×

NIC ASIA

सरसर्ती २४ घण्टा : एमसीसी तत्काल पारित हुनुपर्ने काँग्रेसको निष्कर्ष, एमाले खुलेन

माघ २९, २०७८

Prabhu Bank
NTC
Premier Steels

सरकारको नेतृत्वकर्ता दल नेपाली कांग्रेसले विबादमा परेको अमेरिकी आर्थिक सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) यथासक्य छिटो पारित गर्नुपर्ने निष्कर्ष निकालेको छ । अन्य दललाई समेत सहमत गराएर एमसीसी पास गर्नुपर्नेमा कांग्रेसका अधिकांश नेताहरूले जोड दिएका छन् । बिहीवार र शुक्रवार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा बोल्ने नेताहरूले एमसीसी अनुमोदनमा ढिलाइ गर्न नहुने धारणा राखेका हुन् । कांग्रेस प्रवक्ता डा। प्रकाशशरण महतले एमसीसीलाई लामो समय अन्योलमा राख्न नहुने पार्टीको धारणा रहेको बताए ।

Muktinath Bank

यसैगरी यसैगरी कांग्रेस नेता डा शेखर कोइरालाले एमसीसीबारे यथाशीघ्र निकास दिनुपर्ने बताएका छन् । केन्द्रीय कार्यसम्पादन समिति बैठकमा उनले सम्भव भए राजनीतिक दलहरूको सहमतिबाट नभए संसदीय प्रक्रियामार्फत यथाशीघ्र निकास दिनुपर्ने बताएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘यदि एमसीसीबारे गठबन्धनमा सहमति नजुट्ने र संसदीय प्रक्रियामा पनि लान नदिने हो भने अहिलेको गठबन्धन, सरकार, हाम्रो पार्टी र संसदको क्षमतामाथि नै गम्भीर प्रश्नहरू तेर्सिने देख्दैछु,’ उनले भने, ‘नेपालको विकासका लागि आएको अनुदानलाई विभिन्न रङ दिएर अहिले भइरहेको राजनीति सस्तो लोकप्रियताका लागि हो भन्ने मेरो ठहर छ ।’


Advertisment
Nabil box
Kumari

एमसीसी लफडाकै बीच नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई एमसीसीबारे निर्णय लिन आग्रह गरेका छन् ।
बिहीवार राति प्रचण्डले  टेलिफोन सम्पर्क गरी एमसीसीबारे निर्णय लिन ओलीलाई आग्रह गरेको उनी निकट स्रोतले जनाएको छ ।

Vianet communication

टेलिफोन सम्वादका क्रममा ओलीले भने पहिले माओवादी र गठबन्धनले नै यसबारे निर्णय गर्नुपर्ने बताएका छन् ।

एमसीसीकै विषयमा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी आर्थिक सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)लाई पत्र लेख्नु प्रोटोकल र राष्ट्रिय स्वाभिमानविपरीत भएको टिप्पणी गरेका छन् । गठबन्धनको विरोधाभाषले विकास परियोजनालाई भूराजनीतिक स्वार्थ बनाएको उनले टिप्पणी गरे ।

पार्टी कार्यकर्तालाई शुक्रवार भर्चुअल सम्बोधन गर्दै ओलीले सरकारका कारण देश गम्भीर खेलबाड, खेलाँची र गैरजिम्मेवारीपनको शिकार भइरहेको बताएका हुन् ।

‘पाँच महिनामा एमसीसी पारित गर्छौं भनेर एमसीसीका अधिकारीसँग गोप्य पत्राचार गर्ने अनि यता पास गर्नै हुँदैन भनेर उचाल्छन् । एउटा नेता पक्षमा बोल्छ, अर्को विरोधमा बोल्छ । अमेरिकासँग एउटा, अर्को देशसँग अर्को, पार्टीभित्र अर्कै गैरजिम्मेवार, धोकापूर्ण र दुई जिब्रे कुरा गरिरहेका छन्,’ ओलीले भने ।

यसैबीच नेकपा एमालेका नेता भीम रावलले विदेशी स्वार्थ र दबाबसामु आत्मसमर्पण गर्नु देश र जनताप्रतिको गद्दारी भएको बताएका छन् । उनले शुक्रवार ट्वीटरमा लेखेका छन्, ‘नेपालको स्वाधीनता, स्वतन्त्रता र हितविपरीतका एमसीसीका प्रावधानहरूप्रति आँखा चिम्लेर विदेशी स्वार्थ र दबाबका सामु आत्मसमर्पण गर्नु देश र जनताप्रतिको गद्दारी र राष्ट्रलाई पराधीन तुल्याउने बाटोमा धकेल्ने अपराध हो ।’

लोकान्तर राउण्ड अपमा अब अन्य समाचारः
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले संसद्लाई निष्प्रभावी बनाएको आरोप लगाएका छन् ।
आफूहरूले संसद्मा प्रतिपक्षको भूमिका निर्वाह गर्न खोजे पनि सरकारले वातावरण नबनाएको ओलीले आरोप लगाए ।

स्थानीय तहको निर्वाचन लक्षित पार्टी प्रशिक्षण कार्यक्रमलाई शुक्रवार भर्चुअल सम्बोधन गर्दै ओलीले अहिले भत्ता पचाउने हिसाबले मात्र संसद् अस्तित्वमा रहेको बताएका हुन् ।

