×
Bajaj Top
Khukuri
FONEPAY

सफलता

बैंककको सम्मानले लुम्बिनीमा जन्मिएको उद्यम

बुटवल | माघ १, २०७८

NTC
TVS INSIDE

विभिन्न ‘प्रोजेक्ट’को सिलसिलामा मेघनाथ आचार्य झण्डै ३ दशकअघि थाइल्यान्ड (बैंकक) पुगेका थिए । ‘लुम्बिनीबाट आएको हुँ’ भनेर परिचय दिँदा त्यहाँका नागरिकले उनका खुट्टा ढोगेपछि उनी सोचमग्न भए । 

Sanima Bank
morang Auto yamaha

महामानव गौतम बुद्धको जन्मभूमि लुम्बिनीको यतिधेरै महत्त्व ! त्यहाँबाट फर्किएपछि विश्व समुदायले मान्ने पवित्र भूमि लुम्बिनीमा केही उद्यम गर्न आचार्यलाई प्रेरित गर्‍यो । लुम्बिनीमा जग्गा किनेर व्यवसाय गर्न सकिने सम्भावना पनि देखे उनले । त्यसका लागि खोजी र अनुसन्धान गरे । 


Advertisment
NMB BANK
RMC TANSEN
shivam island

अन्ततः बैंककमा पाएको महत्त्वले सार्थकता पायो । मत्स्य विकास केन्द्रमा प्राविधिक सहायक पदमा कार्यरत आचार्यले आर्थिक अवस्था बलियो नभए पनि ऋणधन गरेर विक्रम संवत् २०५२ सालमा हार्डवेयर व्यवसाय थाले । त्यो बेलामा लुम्बिनीमा पहाडी मूलको व्यक्तिले थालेको व्यवसाय पहिलो थियो । 

व्यवसायसँगै तराईको समुदायसँग भावनात्मक सम्बन्धमा जोडिँदै पनि गए । त्यसपछि पेट्रोल पम्प सञ्चालनमा ल्याए । व्यवसायको सफलतासँगै विश्वका बौद्ध धर्मालम्बीलाई आतिथ्यता गर्ने पर्यटन क्षेत्रमा जोडिने आशासहित उनले जग्गाको क्षेत्रलाई विगाहा पुर्‍याए अनि शुरू गरे होटल बुद्धमाया प्रालि ।

Vianet communication
IME BANK INNEWS
LAxmi BAnk

केही दिनअघि उनीसँग भेट्दा होटलको स्तरवृद्धि ‘फोर स्टार’ बनाउन काम गर्दै गरेका कामदारलाई सिकाउँदै थिए । २०६५ सालमा २५ वटा रुमबाट शुरू गरेको आचार्यको होटल तारे होटल बनिसकेको छ । 

‘त्यो बेलाको मेरो थाइल्यान्ड ‘टूर’ अविश्मरणीय बन्न पुग्यो,’ आचार्य भन्छन्, ‘सरकारी जागिरे मलाई भगवान् गौतमबुद्धको काँखमा व्यवसाय गर्ने बनायो ।’ उनी होटल बुद्धमाया प्यालेस प्रालिका एक्ला सञ्चालक हुन् ।

अर्घाखाँचीको तत्कालीन अडगुरी गाविस (हाल पाणिनी गाउँपालिका) मा विक्रम संवत् २०१६ सालमा जन्मिएका मेघनाथ पढाइमा पनि तगडा नै थिए । १५ वर्ष जागिरे जीवन छाडेर व्यवसायमा जोडिएका उनको लुम्बिनीको पर्यटन विकासमा महत्त्वपूर्ण योगदान छ । पहाडी मूलको व्यक्तिले ९९ प्रतिशत तराई/मधेशका समुदायमा रहेर व्यवसाय गर्दा ठूला बाधा–व्यवधान पनि खेपे । १० वर्ष अगाडिको मधेश आन्दोलनले गर्दा उनलाई पिरोल्दै गयो । होटलमा ढुंगामुढा पनि भए । 

‘मधेश आन्दोलनको बेला ठूलो डर भयो,’ आचार्य भन्छन्, ‘सबै व्यवसाय बन्द गरेर हिँड्ने अवस्था आएको थियो । धैर्यधारण गरें । कसैको भावनालाई कुल्चिएन तर कसरी धानिएँ धानिएँ । अहिले सम्झिँदा आफैंलाई आश्चर्य लाग्छ । आन्दोलनको बेला पहाडी मूलका व्यक्ति देख्ने बित्तिकै आँखा तरिहाल्थे ।’ लुम्बिनी अहिले धेरै बदलिएको छ । दर्जनौं ‘फाइभ स्टार’देखि ‘स्टार लेवल’का होटल सञ्चालनमा आएका छन् । 

