२६ असार २०८३, शुक्रबार

ब्रेन्टफोर्डलाई हराउँदै एभर्टन पाँचौं चरणमा प्रवेश

माघ २३, २०७८
ब्रेन्टफोर्डलाई हराउँदै एभर्टन पाँचौं चरणमा प्रवेश

प्रिमियर लिग क्लब एभर्टन एफए कप फुटबलको पाँचौं चरणमा प्रवेश गरेको छ ।

शनिबार राति भएको खेलमा ब्रेन्टफोर्डलाई ४-१ गोल अन्तरले हराउँदै एभर्टन पाँचौं चरणमा पुगेको हो ।

एभर्टनको जितमा एरी मिना, रिचार्लिसन, मासन होल्गेट र एन्ड्रोस टाउनसेन्डले एक एक गोल गरे ।

 जितसँगै मुख्य प्रशिक्षक फ्रान्क लाम्पार्डले एभर्टनमा उत्कृष्ट सुरुवात गरेका छन् ।

लाम्पार्डले आफ्नो पहिलो खेलमै क्लबलाई जित दिलाएका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्