×

NMB BANK
NIC ASIA

तमाम् अन्योल र आशंकाबीच सत्ता गठबन्धनले शनिबार एउटा निर्णय गर्यो– स्थानीय तहको चुनाव जेठ महिना भित्रै गर्नेगरी मिति तोक्न सरकारलाई सुझाव दिने । गठबन्धनभित्र कहिले स्थानीय तहकोभन्दा पहिला प्रतिनिधि सभाको चुनाव गर्ने, कहिले कानून संशोधन गरेर मंसिरमा स्थानीय तहको चुनाव गर्ने र कहिले तीनै तहको चुनाव एकैपटक गर्नेजस्ता बहसले गएको एक महिनाको समय व्यर्थै खेर गयो । 

Muktinath Bank

वैशाखको सट्टा जेठ महिनामै भएपनि स्थानीय तहको चुनाव गर्ने सत्ता गठबन्धनको निर्णयको स्वागत भयो । गठबन्धनको त्यो निर्णयले लिकबाट डिरेल हुन लागेको संवैधानिक प्रक्रिया नबिथोलिनेमा धेरैले आशा व्यक्त गरिरहेका छन् । गठबन्धनमा भएको सहमति अनुसार सरकारले अविलम्ब स्थानीय तहको मिति घोषणा गर्नुपर्ने थियो । तर, आइतबार साँझदेखि निर्वाचन मिति घोषणामा अर्को संशय थपिएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपालमा एकवर्षदेखि चरम विवादको विषय बनिरहेको अमेरिकी आर्थिक सहयोग कार्यक्रम मिलेनिमय च्यालेन्ज कर्पोरेसन (एमसीसी)सँगको सम्झौता अनुमोदनको विषयलाई प्रधानमन्त्री शेरबहादुर देउवाले चुनाव मिति घोषणा अघिको शर्त बनाएका छन् । एमसीसी अनुमोदनको विवादले गठबन्धन नै भत्किने सम्मका टिकाटिप्पणी भइरहेका छन् । 


Advertisment
Nabil box
Kumari

शनिबार गठबन्धनमा एमसीसी अनुमोदनको कुरा उठेपछि प्रतिनिधि सभाको बैठक नाटकीय ढंगले १० दिनको लागि पर धकेलियो । नेकपा एमालेको विरोधका कारण चल्न नसकेको प्रतिनिधि सभा बैठक सूचनामार्फत पटक पटक सार्दै आइएको थियो । 

Vianet communication
तर, आइतबारका लागि सम्भावित कार्यसूची तयार भई कार्यव्यबस्था परामर्श समितिको बैठक समेत तय भइसकेको अवस्थामा प्रतिनिधि सभाको स्थगन अस्वभाविक थियो । भलै, प्रतिनिधि सभा विघटनमा कोरोना संक्रमणको जोखिम गतिलो बाहनाबाजी बन्यो । 

एमसीसी अनुमोदनको विषयमा कुनै पनि दलभित्र मतैक्य छैन, स्वयं प्रधानमन्त्री देउवाको दल नेपाली कांग्रेस भित्र पनि एमसीसी पारित गर्नुपर्नेमा सर्वसम्मती छैन् । ‘एमसीसी अनुमोदन भए भोटमाग्न नआउनु होला भनेर मेरै मतदाताले भने’ अहिले सरकारमा सहभागि रहेका एक मन्त्रीले केही समय पहिले पंक्तिकारसँग भनेका थिए । एमसीसीको विषय आगामी चुनावमा मतदाता प्रभावित गर्ने एजेण्डा बन्न सक्ने कांग्रेसका कतिपय नेताको विश्लेषण छ ।

उच्चस्तरीय संयन्त्रका संयोजक समेत रहेका कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकान्तरसँगको कुराकानीमा एमसीसी अनुमोदनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल समेत सकारात्मक रहेको दावी गरेका छन् । तर, एमसीसी अनुमोदन बारे गृहकार्य गर्न गठबन्धनले बनाएको कार्यदलका सदस्यहरु यथास्थितीमा एमसीसी पास गर्न नहुने पक्षमा छन् । 