आफूसँगै अरूमा पनि लुम्बिनीको ठूलो महत्त्व छ भनेर व्यवसाय गर्न प्रेरित गर्दै गए । आचार्यको अहिले लुम्बिनीमा राम्रो पहिचान बनिसकेको छ । समयसँगै उनको परिचय पनि अहिले फेरिएर उद्यमी मेघनाथ बनेका छ । सानो पुँजीबाट शुरूआत गरेको आचार्यको व्यवसाय अहिले करोडौंको लगानीमा पुगेको छ ।

आचार्यले अहिले मासिक लाखौं रूपमा हात पार्छन् । उमेरले ६ दशक पार गरे पनि उनको शारीरिक स्फूर्तिमा कुनै कमी आएको छैन । 

कोरानाले २ वर्ष थला परेको पर्यटन क्षेत्रलाई अब फेरि अर्को लहरले कुन अवस्थासम्म पुर्‍याउने हो भनेर उनी चिन्तित पनि छन् । कोरोनाको हलचलले कहाँ पुर्‍याउने हो केही ठेगान नभएको आचार्य बताउँछन् ।

लुम्बिनीको समग्र विकासमा राज्य चुकेको उनको बुझाइ छ । ‘साँच्चै लुम्बिनीको यति ठूलो महत्त्व रहेछ । राज्यले अझै पनि लुम्बिनी चिन्न सकेको छैन । जुन रूपमा लुम्बिनीको विकास हुनुपर्ने हो, अझै भएको छैन । विश्वका अरु देशमा यस्तो भूमि भए कस्तो विकास गर्थे होलान्,’ आचार्य भन्छन् । लगानीको वातावरण राज्यले निर्माण गर्न सके लुम्बिनीको पर्यटन क्षेत्र फस्टाउने उनको बुझाइ छ ।

आचार्यको परिवार २०२१ सालमा तत्कालीन कपिलवस्तुको कोपुवा (हाल वाणगंगा नगरपालिका) मा बसाइँसराइँ गरेर झरेको थियो । मेघनाथका बुवा तिलकराम कोपुवामा झरेपछि कृषि पेशा गर्थे । विद्यालय तह कोपुवामै पढेका आचार्यले तत्कालीन एसएलसी दिन अर्घाखाँची फर्किनुपर्‍यो । कोपुवामा नजिकै मावि तहको विद्यालय नहुँदा आचार्यले अर्घाखाँचीको शारदा माविबाट २०३५ सालमा एसएलसी उत्तीर्ण गरेका हुन् । 

एसएलसी पास भएपछि उनले चितवनको रामपुरमा विज्ञान संकाय लिएर पढें । आईएस्सी उत्तीर्ण गरेपछि उनले जागिर शुरू गरेका थिए । ‘आन्दोलन, विद्रोह वा संघर्षका माध्यमबाट व्यवस्था परिवर्तन भयो,’ आचार्य भन्छन्, ‘लुम्बिनीको संस्थागत विकास गरी देशलाई समृद्धिको बाटोमा अग्रसर गराउन सरकारले त्यति चासो दिएन ।’

४० वर्ष अघिदेखि थालिएको लुम्बिनी गुरूयोजना समेत अझै पूरा हुन सकेको छैन । भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि साँच्चै लुम्बिनीमा विदेशी पर्यटक र लगानी दुवैको ओइरो लाग्ने अपेक्षा छ । त्यसका लागि राज्यले लुम्बिनी गुरूयोजना छिटो पूरा गर्नतर्फ अग्रसरता देखाउनुपर्ने उनको बुझाइ छ ।  

आचार्यको दिनचर्या सामान्य छ । बिहान सबेरै उठ्ने, आफैंले व्यवसायसँगै लुम्बिनीमा पालेका गाई दुहुने । आफैं बिहान–साँझ गाईको दूध दुहेर खान्छन् । सागसब्जी आफूलाई पुग्ने आफैं उत्पादन गर्छन् । आचार्यका २ छोरा पनि व्यवसायमै जोडिएका छन् । उनले ५० जनाभन्दा बढीलाई रोजगारी पनि दिएका छन् तर कामदारलाई टिकाउन ठूलो समस्या रहेको आचार्य बताउँछन् ।

पर्यटन व्यवसायमा एउटै सेवालाई ‘कपी पेस्ट’ गर्न नहुने आचार्यको मान्यता छ । ‘अर्को होटलले दिनेभन्दा फरक सेवा दिन सक्नुपर्छ,’ आचार्यले भने, ‘टुरिज्म प्रमोट गर्ने हो भने पर्यटकलाई फरक–फरक वातावरण, खानामा फरक स्वाद, बगैंचादेखि सजावटसम्म टिपिकल हुनुपर्छ ।’