‘भत्ता पचाउने हिसाबले मात्र संसद् अस्तित्वमा छ, अत्यन्त गैरजिम्मेवार तरिकाले संसद् चलेको छ,’ ओलीले भने, ‘संसद् निरर्थक भइरहेको छ, निर्वाचन हुन पनि नदिने, संसद् पनि  नचलाउने गैरजिम्मेवार काम भइरहेको छ । संसद्लाई निष्प्रभावी बनाएर राखिरहने, कोमामा लगेर राखिदिने काम भएको छ । ज्यूँदो छैन भनौँ भने ज्यूँदो छ, ताजा जनादेश लिन प्रतिगमन हुन्छ भन्ने गठबन्धनकारी छन्, अग्रगमनकारी संसद्लाई निष्प्रभावी बनाइएको छ ।’
००००
स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले आफूले मन्त्रालयको कार्यभार सम्हालेपछिको प्रगति विवरण सार्वजनिक गरेका छन् ।  
असोज २२ गते स्वास्थ्यमन्त्रीको जिम्मेवारी सम्हालेका खतिवडाले शुक्रवार हालसम्मको प्रगति विवरण सार्वजनिक गरेका हुन् ।
विवरणमा स्वास्थ्यमन्त्रीले कोरोनाविरुद्धको खोपलाई महत्त्व दिएको देखिएको छ ।
००००
दाङमा विद्युत सर्ट भएर भएको आगलागीको घटनामा ५ जनाको मृत्यु भएको छ। शुक्रबार राति तुलसीपुरमा रहेको इरम फुटवेयर जुत्ताचप्पल पसलको गोदाममा आगलागी हुँदा ५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
मृत्यु हुनेमा १३ वर्षीया सजिता खातुन, १४ वर्षीय हसन बकस, १५ वर्षीय मसिन बकस, ४० वर्षीय नजरदिन अली, पाँच वर्षीय, अबिददिन अलीको मृत्यु भएको  प्रहरी जनाएको छ ।  
००००
पछिल्लो २४ घण्टामा ११२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ९८९ नमूना परीक्षणमध्ये ६६६ पीसीआर र ४६२ जनामा एन्टिजेन पोजिटिभ देखिएको हो । यस्तै पछिल्लो २४ घण्टामा संक्रमणबाट १४ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार थप २२१५ जना संक्रमणमुक्त भएका छन् ।
००००
राष्ट्रिय मान्यता प्राप्त नगरेका राजनीतिक दलहरूलाई स्थानीय निर्वाचनमा पार्टीको चुनाव चिह्न नदिने कानूनी व्यवस्थाका विरुद्ध संघर्ष गर्न २३ वटा दलले संघर्ष समिति गठन गरेका छन् ।
शुक्रवार विवेकशील साझा पार्टीको केन्द्रीय कार्यालयमा बसेको बैठकले निर्वाचन आयोगमा दर्ता भएर सम्पूर्ण विधि प्रक्रिया पूरा गरेका दलहरूलाई स्थानीय निर्वाचनमा पार्टीको चुनाव चिह्न प्रयोग गर्न नदिने कानूनी व्यवस्था अन्यायपूर्ण भएको ठहर गरेको समेत गरेको छ ।
००००
केही दिनदेखि दक्षिण कोरियामा पुनः कोरोना भाइरसको सङ्क्रमण दर तीव्र गतिमा फैलन थालेपछि कोरिया सरकारले नेपाललगायत अन्य देशबाट श्रमिक लैजान रोक लगाएको छ । पुनः कोरोना भाइरसको सङ्क्रमण दर तीव्र गतिमा फैलन थालेपछि नेपाललगायत अन्य देशबाट समेत श्रमिक लैजान रोक लगाइएको र १४ फेब्रुअरीमा तय भएको नियमित उडान तालिका स्थगन गरिएको दक्षिण कोरियाको श्रम तथा रोजगार मन्त्रालयलाई उद्धत गर्दै सउलस्थित नेपाली दूतावासले जानकारी गराएको छ ।
००००
नेपाल डेरी एशोसिएशन र डेरी उद्योग सङ्घले दूधको मूल्य लिटर १० रुपैयाँ वृद्धि गर्ने घोषणा गरेका छन् । निजी क्षेत्रबाट दूध बिक्री गर्ने यी दुई डेरी उद्योगले शुक्रबार पत्रकार सम्मेलन गरी सरकारले निर्धारण गरेको दूधको मूल्य आफूहरूलाई मान्य नहुने भन्दै यही फागुन १ गतेदेखि लागू हुने गरी दूधको प्रतिलिटर मूल्य १० रुपैयाँले बढाएर ८६ रुपैयाँ कायम गरेको घोषणा गरेका हुन् ।
००००
नेपाल उद्योग वाणिज्य महासङ्घले निक्षेपमा ब्याज वृद्धिको निर्णय तत्काल स्थगन गर्न आग्रह गरेको छ । नेपाल बैंकर्स सङ्घ निक्षेपको व्याजदरमा वृद्धि गर्ने निर्णय सार्वजनकि भए लगत्तै महासङ्घले कडा आपत्ति जनाउँदै तत्काल उक्त निर्णय स्थगन गर्न आग्रह गरेको हो ।
००००
अखिल नेपाल फुटबल संघ (एन्फा) को साधारण सभा स्थगित गरिएको छ । एन्फा महासचिव इन्द्रमान तुलाधरले एक विज्ञप्ति जारी गर्दै माघ २९ गते विहान ९ बजे भर्चुअल रुपमा हुने भनिएको संघको साधारण सभा प्राविधिक कारणले स्थगित गरिएको जानकारी दिएका छन् ।
००००
चारदेशीय टी–ट्वान्टी क्रिकेट सिरिजअन्तर्गत नेपालले पहिलो खेलमा ओमानलाई ६ विकेटले पराजित गर्दै विजयी भएको छ ।  ओमनको अल अमेरात क्रिकेट ग्राउन्डमा १३६ रनको विजयी लक्ष्य नेपालले १९ दशमलव ३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x