मंसिर १४, २०८०
प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...
चन्द्रेश्वरप्रसाद मेहता सुनसरीको देवानगञ्ज गाउँपालिका–४ का वडाध्यक्ष हुन् । वडाध्यक्ष मेहताको जीवनशैली अरु जनप्रतिनिधिभन्दा फरक छ ।
उनी जनताको कामसँगै आफ्नै देशको माटोमा नङ्ग्रा समेत खियाउने गर्छन् । जनताको घरदैलोसँगै कृषि गर्ने खेतबारीमा उनी सक्रिय हुन्छन् ।
यतिबेला उनी वडामा जनताको कामसँगै बारीमा लगाएको आलु भित्र्याउन व्यस्त छन् । २२ विगाहा जमिनमा लगाएको आलु खन्ने काममा व्यस्त भएको उनले बताए । २२ बिगाहामध्ये ११ बिगाहामा लगाएको आलु खनेर बिक्री समेत गरिसकेको उनले बताए । ‘११ बिगाहाको आलु बिक्री गर्दा ५ लाख रुपैयाँ नाफा भयो,’ मेहताले भने । रोप्दादेखि बजार पुर्याउँदासम्म ३ लाख रुपैयाँ खर्च भएको थियो ।
उनीसँगै स्थानीय १ हजार १३० किसान आलुखेती गर्छन् । त्यहाँ उत्पादित आलु प्रदेश राजधानीदेखि संघीय राजधानीका भान्सासम्म पुग्ने गर्छ । उत्पादन गरेका आलु लगायत अन्य तरकारी विराटनगर, इटहरी, धरान, काठमाडौं, वीरगञ्जका ब्यापारीले बारीबाटै उठाइदिने गरेका छन् ।
काउली, बन्दा लगायतका तरकारी समेत उत्पादन गरेर बजारमा बस्नेहरूको भान्सामा पुर्याउने गरेका छन् गाउँलेले । ठेक्कामा रोप्न तथा गोड्न दिए पनि अरुले गरेको काम चित्त नबुझ्ने भएकाले आफैं पनि काममा निस्कने गरेको वडाध्यक्ष महतोले बताए ।
प्रतिबिगाहा ८ हजारमा रोप्न र ८ हजारमै गोडमेल गर्न ठेक्का दिने गरेको उनले बताए । १ रुपैयाँ प्रतिकिलो खन्न दिने गरेको उनले बताए ।
एउटै आलु १ किलोग्राम
वडाध्यक्ष महतोको बारीमा एउटै आलु १ किलोग्रामसम्मको फलेको छ । प्रतिकट्ठा १७ मनभन्दा बढी उत्पादन हुने गर्छ । किसानले छिटो र धेरै उत्पादन दिने खालका बिउ ल्याएर रोप्ने गरेका छन् । ६० दिनमा उत्पादन दिने र सबैभन्दा बढी उत्पादन दिने गरी कृषिका कर्मचारीले सिफारीस गरेको बिउ ल्याएर रोप्ने गरेको वडाध्यक्ष मेहताले बताए ।
आफूले उत्पादन गरेको १ किलोको आलु १ नम्बर प्रदेशका कृषिमन्त्री झलकबहादुर मगरलाई देखाएर किसानका समस्या सुनाउन विराटनगर जाने तयारी रहेको मेहताले बताए । ‘अन्य किसानसहित गएर मन्त्रीलाई आलु देखाएर ‘हामी यसरी उत्पादन गर्छौं तपाईहरूले हामीलाई के सहयोग गर्नुहुन्छ भनेर प्रश्न गर्ने मन छ,’ उनले भने ।
पुस्तौंदेखि आलु खेती
वडाअध्यक्ष मेहतालाई हजुरबुवाका पालादेखि खेती गरेको थाहा छ । पुस्तौंदेखि आलु, बन्दा, काउली, मकै लगायतका खेतीमा स्थानीय किसान रमाउने गरेका छन् । सिँचाइ अभाव भए पनि स्थानीय किसानले गाउँलाई नै हरियाली बनाउने गरेका छन् ।
वडालाई ‘आलु जोन’का रूपमा चिन्ने गरिएको छ । गाउँका अधिकांश किसानले आलुखेती गरेर नै नयाँ घर बनाउने तथा छोराछोरीलाई निजी विद्यालयमा पढाउने गरेका छन् ।
सिँचाइ अभाव
