिनिधिहरूलाई आत्मालोचनाका लागि तयार भएर आउन भनेका थिए । ‘माओवादी आन्दोलन कमजोरजस्तो देखिनुमा अरूलाई दोष लगाएर हुँदैन । यसमा मेरो पनि जिम्मेवारी छ, मैले नै आत्मसमीक्षा गर्नुपर्छ । तपाईंहरू पनि आत्मसमीक्षको लागि तयार भएर आउनुहोस्,’ उनले भने ।

उनले आफ्नो प्रतिवेदनमा पनि आत्मसमीक्षाको विषय उल्लेख गरेका छन् । प्रतिवेदनमा उनले भनेका छन्, ‘पार्टीको सही रूपान्तरणको ठोस योजना कार्यान्वयन विना अगाडि बढ्न सम्भव छैन । कुरा क्रान्तिको व्यवहार प्रतिक्रान्तिको गर्ने भयानक विरोधाभाषको शिकार बन्दै जान थालेको कम्युनिस्ट आन्दोलनलाई सिद्धान्त र व्यवहारका बीचको एकरूपताको आन्दोलनमा कहाँबाट र कसरी रूपान्तरण गर्ने ? समाजवादी क्रान्तिको विचारधारात्मक र राजनीतिक कार्यदिशा स्पष्ट भइसकेपछि संगठन संघर्ष र आचरणको प्रश्न मुख्य भएर आउँछ ।’

पार्टीको रूपान्तरण र जनतासँग नजिकिनका लागि हरेक कार्यकर्ताले वर्षमा कम्तिमा १५ दिन जनतासँग समय  बिताउनुपर्ने कार्यक्रम पनि उनले प्रस्ताव गरेका छन् । 

‘के खुला र प्रतिस्पर्धाको राजनीतिमा निजी सम्पत्ति र सामूहिक जीवनपद्धति अंगाल्ने दिशातिर अग्रसर सांस्कृतिक नेता कार्यकर्ताको विकास गर्न सम्भव छ ? यो निकै गम्भीर र जटिल प्रश्न हो,’ प्रचण्डले भनेका छन्, ‘यो एउटा अपरिहार्य अन्तरविरोध हो । यो अन्तरविरोधको समाधान कम्युनिस्ट क्रान्तिकारीको एकता संगठनको मजबुती र राष्ट्र र जनताको हितका निम्ति त्याग र समर्पण जरूरी छ ।’

वाम घटकसँग नरम, एमालेसँग गरम

महाधिवेशनमा पेश गरिएको प्रतिवेदनमा प्रचण्ड माओवादी घटक र माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीप्रति नरम रूपमा प्रस्तुत भएका छन् भने संसदको प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको चर्को आलोचना गरेका छन् । 

एमाले र माओवादी केन्द्रको एकीकरणबाट बनेको नेपाल कम्युनिस्ट पार्टी विभाजनमा समेत ओलीको भूमिका रहेको जिकिर प्रचण्डले गरेका छन् । 

‘महाधिवेशन नहुँदासम्म तत्कालीन नेकपाका २ अध्यक्ष (ओली र प्रचण्ड) ले समान हैसियत र आलोलोपालो प्रणालीमा बैठकको अध्यक्षता गर्ने र सरकारको नेतृत्व पनि समान अवधिका लागि आलोपालो गर्ने सहमति भएको थियो,’ प्रचण्डले प्रतिवेदनमा उल्लेख गरेका छन्, ‘केपी ओलीको चरम व्यक्तिवादी र अहंकार, सहमतिका विपरीत निरंकुश ढंगले पार्टी र सरकार चलाउने धृष्टता एवं उनमा रहेको मार्क्सवाद विरोधी सामन्ती दलाल पुँजीवाद र वैदेशिक शक्तिका सामु आत्मसमर्पण गर्ने चरित्रका कारण पार्टीभित्र चरम गुटबन्दी र अस्वस्थ अन्तरसंघर्षको विकास भयो ।’

अन्तरसंघर्षको प्रक्रियामा आफ्नो पराजय निश्चित देखिएपछि एमाले अध्यक्ष केपी ओलीले संविधान नै खारेज गर्ने नियतका साथ संसद् विघटन गरेको आरोप प्रचण्डले लगाएका छन् । 

प्रतिवेदनमा उनले भनेका छन्, ‘अस्वस्थ अन्तरसंघर्ष शत्रुतापूर्ण अन्तरसंघर्षमा बदलियो । त्यस्तो विषम परिस्थितिमा पनि पार्टीले एकताको रक्षा गर्ने र ओलीका गलत विचार, प्रवृति र कार्यशैली सच्याउन अन्तिम समयसम्म पनि पार्टीले प्रयास गरिरह्यो तर ओली गुट झन् पछि झन् अनुशासनको खिल्ली उडाउँदै प्रतिगमनको यात्रामा अगाडि बढ्यो ।’

केन्द्रीय समितिको दुईतिहाइभन्दा बढीको बहुमतले उनलाई पार्टी सदस्यबाट निष्कासित गरेको तर आधिकारिक र वैधानिक रूपले गरिएको निर्णयलाई तत्कालीन निर्वाचन आयोग र संसद् सचिवालयले जानीबुझी ऐन र नजीर विपरीत र अन्त्यमा सर्वोच्च अदालतको अस्वाभाविक राजनीतिक फैसलाका कारण पार्टी एकता असफल बनाइएको निष्कर्ष प्रचण्डले प्रतिवेदनमा उल्लेख गरेका छन् ।

प्रतिवेदन प्रस्तुत गर्दै प्रचण्डले भने, ‘आज पनि ओली प्रवृत्तिका विरुद्ध संघर्ष गर्दै बृहत् कम्युनिस्ट एकता कायम नै छ । हाम्रो पार्टी अहिले पनि एकताको पक्षमा छ र रहिरहने छ । विभिन्न माओवादी समूह, माधवकुमार नेपालले नेतृत्व गरेको नेकपा एकीकृत समाजवादीसँग सहकार्य बढाउँदै जाने हाम्रो नीति स्पष्ट नै छ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x