×

NMB BANK
NIC ASIA

बालकुमारी मन्दिरबाट हराएको मूर्ति खोजीमा मन्त्री भुसालको चासो, गृहमन्त्रीलाई ज्ञापनपत्र

माघ २०, २०७८

NTC
Premier Steels

ललितपुर महानगरपालिका–२७ को सुनाकोठीस्थित बालकुमारीको मन्दिरबाट हराएको मूर्ति  सक्रियतापूर्वक खोजी गर्न गृहमन्त्री बालकृष्ण खाँडलाई त्यहाँका जनप्रतिनिधिसहितको टोलीले ज्ञापनपत्र बुझाएको छ ।

Muktinath Bank

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालको नेतृत्वमा आज गृह मन्त्रालय पुगेको टोलीले मूर्ति चोरीको घटनालाई प्रमुख प्राथमिकता साथ खोजी तथा अनुसन्धान गर्न ज्ञापनपत्र बुझाएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गृहमन्त्री खाँडलाई बुझाइएको ज्ञापन पत्रमा भनिएको छ –कुनै विलम्ब नगरी केन्द्रीय अनुसन्धान महाशाखाबाट तत्काल उक्त चोरीको सुक्ष्मभन्दा सुक्ष्म तवरले खोजी तथा अनुसन्धान गर्न आग्रह गर्दछौँ । मूर्ति चोरीमा संलग्नलाई पक्राउ गरी चोरीको महलमात्र नभई  प्रचिन स्मारक संरक्षण ऐन २०१३ अनुसार हदैसम्म कारबाही गर्न हामी स्थानीयवासीहरू जोडदार माग गर्दछौँ ।


Advertisment
Nabil box
Kumari

यही माघ ८ गते राति पूरातात्विक महत्वको बालकुमारी माताको मूर्ति चोरी भएको थियो । मूर्तिलाई लगाई दिएको सुनका गरगहनामेत चोरी भएको थियो । मूर्ति चोरी हुँदा सुनाकोठीका बासीन्दाहरू अत्यन्त मर्माहत भएको उल्लेख गर्दै ज्ञापनपत्रमा भनिएको छ – हामीहरूको आस्था र विश्वासको रुपमा रहेको मूर्ति चोरीका घटनाले धर्म, संस्कृति, परम्परा र रितीरिवाजमा ठूलो क्षति हुन गएको छ ।

Vianet communication

स्थानीयवासीले मूर्ति चोरी भएको जानकारी दिनासाथ स्थानीय प्रशासनको साथमा आफूले घटनास्थलको निरीक्षण गरेको जानकारी गराउँदै मन्त्री भुसालले स्थानीय जनताको आस्थाको मूर्ति  खोजीकार्यलाई प्रभावकारी तुल्याउन गृहमन्त्री समक्ष आग्रह गरिन् । उनले केन्द्रीय अपराध अनुसन्धान महाशाखाबाट घटनाबारे अनुसन्धान गर्न र स्थलगत निरीक्षण गर्न गृहमन्त्रीलाई आग्रह गरिन् ।

मन्त्री भुसालको नेतृत्वमा गएको टोलीमा प्रदेशसभा सदस्य द्वय राजकाजी महर्जन र दिनेश महर्जनसहित गुठी मुल नायोमा नन्दबहादुर महर्जन, कृष्णहरि महर्जन, ललितपुर महानगर वडा नं २७ का अध्यक्ष बाबुराजा महर्जन महर्जन र वडा नं २६ का वडा अध्यक्ष सुरेश महर्जनसहितको सहभागिता थियो ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x