×

NMB BANK
NIC ASIA

काठमाडाैंमै अन्धविश्वासको जरो

त्रिशूलले घोचेर बालिका हत्या प्रकरणः पढाइ ठूलो कि ज्यान भन्दै 'माता'ले दिएकी थिइन् धम्की !

पुस २५, २०७८

NTC
Premier Steels

झारफुकको नाममा बालिकाको हत्या गरेको आरोपमा माता भनेर चिनिने एक महिला पक्राउ परेकी छन् । 

Muktinath Bank

हत्या आरोपमा नागार्जुन नगरपालिका–१, पानीट्याङ्कीमा टहरामा बस्दै आएकी आफूलाई माता बताउने उमा शाही ठकुरीलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसरका प्रवक्ता दिनेशराज मैनालीले बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रहरीका अनुसार २१ दिनअघि टाउकोमा समस्या देखिएपछि सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–२ घर भई भक्तपुर धुन्चेपाखा बस्ने १४ वर्षीया बालिकालाई उनकी आमा रोशनी श्रेष्ठले उमाकोमा ल्याएकी थिइन् । 


Advertisment
Nabil box
Kumari

उमाले आफूले निको बनाइदिने भन्दै ती बालिकालाई आफ्नो शरणमा छोड्न भनिन् । उपचार हुने आशामा बालिकालाई त्यही टहरोमा आफन्तले छाडेका थिए । 

Vianet communication

तर, उमाको कुटपिटका कारण बालिका शनिवार बिहान ५ बजे अचेत भइन् । त्यसपछि ती माताले आफन्तलाई फोन गरेर बोलाएको र अस्पताल लैजाँदै गर्दा मृत्यु भएको एसपी मैनालीलेलोकान्तरलाई बताए । 

‘ती बालिका बेहोस भएपछि अस्पताल लगिएको थियो तर अस्पतालले त्यहाँ आउनुअघि नै मृत्यु भएको बताएको थियो,’ एसपी मैनालीले भने, ‘आफन्तले प्रहरीलाई खबर गरेपछि हामीले ती माता भनिने उमासहित तीन जनालाई पक्राउ गरेका छौं ।’

ती बालिकाको शरीरभरि निलडाम र चोटहरू देखिएका छन् । कथित माता उमाले त्रिशूलले घोचेर बालिकाको हत्या गरेको परिवारले आरोप लगाएका छन् । 

बालिकाका आफन्तका अनुसार उनको शरीरमा निलडाम, ठाउँ–ठाउँमा तीखो हतियारले घोचेका प्वालहरू छन् । प्रहरीका अनुसार मुखमा चोट र नाकबाट रगत आएको थियो । त्रिशूलले घोचे–नघोचेको पुष्टि नभएको तर कथित माताले दिएको यातनाबाट ती बालिकाको मृत्यु भएको प्रहरीको भनाइ छ । 

‘त्रिशूलले घोचेको भन्दा पनि ती माताले टाउकोमा पटकपटक हातले र कुचोले प्रहार गरेको देखिन्छ,’ महानगरीय प्रहरी वृत्त स्वयम्भूका प्रमुख मिलन केसीले भने ।

कक्षा ७ मा अध्ययनरत ती बालिकालाई परिवारले बीचमा परीक्षा आएको भन्दै लिनसमेत आएका थिए । तर, ती माता भनिने उमाले ‘ज्यान ठूलो कि पढाइ’ भनेर आफन्तलाई फर्काएको डीएसपी केसीले बताए । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २५, २०८०

मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् ।  उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

साउन ६, २०७८

मकवानपुरको मनहरि गाउँपालिका–८ हेटौंडा–नारायगढ सडकखण्डको सिमपानीमा रोकिराखेको एक ट्रकमा अवैधरूपमा ल्याइएको लागूपदार्थ गाँजा फेला परेपछि  ट्रकसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २३, २०८०

नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x