कार्यदलका सदस्यहरु नेकपा एसका वरिष्ठ नेता झलनाथ खनाल र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले एमसीसी पास गर्न नहुने विषयमा अडान राखेका छन् । एमसीसीको विरोध गरेका दुइ दलमध्ये माओवादी केन्द्रमा एमसीसी अनुमोदन गर्न नहुने पक्षमा बलियो मत छ । 

विगतमा प्रचण्डको सेक्युरिटी गार्ड रहिसकेका बागमती प्रदेश सभाका सदस्य युवराज दुलालले एमसीसी अनुमोदन गर्ने शर्तमा माओवादी गठबन्धन त्याग्न तयार रहनुपर्छ भन्ने आशयको अभिव्यक्ति सार्वजनिक गरेका छन् । एमसीसी गलपासो हुने भएकोले कुनै पनि शर्तमा अनुमोदन गर्न नहुने मत माओवादीभित्र बलियो छ । 

पछिल्लो दशकमा एमसीसी यस्तो विषय बनेको छ, जसले राजनीति मात्र होइन नेपाली समाजलाई स्पष्ट ध्रुविकृत गरिदिएको छ । एमसीसीबारेको सही ज्ञानको अभावमा समाज यसरी धु्रविकृत भएको छ कि– कोही भन्छन, एमसीसी नभई देशको समृद्धि असम्भव छ र अर्कोथरी एमसीसी आए देशको स्वाधिनता समाप्त हुन्छ । 

प्रचण्ड न गठबन्धन तोड्न राजी छन, न एमसीसी अनुमोदन गर्न । एमसीसी ‘नो’ पनि भन्न नसक्ने अनुमोदनको लागि तयार पनि नहुने विलखबन्धमा प्रचण्ड छन् । एउटा आर्थिक सहायता लिने कि नलिने भन्ने विवादले नेपालका प्रत्येक नागरिकसँग सरोकार राख्ने स्थानीय तहको चुनाव घोषणामा अलमल र ढिलाइ भइरहेको छ ।

एमसीसीको सम्झौता अध्ययन गर्न नपाएका आम सर्वसाधारणमा यो अनुमोदन भए नेपालमा अमेरिकी सेना आउँछ भन्ने भम्र छरिएको छ । आम जनताको कुरा नगरौ, एमसीसीको एजेण्डामा मतदान गर्ने संघीय संसदका सदस्यहरु नै यसबारे कुइरोको काग जस्तै छन् । संसदीय व्यबस्थामा दलीय ह्वीप लाग्ने भएकोले एकाध अपवाद बाहेक सांसदहरुले दलीय निर्देशन पालना गर्नु अनिवार्य हुनेछ ।  

अग्रपंक्तिमा रहेर एमसीसीको विरोध गर्दै आएका नेकपा एमालेका नेता भीम रावल र माओवादी केन्द्रका नेता देव गुरूङले एमसीसीसँगै गरिएका गोप्य सम्झौता सार्वजनिक गर्नुपर्ने माग संसदमा उठाएका छन् । अर्थात उनीहरुले सांसदहरुलाई नै गुमराहमा राखिएको भन्दै आएका छन् । 

एमसीसी अनुमोदनको गृहकार्य भइरहेको समयमा सोमबार नेता रावलले प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष र दलका नेताहरुलाई सम्बोधन गर्दै ७ बुँदे स्मृतिपत्र सार्वजनिक गरेका छन् । स्मृतिपत्रमार्फत रावलले एमसीसी सम्बन्धमा प्रधानमन्त्री र प्रतिपक्षी दलका नेताको चोचोमोचो मिल्नु उदेकलाग्दो भन्दै टिप्पणी गरेका छन् । 

स्मरणीय छ, प्रधानमन्त्री देउवाको दूतको रूपमा सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले सोमबार पनि एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका थिए । २०७४ सालमा देउवा प्रधानमन्त्री रहेको समयमा अर्थमन्त्री रहेका कार्कीले नै एमसीसीमा हस्ताक्षर गरेका थिए । ओलीसँग कार्कीले कुरा गरेपछि बालुवाटारमा देउवा र प्रचण्डबीच कुराकानी भएको थियो । 

