×

NIC ASIA

केन्द्रीय कार्यसम्पादन समितिको बैठक

एमसीसी छिटो अनुमोदन गर्नुपर्ने कांग्रेसको निष्कर्ष, प्रवक्ता भन्छन्–अमेरिकाले चासो राखेको हो, दबाब दिएको छैन

माघ २८, २०७८

Prabhu Bank
NTC
Premier Steels

सरकारको नेतृत्वकर्ता दल नेपाली कांग्रेसले विबादमा परेको अमेरिकी आर्थिक सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) यथासक्य छिटो पारित गर्नुपर्ने निष्कर्ष निकालेको छ । अन्य दललाई समेत सहमत गराएर एमसीसी पास गर्नुपर्नेमा कांग्रेसका अधिकांश नेताहरूले जोड दिएका छन् । 

Muktinath Bank

बिहीवार र शुक्रवार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा बोल्ने नेताहरूले एमसीसी अनुमोदनमा ढिलाइ गर्न नहुने धारणा राखेका हुन् । कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले एमसीसीलाई लामो समय अन्योलमा राख्न नहुने पार्टीको धारणा रहेको बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘एमसीसी बारे सदस्यहरूबाट आआफ्नो धारणा व्यक्त भएको छ । कसरी अरु दललाई सहमत गराएर पारित गर्ने भन्ने छलफल भएको छ’ महतले भने, ‘हामीले नै प्रस्ताव गरेको विषय हो, हामीले प्रस्ताव गरेको प्राथमिकता क्षेत्रमा सहयोग आउँदैछ । अन्योलमा राख्नु हुँदैन भन्ने पार्टीको धारणा छ ।’ 


Advertisment
Nabil box
Kumari

कांग्रेस प्रवक्ता महतले एमसीसी अनुमोदनका लागि अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लूले के कारणले एमसीसी अप्ठेरोमा परेको हो भनेर नेताहरूसँग जिज्ञासा राखेको बताए ।

Vianet communication

‘नेताहरूलाई फोन आएको छ, अवस्य पनि उहाँहरूको चासो र जिज्ञासा छ, तपाईंहरूले प्रस्ताव गरेको क्षेत्रमा सहयोग बढाएका हौं । पास गर्ने प्रतिबद्धता जनाउनु भएको हो । के कारणले अप्ठेरोमा परेको छ भनेर प्रश्न गर्नु अस्वभाविक होइन,’ महतले भने, ‘हाम्रो तर्फबाट अगाडि बढाउने र चाडो टुंगो लगाउने कोशिष भइरहेको छ भन्ने जवाफ दिएका छौं ।’

कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा लगायत नेतालाई सहायक विदेशमन्त्री लुले बिहीवार फोन गरेका थिए । 

पूर्व परराष्ट्र मन्त्री समेत रहेका महतले अमेरिकी विदेशमन्त्रीले एमसीसी अनुमोदनका लागि गरेको आग्रहलाई दवाव भन्न नमिल्ने जिकिर गरे ।

‘यसलाई दवाव भन्न मिल्दैन, बाबुराम भट्टराई देखि केपी ओलीसम्म सबैको सहभागिता छ । कुनैपनि पार्टीहरूले नकारेका छैनन् । हामी सबै सहभागि भएको निर्णय प्रक्रियाबाट एमसीसी अगाडि बढाउन किन ढिला भयो भन्ने प्रश्न आउने कुरालाई अस्वभाविक रुपमा लिनु हुँदैन’ महतले भने । 

शुक्रवारको बैठकमा डा. शेखर कोइराला लगायत नेताहरूले एमसीसीको विषयलाई छिटो टुंगोमा पुर्याउनुपर्ने बताएका थिए ।

कांग्रेस कार्यसम्पादन समितिको बैठक आइतवार दिउसो २ बजे पुनः बस्ने प्रवक्ता महतले जानकारी दिए । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x