कर्मचारीदेखि नेताले भाषणमा नेपाललाई कृषि प्रधान देश भनेको किसानले सुनेको धेरै वर्ष भइसक्यो तर आफ्नै देशको माटोमा पसिना बगाँउदा पनि राज्यले खासै वास्ता नगरेको उनी दुखेसो गर्छन् ।
वडाध्यक्ष भएपछि डिजेलबाट चल्ने डिप बोरिङ वितरण गरेर केही सहज बनाए पनि सिँचाइ गर्ने बेला डिजेल समेत नपाउँदा आकाशे पानीकै भरमा खेती गरिरहेको वडाध्यक्ष मेहता बताउँछन् । सिँचाइको व्यवस्था मिलाइदिन प्रधानमन्त्री शेरबहादुर देउवादेखि प्रदेशका मुख्यमन्त्रीसम्मलाई भनेको महतोले सम्झिए तर कतैबाट सहयोग भएन ।
‘उहाँहरूले राम्रो काम गरिरहनुभएको रहेछ, हामी सहयोग गर्छौं भन्ने गरे पनि सिँचाइका लागि कुनै योजना दिएनन्,’ वडाध्यक्ष मेहताले गुनासो गरे ।
आलु खेती गर्ने किसानलाई वडा कार्यालयले निःशुल्क बिउ वितरण गरेको छ । सिँचाइको अभावबीच खेती गरिरहेका किसानलाई प्रोत्सान गर्ने उद्देश्यले आलुको बिउ वितरण गरिएको छ । स्थानीय सरकार आएपछि पनि ‘सहयोग भएन’ भनी किसान निराश नहोउन् भनेर प्रोत्साहन गरेको वडाध्यक्ष मेहताले बताए । उन्नत जातको बिउ जापान तथा भुटानबाट ल्याएर वितरण गरेको उनले बताए । सिँचाइकै लागि पोल गाड्ने, तार टाग्ने काम भइरहको वडाध्यक्ष मेहताले बताए ।
किसानले उत्पादन गरेका वस्तुको बजारीकरण तथा भण्डारण गर्नका लागि प्रदेश र संघीय सरकारले सहयोग गर्न थालेका छन । प्रदेश सरकारले थोक बजारका लागि संरचना निर्माण गरिदिन थालेको छ भने संघीय सरकाले कोल्ड स्टोर (शित भण्डारण) निर्माण गरिदिन थालेको छ ।
विदेशिने युवालाई गाउँमै फर्काउने अभियानमा वडाध्यक्ष
देवागञ्ज गाउँपालिका भारतको सिमानामा पर्छ । युवाहरू भारतमा काम गर्न पनि जाने गर्छन् । खाडी मुलुक तथा भारतीय शहर जानुभन्दा युवालाई आफ्नै देशको माटोमा पसिना बगाउने बनाउने योजना रहेको वडाध्यक्ष महतो बताउँछन् ।
बिजुली बत्तीको सुविधा हुने वित्तिकै बाँझो जग्गामा पनि खेती हुने भएकाले विदेश गएकाहरूले पनि गाउँमै आएर खेती गर्ने उनले बताए । पसिना बगाउन सकेमा आम्दानी गर्न सकिने उनको सुझाव छ ।
‘देशमै आधुनिक तरिकाले कृषि व्यवसाय गरेमा युवा विदेश पलायन हुनु पर्दैन,’ उनले भने, ‘युवाहरूलाई कृषिसँगै थप व्यवसायमा सहयोग पुर्याउने खालका कार्यक्रम दिन जहिल्यै माथिल्ला निकायका सरकारलाई घच्घच्याउँछौं ।’
प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...
२०५८ साल वसन्त ऋतुको समय । घमाइलो त्यो समयमा एउटा फूल काँडाको बाटो डोरिँदै थियो । बहकाउ र त्रासमा १३ वर्षको बालक सत्तालाई बन्दुक नाल तेर्स्याउन कस्सिएको थियो । लहडमा हिँडेको बाटोमा न ऊ फुल्न पायो, न ओइलियो ।...
बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् । काठम...
मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...
भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...
रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...