×

चिनियाँ सञ्चारमाध्यमले भारतलाई दियो यस्तो चेतावनी

पुस १५, २०७८

चिनियाँ सञ्चारमाध्यमले पोहोर सालदेखि भारत र चीनबीच सीमामा जारी गतिराधको समाधान खोज्न र डिसइंगेजमेन्टका लागि हुने १४औं चरणको वार्ताअघि द्विपक्षीय सम्बन्ध सामान्य बनाउन अपील गरेको छ । 

चौधौं चरणको वार्ता कहिले हुन्छ भन्ने स्पष्ट छैन । तेह्र चरणसम्म चलेका कमान्डरस्तरीय वार्ता सफल भएनन् ।


Advertisment

चीनले वास्तविक नियन्त्रण रेखामा यथास्थिति बहाल गर्न नचाहेको भारतले बताएको छ । 


Advertisment

पूर्वी लद्दाखमा दुई देशबीच हट स्प्रिंग्स, डेप्साङ र चार्डिङ नाला जंक्सनका विषयमा विवाद छ । 

भारतले अनुचित माग उठाइरहेको र त्यसले गर्दा समस्या उत्पन्न भएको चीनले बताएको छ । 

परिस्थितिको गलत आकलन नगर्न चीनले भारतलाई चेतावनी दिएको छ ।

ग्लोबल टाइम्सको एक रिपोर्टमा उल्लेख गरिएअनुसार, गत डिसेम्बर १५ मा राष्ट्रपति सी चिनपिङ र रुसी समकक्षी भ्लादिमिर पुटिनबीच भएको भर्चुअल वार्तापछि पुटिनका सहयोगी युरी उशाकोभले चीन, रुस र भारतबीच बैठक आयोजन गर्ने प्रस्ताव राखेका छन् । तर दुवै पक्ष सीमाबाट पछि हट्दा र तनाव शान्त भएमा मात्र यस्तो त्रिपक्षीय वार्ता सम्भव हुन्छ । 

सरकारी पत्रिका चाइना डेलीले डिसेम्बर २७ मा प्रकाशन गरेको सम्पादकीयमा भारतले दर्जनौं चिनियाँ यापहरूमा लगाएको प्रतिबन्ध र भारतमा चिनियाँ उत्पादनको बहिष्कारका विषयमा व्यापक चर्चा गरिएको छ । भारतमा काम गरिरहेका चिनियाँ कम्पनीहरूमा हालैका दिनमा आयकर विभागले छापा मारेको खबरका बारेमा पनि विस्तारपूर्वक लेखिएको छ । भारत सरकारको यस कदमबाट उत्पादक र व्यावसायिक गतिविधि प्रभावित भएको उल्लेख पनि गरिएको छ । 

सीमामा डिसइंगेजमेन्टका विषयमा दुई देशबीच भएको १३औं चरणको वार्ता भारतको अनुचित र अवास्तविक मागका कारण परिणाममा पुग्न नपाएको पनि लेखिएको छ । 

ग्लोबल टाइम्समा डिसेम्बर २६ मा प्रकाशित एक टिप्पणीमा चीन र भारतबीच राम्रो र गहिरो व्यापारिक सम्बन्ध दुवै देशका लागि लाभदायक हुने लेखिएको छ । भारत चीनसँग बलियो गरी जोडिएको र अन्तर्राष्ट्रिय आपूर्ति शृंखलाको हिस्सा भएको कुरालाई अस्वीकार गर्न नसकिने लेखिएको छ । 

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

जेठ ८, २०८१

न्युयोर्क– मध्यपूर्व शान्ति प्रक्रियाका लागि संयुक्त राष्ट्रसङ्घीय विशेष संयोजक टोर वेन्नेसल्यान्डले इजरायल र हमासबीच पुनः वार्ता शुरू गर्न आह्वान गरेका छन् । सबै पक्षलाई वार्ताका प्रयास दोब्बर बनाई तुरुन्तै सद्भावक...

संविधान संशोधनको सहमति र अन्तर्यमा लुकेको ‘दुई दलीय’ व्यवस्था !

संविधान संशोधनको सहमति र अन्तर्यमा लुकेको ‘दुई दलीय’ व्यवस्था !

असार १९, २०८१

नेपाली कांग्रेस र नेकपा (एमाले)बीच नयाँ सत्ता समीकरण बन्ने भएसँगै ‘संविधान संशोधन’ गर्ने विषय मुख्यरूपमा अघि सारिएको छ । यसले परिवर्तनका उपलब्धिलाई प्रतिबन्धित गर्छ कि गर्दैन भन्ने गम्भीर प्रश्न पनि उ...

अतिवादबाट कसरी बच्ने ?

अतिवादबाट कसरी बच्ने ?

असार १५, २०८१

जीवन आशावाद र निराशावादको बादलमा गुजुल्टिँदै आएको छ । आशा गर्नुपर्छ भन्ने पनि छन्, गर्नुहुँदैन भन्ने पनि छन् । खासगरी आध्यात्मवादी दार्शनिकहरू आशा गर्नुहुँदैन भन्छन् । भौतिकवादी दार्शनिकहरू आशावादी हुनुपर्छ भन्ने ग...

शासन प्रणालीलाई व्यवस्थित बनाउने ४ सूत्र

शासन प्रणालीलाई व्यवस्थित बनाउने ४ सूत्र

असार १४, २०८१

नागरिक र राज्यको असल सम्बन्ध नै सुशासनको विम्ब हो । शान्ति सुरक्षा, व्यावसायिक वातावरण र जनजीविकाका सवालमा राज्यले प्रतिफलमुखी काम गर्नुपर्ने हुन्छ । नागरिकको सन्तुष्टिबाट लोकतन्त्रको लाभांश प्राप्त भएको अनुभूति हुन...

x