×

दोहोरो सुविधा मोह

नैतिकता भुलेर दोहोरो सुविधा लिँदै जनप्रतिनिधि, पेन्सन र तलब दुवै एक साथ

माघ १४, २०७८

बायाँबाट क्रमश: गौतम, खड्का र तिम्सिना

तेह्रथुमको म्याङलुङ नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष रामबहादुर खड्का नेपाल सरकारका पेन्सन होल्डर हुन् । उनले नेपाल प्रहरीमा २७ वर्ष जागिर खाए  ।

गत स्थानीय तहको चुनावमा टिकट पाउने भएपछि हतारहतार राजीनामा दिए । नेपाली कांग्रेसबाट उम्मेदवार बनेका उनी निर्वाचित पनि भए ।


Advertisment

राज्यको कर्मचारी हुँदा सेवा गरेबापत सेवाबाट निवृत्तिभरण (पेन्सन) लिने गरेका खड्काले जनताको सेवा गर्छु भनेर वाचा गरे पनि वडाध्यक्षका रूपमा पारिश्रमिक पनि लिइरहेका छन् ।


Advertisment

तर, उनले मासिक पारिश्रमिक नलिएको झूटो दाबी गर्ने गरेका छन् ।

कार्यपालिकाको बैठकमा कुरा उठे पनि कसैको खल्तीबाट जाने होइन, के फरक पर्छ र भनेर बेवास्ता गरेको सोही नगरपालिकाका एक कर्मचारी बताउँछन् ।

दोहोरो सुविधा भनेर विरोध हुन्छ भन्दा पनि खड्काले नमानेको उनले बताए ।

...

मोरङको बेलबारी नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष घनश्याम गौतम पनि लामो समयसम्म शिक्षक पेशामा थिए ।

उमेर हदका कारण शिक्षक पेशाबाट बिदा भएका उनलाई एमालेले टिकट दियो । उनी निर्वाचित पनि भए ।

गौतमले पेन्सनका अलावा मासिक रूपमा २५ हजार पारिश्रमिक समेत लिने गरेको नगरपालिकाकी लेखा प्रमुख धना राईले बताइन् ।

‘अहिलेसम्म उहाँले लिन्न भन्नुभएको छैन, अरू कसैले रोक्नुपर्छ भनेका पनि छैनन्,’ राईले भनिन्, ‘प्रदेश सभाबाट पारित ऐनअनुसार नै सेवा सुविधा उपलब्ध गराउने गरेका छौं ।’

...

मोरङकै लेटाङ नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष तेजप्रसाद तिम्सिनाले पनि अन्य जनप्रतिनिधिहरूले जस्तै मासिक रूपमा पारिश्रमिक बुझ्छन् ।

तिम्सिना नेपाल प्रहरीबाट रिटायर्ड पेन्सन होल्डर समेत हुन् ।

यी त केही उदाहरण मात्र हुन्, यस्ता कैयन जनप्रतिनिधिले दोहोरो सुविधा लिँदै आएका छन् ।

कानूनमा छैन भन्दैमा नैतिकता भुलेर राज्यबाट दोहोरो सुविधा लिन नहुने भ्रष्टाचारविरुद्धका अभियन्ता प्रेम सञ्जेल बताउँछन् ।

नैतिकता सिकाउनुपर्नेले नै नैतिकता बिर्सेर राज्यलाई आर्थिक भार पारिरहेको उनको टिप्पणी छ ।

ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालका पूर्व अध्यक्ष खेमराज रेग्मीले राज्यबाट दोहोरो सुविधा लिनु अनैतिक एवं भ्रष्टाचारजन्य कार्य समेत भएको बताए ।

समाजले पचाउन नसक्ने गरी अनैतिक भ्रष्टाचार गर्नेमा जनप्रतिनिधि मात्रै नभई अन्य लाभका पदमा रहेका पूर्व कर्मचारी समेत रहेको उनले बताए ।

राज्यबाट दोहोरो सुविधा लिने कार्य रोक्न कानून नै बनाउनुपर्ने उनले बताए ।

‘यसका लागि कानून नै बनाउनुपर्छ । कानून बनाउनका लागि मन्त्री तथा कर्मचारी दुवै तयार हुनुपर्छ, तर खान पाउने ठाउँमा दुवै तयार हुँदैनन्,’ रेग्मीले भने ।

हल लोकसेवा आयोगका सदस्यहरूले पनि दोहोरो सुविधा लिइरहेको उनले बताए ।

जनताले खाई नखाई तिरेको करबाट दोहोरो सेवा सुविधा लिनेहरूले नैतिकता देखाउनुपर्ने रेग्मीको भनाइ छ ।

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

अतिवादबाट कसरी बच्ने ?

अतिवादबाट कसरी बच्ने ?

असार १५, २०८१

जीवन आशावाद र निराशावादको बादलमा गुजुल्टिँदै आएको छ । आशा गर्नुपर्छ भन्ने पनि छन्, गर्नुहुँदैन भन्ने पनि छन् । खासगरी आध्यात्मवादी दार्शनिकहरू आशा गर्नुहुँदैन भन्छन् । भौतिकवादी दार्शनिकहरू आशावादी हुनुपर्छ भन्ने ग...

शासन प्रणालीलाई व्यवस्थित बनाउने ४ सूत्र

शासन प्रणालीलाई व्यवस्थित बनाउने ४ सूत्र

असार १४, २०८१

नागरिक र राज्यको असल सम्बन्ध नै सुशासनको विम्ब हो । शान्ति सुरक्षा, व्यावसायिक वातावरण र जनजीविकाका सवालमा राज्यले प्रतिफलमुखी काम गर्नुपर्ने हुन्छ । नागरिकको सन्तुष्टिबाट लोकतन्त्रको लाभांश प्राप्त भएको अनुभूति हुन...

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

असार १२, २०८१

समाजवादको आधारभूत स्तम्भका रूपमा रहेको सहकारी अभियान यतिखेर संकटमा छ । जो कोहीले ‘सहकारी’ शब्द नै उच्चारण गर्न नसक्ने अवस्था बनेको छ । सहज वातावरण हुँदा सर्वसाधारण सहकारीबाट अ‍ैँचोपैँचो, सर...

x