×

NMB BANK
NIC ASIA

अदालतको आदेश लिएर क्यानमा हाजिर हुँदै क्षेत्री, कर्मचारी भन्छन्- छिर्न दिन्नाैं

फागुन २, २०७८

NTC
Premier Steels

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्री अदालतको आदेश लिएर प्राधिकरणमा हाजिर हुँदैछन् । 

Muktinath Bank

आइतवार सर्वोच्च अदालतले महानिर्देशक पदबाट नहटाउन अन्तरिम आदेश दिएपछि क्षेत्री आज (सोमवार) बिहान ११ बजे प्राधिकरणमा हाजिर हुने भएका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्राधिकरणले क्षेत्रीलाई ५८ वर्षे उमेर हदका कारण २५ पुसदेखि अनिवार्य अवकाशमा पठाएको थियो । महानिर्देशक क्षेत्रीले आफ्नो महानिर्देशकको कार्यकाल ४ वर्ष भएकोले पूरै कार्यकाल काम गर्न पाउनुपर्ने माग गर्दै २३ पुसमै सर्वोच्च अदालत गएका थिए । अदालतले उनलाई पदबाट नहटाउन अल्पकालीन अन्तरिम आदेश दिएसँगै आजै प्राधिकरणमा हाजिर भएर अदालतको आदेशको पालना गर्ने क्षेत्रीले बताएका छन् । 


Advertisment
Nabil box
Kumari

तर, कर्मचारी संगठनले भने क्षेत्रीलाई कार्यालयमा छिर्न नदिने बताएको छ । ​प्राधिकरणअन्तर्गतको नेपाल राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष श्रवणकुमार यादवले क्षेत्रीको अदालतबाट पूर्ण फैसला नभएसम्म कार्यालय प्रवेश गर्दा मुद्दा प्रभावित पार्न सक्ने भएकोले उनलाई कामकाज गर्न नदिने बताएका हुन् ।

Vianet communication

नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन २०५३ को दफा १९ ले महानिर्देशकको कार्यकाल ४ वर्षको हुने उल्लेख छ । 

सरकारले क्षेत्रीलाई ८ कात्तिकमा महानिर्देशक बनाएको थियो । सरकारको निर्णयअनुसार पर्यटन मन्त्रालयले दिएको पत्रका आधारमा क्षेत्री १० कात्तिकदेखि महानिर्देशक पदको जिम्मेवारीमा थिए । उनको मुद्दा अदालतमा विचाराधीन हुँदाहुँदै सरकारले प्राधिकरणकै कनिष्ठ कर्मचारी प्रदीप अधिकारीलाई महानिर्देशक बनाइसकेको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x