×

सत्तारुढ दलभित्रै २ धार

स्थानीय चुनावको मिति घोषणामा अलमल, सत्ता गठबन्धनले संविधानविद्सँग छलफल गर्ने

माघ ७, २०७८

सत्तारुढ गठबन्धनले स्थानीय तहको चुनाव कहिले गर्ने भन्ने विषयमा संविधानविद्हरूसँग छलफल गर्ने भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रवार बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले संवैधानिक अस्पष्टताबारे संविधानविद्सँग छलफल गर्ने निष्कर्ष निकालेको हो ।


Advertisment

स्थानीय तहको कार्यकालबारे संविधान र ऐनमा फरक व्यवस्था भएकाले निर्वाचन आयोग र संविधानविद्सँग छलफल गर्ने निर्णय भएको जनमोर्चा उपाध्यक्ष दुर्गा पौडेलले बताइन् । संविधानमा जनप्रतिनिधिको कार्यकाल सकिएको ६ महिनाभित्र चुनाव गर्नुपर्ने व्यवस्था रहेको तर कानूनमा कार्यकाल सकिनुअगावै गर्नुपर्ने व्यवस्था रहेकोमा केलाई आधार मान्ने भन्ने विषयमा संविधानविद्सँग परामर्श गरिने उनले बताइन् । 


Advertisment

‘संविधान र स्थानीय तह सम्बन्धी ऐन बाझिएकाले संविधानविद् र कानूनविदहरूसँग १–२ दिनमै छलफल गरेर निष्कर्षमा पुग्ने सहमति भयो,’ पौडेलले लोकान्तरसँग भनिन् ।

बैठकमा अधिकांशको धारणा संविधानको व्यवस्थालाई ऐनले काट्न नसक्ने भन्ने थियो ।

स्थानीय तहका पदाधिकारीको ५ वर्षे कार्यकाल आगामी वर्षको जेठमा सकिने भएकाले त्यसअगावै चुनाव गर्नुपर्ने प्रतिपक्षी दलको माग छ । सत्ता गठबन्धनले २०७४ सालमा स्थानीय तहको चुनाव ३ चरणमा भएकाले पछिल्लो मितिलाई आधार मानेर कार्यकाल निर्धारण गर्नुपर्ने तर्क गर्दै आएको छ । 

सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले स्थानीय तहको चुनावको मिति घोषणाबारे संविधानविद्हरूसँग छलफल गर्ने सहमति भएको जानकारी दिए । 

बैठकमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एसका अध्यक्ष माधव नेपाल लगायत सहभागी थिए । 

राजनीतिक संयन्त्रका संयोजक रामचन्द्र पौडेल, जसपा अध्यक्ष उपेन्द्र यादव र जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल बैठकमा सहभागी थिए । 

निर्वाचन आयोगले वैशाख १४ र २२ गतेका लागि स्थानीय तहको चुनाव गर्न प्रस्ताव गर्दै माघ पहिलो हप्ताभित्र मिति घोषणा गर्न सरकारसँग आग्रह गरेको थियो ।

सत्तारुढ घटक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहको चुनाव पछि सारेर वैशाखमा प्रतिनिधि सभाको चुनाव गर्न प्रस्ताव गरेका छन् । 

उपाध्यक्ष पौडेलले संविधानविद्सँग छलफल गरेर मात्र चुनावको मितिको टुंगो लाग्ने बताइन् । संविधानविद्हरूसँग परामर्श गरेर सरकारले चुनावको मिति घोषणा गर्ने मन्त्री कार्कीले बताए । 

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

संविधान संशोधनको सहमति र अन्तर्यमा लुकेको ‘दुई दलीय’ व्यवस्था !

संविधान संशोधनको सहमति र अन्तर्यमा लुकेको ‘दुई दलीय’ व्यवस्था !

असार १९, २०८१

नेपाली कांग्रेस र नेकपा (एमाले)बीच नयाँ सत्ता समीकरण बन्ने भएसँगै ‘संविधान संशोधन’ गर्ने विषय मुख्यरूपमा अघि सारिएको छ । यसले परिवर्तनका उपलब्धिलाई प्रतिबन्धित गर्छ कि गर्दैन भन्ने गम्भीर प्रश्न पनि उ...

अतिवादबाट कसरी बच्ने ?

अतिवादबाट कसरी बच्ने ?

असार १५, २०८१

जीवन आशावाद र निराशावादको बादलमा गुजुल्टिँदै आएको छ । आशा गर्नुपर्छ भन्ने पनि छन्, गर्नुहुँदैन भन्ने पनि छन् । खासगरी आध्यात्मवादी दार्शनिकहरू आशा गर्नुहुँदैन भन्छन् । भौतिकवादी दार्शनिकहरू आशावादी हुनुपर्छ भन्ने ग...

शासन प्रणालीलाई व्यवस्थित बनाउने ४ सूत्र

शासन प्रणालीलाई व्यवस्थित बनाउने ४ सूत्र

असार १४, २०८१

नागरिक र राज्यको असल सम्बन्ध नै सुशासनको विम्ब हो । शान्ति सुरक्षा, व्यावसायिक वातावरण र जनजीविकाका सवालमा राज्यले प्रतिफलमुखी काम गर्नुपर्ने हुन्छ । नागरिकको सन्तुष्टिबाट लोकतन्त्रको लाभांश प्राप्त भएको अनुभूति हुन...

x