अब फेरि कोरोनाको तेस्रो लहरको ठूलो त्रासमा पर्यटन क्षेत्र रहेको उनी बताउँछन् । अब पनि पर्यटन क्षेत्र थलिए व्यवसायी बैंकको व्याज तिर्न नसकेर धोतीटोपी हुने उनले बताए । 

JYOTI
Kumari
TATA Below
NLIC
Mega Bottom
पुस २९, २०७८

कीर्तिपुरका राजमान मानव सफाइ अभियन्ता हुन् । विश्वका हरेक कुनाकाप्चामा पुगेर सफाइ गर्ने लक्ष्यका साथ अगाडि बढेका उनले विभिन्न देश पुगेर सफाइ अभियान चलाइसकेका छन् । १२ वर्षदेखि निरन्तर यस अभियानमा होमिएको...

माघ १, २०७८

समाजशास्त्रमा स्नातकोत्तर गरेका हेटौंडा–४ का प्रकाश सुवेदी बट्टाई चरापालक किसान हुन् । ३६ वर्षीय प्रकाश स्वास्थ्यका दृष्टिकोणले उपयुक्त मानिने बट्टाई चराको अण्डा र मासु बेचेर व्यवसायी बनेका छन् ।   प्रक...

माघ ९, २०७८

भक्तपुरको सूर्यविनायक बस्ने २३ वर्षीय रोशन बानियाँ (चार्ली) गहुँको छ्वालीबाट आकर्षक चित्र बनाउँछन् । सानैदेखि विभिन्न चित्र कोर्ने गरेका चार्लीले गहुँको छ्वालीबाट चित्र बनाउन थालेको झण्डै ४ वर्ष हुन लाग्यो ।...

पुस २९, २०७८

हेटौँडा सिमेन्ट उद्योगका लागि चुन ढुंगा ल्याउन २०२० सालमा स्थापना भएको रोपवेको जीर्ण संरचनाका कारण हेटौँडा उपमहानगरपालिका ९ स्थित त्रिवेणी आधारभूत विद्यालयका विद्यार्थी र शिक्षक जोखिममा छन् ।  २०५६ साल...

माघ २, २०७८

उतिबेला तिब्बतबाट हिँडेर मुस्ताङको लोमान्थाङ हुँदै पोखरा झर्दा बाटोमै जन्मिएकी आफ्नी आमाको कथाले ३८ वर्षीया हिसी छोइडेनलाई आज पनि झस्काउँछ । तिब्बतबाट करीब एक हप्ताको पैदल यात्रापछि हिसीकी आमा मिगमार ...

माघ ८, २०७८

कञ्चनपुरको भीमदत्त नगरपालिका–१५ निम्बुखेडाका ३८ वर्षीय दिपेन्द्र ऐरको नियमित दिनचर्या बिहान ५ बजदेखि शुरू हुन्छ । ६–१० बजेसम्म उनी ३ वटा क्याम्पसका विद्यार्थीसँग साक्षात्कार गर्छन् । प्राध्यापन अवधिपछि...

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

माघ ५, २०७८

विश्वविख्यात अर्थशास्त्री एवं कूटनीतिज्ञ चाणक्यले लक्ष्य प्राप्तिका केही प्रमुख सूत्र बताएका छन्। अरू सबैलाई तपसिलमा राख्न सकिन्छ, तर एउटा सूत्रलाई कहिल्यै पनि विस्मृत हुन दिनु हुँदैन । उनी भन्छन्, 'मानिसको सबैभ...

अविकास, गरीबी र कुशासनको दुष्चक्र

अविकास, गरीबी र कुशासनको दुष्चक्र

माघ ३, २०७८

‘एसियन ड्रामा’ का लेखक गुनाल मिर्डालले न्यून आम्दानी, न्यून उत्पादकत्व, कमजोर स्वास्थ्य अवस्था र सुविधाहीन आवासले मानिसलाई गरीबीको दुष्चक्रमा पुर्‍याउने यथार्थ व्याख्या गरेका थिए । यसलाई उल्टो रूप...

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

माघ ३, २०७८

उत्तर कोरियाली ‘सर्वोच्च नेता’ किम जोङ उनको तौल घटेपछि त्यहाँका जनताहरू चिन्ता प्रकट गर्दै सामूहिक रूपमा रोएका थिए ।  हुन त उत्तर कोरियामा हाँस्ने र ताली बजाउने काम पनि सामूहिक रूपमै हुन...