×

NMB BANK
NIC ASIA

नेता रावलको स्मृति–पत्र

एमसीसीमा प्रधानमन्त्री र विपक्षी नेताबीच चोचोमोचो मिलेको समाचार आउनु उदेकलाग्दो : भीम रावल

माघ १७, २०७८

NTC
Premier Steels

नेकपा एमालेका नेता तथा सांसद भीम रावलले राष्ट्रिय हित र स्वाधीनमा आँच पुर्‍याउने एमसीसीसँगको सम्झौता अनुमोदनका बारेमा प्रधानमन्त्री र प्रमुख विपक्षी दलका नेताबीच चोचोमोचो मिलेको समाचार आउनु उदेकलाग्दो भएको बताएका छन् ।

Muktinath Bank

एमसीसी सम्बन्धमा सोमवार प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, दलका नेता तथा सांसदहरूको नाममा खुला स्मृति–पत्र सार्वजनिक गर्दै नेता रावलले सोधेका छन्, ‘प्रधानमन्त्री पद प्राप्तिका लागि संघर्ष गर्ने, अरुभन्दा आफूलाई अब्बल देखाउन बल गर्ने तर राष्ट्रिय हित र स्वाधीनमा आँच पुर्‍याउने एमसीसीसँगको सम्झौता अनुमोदनका बारेमा प्रधानमन्त्री र प्रमुख विपक्षी दलका नेताबीच चोचोमोचो मिलेको भन्ने समाचार आइरहँदा कुनै पनि इमान्दार राजनीतिकर्मीलाई उदेक लाग्नु स्वाभाविक होइन र ? यस्तो कुरामा चोचोमोचो नगरी अरु राजनीतिक मतभेद भए पनि देशको स्वतन्त्रता, स्वाधीनता, स्वाभिमान र हितको पक्षमा सत्ता पक्ष र प्रमुख विपक्षीका बीचमा साझा धारणा हुनुपर्ने होइन र ? तर उक्त प्रकारको उल्टो बाटोमा अग्रसर हुने बाध्यता कसले, कुन अभिष्का लागि खडा गरिरहेको छ ?’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेता रावलले अगाडि भनेका छन्, ‘एकातर्फ सरकारहरू अस्थिर हुने, न्यायपालिका अन्योलग्रस्त बन्ने, व्यवस्थापिका चल्नै नसकी कुनै निकास दिन नसक्ने, राजनीति, अर्थतन्त्र र राष्ट्रिय सुरक्षा कमजोर हुने र अर्काेतर्फ यही बेला राष्ट्रघाती प्रावधान भएको एमसीसीसँगको सम्झौता अनुमोदन गर्न सरकार तथा कतिपय नेताहरू अग्रसर हुने स्थिति कतै नेपाललाई असफल राष्ट्रको गर्तमान धकेल्ने दुष्चक्रको परिणाम त होइन भन्ने आशंका उत्पन्न हुँदैन र ? जनताको व्यापक सरोकार भएको संवेदनशील र संसदमा विचाराधीन विषयमा प्रधानमन्त्री देउवा र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसीसीलाई के पत्र पठाउनुभयो ? यस्तो संसदमा विचाराधीन विषयमा प्रधानमन्त्री वा कुनै नेताले व्यक्तिगत राय दिएर विदेशीलाई पत्र लेख्न मिल्छ ? यो पत्र अविलम्ब सार्वजनिक गरियोस् ।’


Advertisment
Nabil box
Kumari

नेता रावलले मातृभूमि नेपालको स्वतन्त्र व्यक्तित्वमा एमसीसीसँगको सम्झौताका राष्ट्रघाती प्रावधानहरूको धक्का लाग्न नदिन अपिल गरेका छन् ।

Vianet communication

उनले भने, ‘सबै एक भएर मित्रराष्ट्र अमेरिकालाई भनौंः हाम्रो संविधान, राष्ट्रिय स्वाधीनता र हितसँग बाझिने सम्झौताका प्रावधानहरू औपचारिक र विधिसम्मत किसिमले संशोधन र परिवर्तन हुनुपर्छ । त्यसो गर्न सकिन्न र मिल्दैन भने यो सम्झौता अनुमोदन हुन सक्दैन र रद्द हुनुपर्छ ।’ 

पढ्नुहोस् स्मृति–पत्रको पूर्णपाठ –

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x