एमसीसी घरेलु विषयसँग मात्र नभइ भूराजनीतिसँग पनि गाँसिएको विषय भएकोले जटिल बन्न पुगेको छ । एमसीसीको अनुमोदन या अस्वीकार दुवै कुराले नेपाललाई दूरगामी प्रभाव पार्ने जानकारहरुको भनाइ छ । कतिपयले एमसीसीलाई इन्डो–प्यासिफिक रणनीतिको अंगको रुपमा व्याख्या गरिरहेका छन् ।

एमसीसीमा सबभन्दा बढी अप्ठ्यारो माओवादी अध्यक्ष प्रचण्डलाई परेको बुझ्न कठीन छैन । प्रचण्ड न गठबन्धन तोड्न राजी छन, न एमसीसी अनुमोदन गर्न । एमसीसी ‘नो’ पनि भन्न नसक्ने अनुमोदनको लागि तयार पनि नहुने विलखबन्धमा प्रचण्ड छन् । 

अख्तियार लगायत संवैधानिक निकायमा गरिएको नियुक्तिको विरोधमा फुटअघिको नेकपाको एउटा खेमाले गरेको बन्दका क्रममा पुल्चोकमा एमसीसीविरुद्ध नारावाजी भएपछि प्रचण्डले रोक्न निर्देशन दिएको भिडियो भाइरल बनेको थियो । धेरैको अनुमान अन्तिममा प्रचण्ड पनि एमसीसीमा सहमत हुन्छन भन्ने छ । 

एउटा आर्थिक सहायता लिने कि नलिने भन्ने विवादले नेपालका प्रत्येक नागरिकसँग सरोकार राख्ने स्थानीय तहको चुनाव घोषणामा अलमल र ढिलाइ भइरहेको छ । स्थानीय तहलाई पदाधिकारी विहीन बन्न नदिन अर्थात संवैधानिक अड्चन आउन नदिन निर्वाचन आयोगले वैशाख १४ र २२ का लागि चुनावको मिति घोषणा गर्न सरकारलाई सिफारिश गरेको छ । तर, सरकारले निर्वाचन आयोगसँग छलफलका लागि समय नै दिएको छैन् । 

वैशाख या गठबन्धनले भनेकै जेठ महिनामा चुनाव गर्नको लागि चुनावको मिति घोषणा गर्न ढिलो भइसकेको छ । चुनाव मिति घोषणा गर्न दिन होइन घण्टा घण्टाको समयले पनि अर्थ राख्छ । जति छिटो मिति घोषणा भयो आयोगका लागि चुनावी तयारी गर्न उति नै सहज हुनेछ । 

एउटा वैदेशिक सहयोग अनुमोदन गर्ने या नगर्ने विषयलाई लिएर लोकतन्त्रको धमनी मानिने स्थानीय तहको चुनावको मिति घोषणामा विलम्ब हुनु दुभाग्यपूर्ण हो । एमसीसी अनुमोदन हुने या नहुने तथा गठबन्धन टुट्ने या नटुटने विषयलाई दाउपेच नबनाइ अविलम्व चुनावको मिति घोषणा गर्नुपर्छ । कुनै पनि बाहानामा स्थानीय तहको चुनावलाई पर धकेल्ने प्रयास विरुद्ध जनआक्रोश विस्फोट हुनसक्छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २६, २०८०

दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...

माघ २, २०८०

आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...

बैशाख ११, २०८१

फागुन २१ मा नाटकीय ढंगले सत्ता समीकरण बदलिएको दुई महिना पनि नबित्दै नयाँ समीकरणका लागि कसरत भइरहेको संकेत देखिएको छ । नेपाली राजनीति तथा सत्ताका खेलाडीसँग निकट विश्वसनीय स्रोतले भित्रभित्रै अर्को नयाँ स...

मंसिर १०, २०८०

सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...

पुस १८, २०८०

देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...

पुस ६, २०८०

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x